निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजकले धनकुटालाई दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन नसक्दा र आफूलाई अन्तिम २ मिनेट समाल्न नसकेपछि विपक्षीलाई खेल सुम्पनु पर्यो।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा ७० र १ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कोसी राजमार्गअन्तर्गत विराटनगर– ४ आयल निगम अगाडि भएको सवारी दुर्घटनामा १ जना पैदल यात्रीको मृत्यु भएको छ। बुधबार साँझमा भएको दुर्घटनामा परी अन्य ७ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।