प्रदेश १ मा शुक्रबार कोरोना भाइरस संक्रमित र डिस्चार्ज हुनेको संख्या बराबरी रहेको छ। प्रदेशमा १ सय ६६ जना कोरोना संक्रमित थपिँदा १ सय ९२ जना डिस्चार्ज भएका छन्।
मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा बनाइएको बाँसको पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद पछि योजनाबद्ध रुपमा भएको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
प्रदेश १ मा आइतबार ४६ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएकी विराटनगर–१३ की ४० वर्षीया मीरा ठाकुरको उपचारका क्रममा आइतबार मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।