गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
२७ भदौ २०७७
•
४ मिनेट पाठ
गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
भदौ २६ गते विराटनगरस्थित कोसी अस्पताललले भर्ना लिन नमानेपछि विराटनगर–६ सुकुम्वासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भयो। प्रसूति व्यथा लागेपछि अस्पताल ल्याइएकी विमलालाई कोसी अस्पतालले भर्ना लिन नमानेपछि प्रसूति सेवासमेत नपाएर उनको मृत्यु भयो।  




अस्पतालले भर्ना नलिएपछि विमलाका आफन्तले फर्काएर घरमै लगेका थिए। प्रसूति सेवाबाट अस्पतालले बञ्चित गरेपछि विमलाले घरमै छटपटिंदै ज्यान गुमाउनुपर्‍यो। स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई राती १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए।  

अस्पतालले वेड अभाव भएको भन्दै भर्ना लिन नमानेपछि उनका आफन्तले बिरामीलाई फर्काएर घर लगे। घर पुगेपछि सुत्केरी हुन नसकेर बिहान ४ बजेतिर उनको मृत्यु भयो। दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रूपमा कमजोर हुँदा अस्पतालले भर्ना लिन नमानेको मुखियाले बताए। ‘दुई पटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘बच्चा जन्माउन नसक्दा सुत्केरी व्यथाले छटपटिंदै विमलाको मृत्यु भयो।’      

अस्पतालले भर्ना लिन नमानेर सुस्केरी व्यथा लागेकी महिलाको ज्यान जानु विडम्बना भएको नेपाली कांग्रैस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बताए। प्रशासनले बिरामी उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको बताउँदै, कार्कीले भने, ‘गरिब तथा विपन्नका लागि सरकार कहाँ छ?’ उनले उपचार सेवा नपाएर गर्भवती महिलाको मृत्यु भएको घटना छानविन गरी दोषीलाई कडा कार्वाही गर्न माग समेत गरे।  

विमला मात्रै हैन अस्पतालले उपचार गर्न नमानेकै कारण मोरङ कानेपोखरी–५ की २३ वर्षीया सविना थापा (दर्जी)ले पनि उपचार अभावमा ज्यान गुमाउनु पर्‍यो। उपचारका लागि विराटनगरका विभिन्न अस्पताल चाहर्दा चाहर्दै थापाको ज्यान गयो। भदौ १७ गते राती शौचालय जाँदा लडेकी थापाको सात महिनाको गर्भ थियो। शौचालयमा लडेको २४ घण्टापछि स्वास्थ्यमा समस्या देखिएर उपचारका लागि विराटनगर ल्याइए पनि विराटनगरका कुनै पनि अस्पतालले भर्ना नै लिन मानेन्। उनका आफन्तका अनुसार विराटनगरको कोसीसहित विभिन्न ६ वटा अस्पतालमा रातभरी उपचारका लागि हारगुहार गरे पनि कसैले उपचार गर्न मानेन्।  

विराटनगरका अस्पतालले भर्ना गर्न नमानेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई पुर्‍याइयो। सविनाको विपी प्रतिष्ठान धरानमै मृत्यु भयो। ‘समयमै उपचार पाएको भए ज्यान जोगिने थियो’ सविनाकी अमाजु दुर्गा सुन्दासले भनिन्। कोरोना नियन्त्रणका लागि चैतमा लगाइएको लकडाउन यता विराटनगरका अस्पतालहरूले उपचार गर्न नमान्दा उपचार नपाएर ६ जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेहरूमा अधिकांश गर्भवती र महिला छन्। उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईलगायतले अस्पतालबाट उपचार सेवा नपाउँदा मृत्यु भइसकेको छ।  

विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढीका ८१ वर्षीय डिगबहादुर राई भने विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरेर भदौ २५ गते घर फर्केका छन्।

हुन त कोरोना संक्रमणकालमा मात्रै हैन सामान्य अवस्थामा पनि कहिले काँही  विराटनगरका अस्पतालले भर्ना नलिएर विरामीको मृत्यु भएको आरोप लाग्ने गर्दथ्यो। तर, कोरोनाको संक्रमण फैलिएपछि भने अस्पतालहरूले उपचारबाट बञ्चित गराएकै कारण ज्यान गुमाउनेहरूको संख्या बढेको छ। कतिपय घटनाहरू सार्वजनिक नै नभएका कारण पनि अस्पतालले भर्ना नगर्दा उपचारबाट बञ्चित भएका र मृत्यु भएकाहरूको यकिन तथ्याँक कतै छैन।  

अस्पतालहरूमा उपचारका लागि भर्ना भएका र अस्पतालले अन्य अस्पतालमा रिफर गरेको विरामीको तथ्याँक भेटिए पनि अस्पतालले उपचार नगरी फर्काएका विरामीको तथ्याँक कतै भेटिँदैन। जसका कारण उपचारबाट बञ्चित भएका र अस्पतालले स्वास्थ्य सेवाबाट बञ्चित गराउँदा मृत्यु भएका विरामीको यति नै छन् भन्ने एकिन छैन। यति मात्रै हैन अस्पतालले भर्ना गर्न नमान्दा उपचार नपाएर मृत्यु भएको उजुरी परे पनि छानविन र दोषीलाई कार्वाही गर्न अझ गाह्रो हुने गरेको देखिन्छ। उजुरी परेपछि अस्पतालहरूले छानविन समिति बनाउने भए पनि अस्पतालमा भर्ना नै नभएको विरामीको रेकर्ड  अस्पतालमा भेटिंदैन।  

मृतकका आफन्तलाई देखाउनका लागि छानविन समिति बनाइने गरेपनि हालसम्म विराटनगरका कुनै पनि अस्पतालले कुनै पनि कर्मचारीलाई दोषी ठहराएका छैनन्। न त कसैलाई कार्वाही नै गरिएको छ। कोरोना महामारी फैलिएसँगै विभिन्न बहाना बनाएर विराटनगरका अस्पतालले विरामी फर्काउने गरेका छन्। उपचारका लागि अस्पताल आएका विरामीलाई विराटनगरका निजी तथा सरकारी अस्पतालहरूले उपचार गर्न नमानेपछि धेरै विरामी विना उपचार फर्कने गरेका छन्। आकस्मिक रुपमा तत्कालै उपचार पाउनुपर्ने गम्भीर प्रकृतिका विरामी त विराटनगरका अस्पतालहरू चाहर्दा चाहर्दै मृत्युबरण गर्नु पर्ने अवस्था कहाली लाग्दो छ।  

यता अस्पतालहरू भने उपचार नगरी विरामी फर्काएको भन्ने आरोप गलत भएको दाबी गर्दछन्। कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले उपचारका लागि अस्पताल आएका कुनै पनि विरामीलाई फिर्ता नपठाएको दाबी गरे। ‘अहिलेसम्म कुनै पनि बिरामीलाई फिर्ता पठाएका छैनौं र त्यस्तो गरेको पनि छैन,’ डाक्टर दासले भने। उनले प्रसूति व्यथा लागेर आएकी महिलालाई फर्काएको घटनाका विषयमा छानविन गरे पनि अस्पतालका कर्मचारीहरूले फर्काएको कुनै प्रमाण फेला नपरेको बताए।  

यता जिल्ला प्रशासन कार्यालय मोरङले भने अस्पताल आएका विरामीको उपचारको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ। विराटनगरका सबै अस्पतालका प्रतिनिधिहरूसँग छलफल गरी उपचारको अभावमा विरामीको मृत्यु हुने अवस्था आउन नदिन निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस