सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए।
प्रदेश १ मा कोभिसिल्डको पहिलो डोज लगाएका अढाइ लाख जना दोस्रो खोपको पर्खाइमा छन् । दोस्रो खोप लगाउने अवधि गुज्रिन लाग्दासमेत सरकारले खोपको बन्दोबस्त नगर्दा खोपको पर्खाइमा रहेकाहरु अन्योलमा परेका छन् ।
दैनिक संक्रमितको संख्या घटेसँगै विराटनगर महानगरपालिकालगायत मोरङमा लगाइएको निषेधाज्ञा पनि केही खकुलो पारिएको छ। निषेधाज्ञा खकुलो भएसँगै विराटनगरको बजारमा चहलपहल बढेको हो।