शुक्रबार मोरङको छुट्टा–छुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ। पथरीशनिश्चेरमा ट्याक्टरको ठक्करबाट एक जना र लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको हो।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। उनीहरुको राजीनामासँगै महानगरको ५ वटा वडा जनप्रतिनिधिविहीन भएको छ।
विराटनगरबाट प्रहरीले सट्टाबाजी खेल्ने र खेलाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४२ वर्षीय सचिनकुमार साह र विराटनगर–९ का ४४ वर्षीय भूपेन्द्रकुमार साह छन्।
दुर्घटनामा परी घाइते भएकी सुनसरी इटहरी–८ की २१ वर्षीय रेश्मा नेपालीको उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
राति सवा १२ बजेतिर २ वटा होटल, एउटा कपडा पसलका साथै अर्को एउटा किरान एवं भाँडा पसलमा आगलागी हुँदा ठूलो क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट १ करोड बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।