सरकारी वार्ता टोलीका संयोजक नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले केही समय पछि सरकारी वार्ताटोलीका तर्फबाट विज्ञप्ती जारी हुने र त्यसपछि मात्र थप जानकारी दिन सकिने संक्षिप्त प्रतिक्रिया दिए ।
भवन निर्माणका क्रममा जग्गाको चारैतर्फ कूल क्षेत्रफलको कम्तिमा २५ प्रतिशत जग्गा खाली हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ । अब फक्ताङलुङ गाउँपालिकामा नक्सा पास नगराई भवन निर्माण गर्न नपाइने भएको छ...
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूका अनुसार पालिका मातहत सञ्चालनमा रहेका क्रमागत, ठूला र गौरवका योजना निर्माणका क्रममा प्रयोग भएका सामग्रीको ल्याव टेष्टका लागि नमूना संकलन गरिएको छ ।
चालु आर्थिक वर्षमा ताप्लेजुङबाट ५ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का अनुसार पुस महिनामा २ सहित चालु आवमा...