२३ वैशाख २०८१ आइतबार
image/svg+xml
Gyannistha Gyawali
ज्ञाननिष्ठ ज्ञवाली


ज्ञाननिष्ठ ज्ञवालीका लेखहरु :

संघर्ष, प्रेम र उद्देश्यको त्रिवेणी वासुदा

नेपाली उपन्यास साहित्यमा वासुदा (२०७८) नयाँ खालको कृतिका रूपमा देखिएको छ। उपन्यासकार भीष्मराज फुलाराले उपन्यासको मूल पात्र वासुदालाई निकै सशक्त ढंगबाट प्रस्तुत गरेका छन्।

डायमनकी ‘अनीता’ र कांग्रेसको इतिहास

अनीता पनि काठमाडौंमा क्रान्तिकारी बन्छे । आफ्नो विवाहको कुरा भुल्छे । महिलाहरूप्रति पुरुषहरूले गर्ने असमान व्यवहारप्रति टिप्पणी गर्छे । रमेश माझीसँग अनीताको भेट हुन्छ । ऊ आकर्षित हुन्छे । हरिबहादुर र रमेश माझी दुवैलाई एकै साथ सम्झन्छे ।

राष्ट्रकविका खण्डकाव्यको विश्लेषण

सृष्टिको अशेष वरदान दिन सक्तैनौँ भने मानिसबाट हामी त्यो हेर्न पनि सक्तैनौँ,’ राष्ट्रकवि माधव घिमिरेले ‘राजेश्वरी’ खण्डकाव्यको भूमिकामा यस प्रकारको मानवतावादी महान् सन्देश दिएका छन्।

बा ! कता जानुभयो ?

जब हरेक वर्ष एकै दिन बुबाको मुख हेर्ने दिन कुशे औंसी, मोती जयन्ती आउने गर्छन्। तब मलाई बुबाको सम्झनाले साह्रै पिरोल्ने गर्छ। म कक्षा ७ मा पढ्दा बुबा बित्नुभो त्यसपछि मलाई निकै पीडा भो। मेरा बुबा बित्दाको सम्झना गरेर आफूलाई सम्झन्छु। त्यो बाल्यकाल... कहालीलाग्दो जीवनकथा...।

रूपलाल हात्ती

मलाई घनघोर राष्ट्रिय निकुञ्जमा सबैले माया गरेर रूपु भन्छन्। म अब जवान हुन थालेँ। मैले एक दिन राष्ट्रिय निकुञ्जमा आएका केटाकेटीहरू देखेँ।

कुशल समालोचक

सूर्यविक्रम ज्ञवालीको जन्म विसं १९५५ जेठ २९ गते भएको हो। प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘साहित्यकार–कलाकार परिचय कोश’मा यिनको जन्म १९५५ असार लेखिएको छ, जुन त्रुटिपूर्ण छ। उनकै पारिवारिक स्रोतले जेठ २९ गते जन्म भएको जनाएको छ। डिट्टा तिलविक्रम र पार्वतीदेवीका पुत्रका रूपमा सूर्यविक्रम बनारसमा जन्मेका हुन्।

शताब्दीपुरुषको घुमफिर

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

वाल्मीकि रामायणको सार

रामायण महाभारतभन्दा अघि रचिएको हो। यसको पुष्टि महाभारत वनपर्वको रामोपाख्यानबाट प्रमाणित हुन्छ। रामायणको कथावस्तु स्रोतअन्तर्गत वैदिक वाङ्मय छ।

ज्ञानका भण्डार हुन् पुराण

पुराणहरू साहित्यका उपजीव्य ग्रन्थ हुन्। पुराण शब्दको अर्थ पुरानो हो। ‘पुरा अपि नवं’ प्राचीन भएर पनि नयाँका रूपमा पुराणलाई लिइन्छ। त्यसैले पुराणहरूमा प्राचीन संस्कृतिसित सम्बद्ध र सार्वकालिक सन्देश दिने आख्यान–उपाख्यान छन्। वेद परमेश्वरका श्वासप्रश्वास भएकाले र पुराणहरू पनि वेदकै व्याख्यात्मक ग्रन्थ भएकाले पुराणलाई पनि परमेश्वरबाट सृष्ट रचनाका रूपमा लिने गरिन्छ। परमात्माको निश्वास रूप हुन्– ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद पुराण।

नाटकका कुरा

विश्व साहित्यमा नाटकको समृद्ध परम्परा छ। नाटक सिर्जन परम्परालाई पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडिजजस्ता नाटककारहरूले उचाइँमा पुर्याएका थिए। यसै पृष्ठभूमिमा रहेर नेपाली नाटक पनि विकसित हुँदै आएको देखिन्छ। प्राचीन कालदेखि नै नेपाली राजा तथा प्रजामा नाटकप्रति मोह रहेको देखिन्छ।

शाकुन्तलमा किसान, प्रेम, गृहस्थी र शिशु जीवन

महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा सरल नेपाली जनजीवन/किसान केन्द्रित जनजीवनको चित्र प्रस्तुत गरेका छन् । महाकाव्यको प्रथम सर्गमै यस्तो विचार व्यक्त गर्छन्

प्राज्ञिक क्षेत्रमा राजनीतिको कलंक

साहित्यले सहृदयी पाठकलाई सधैँ रसस्वादन गराइरहन्छ । यसभित्र समाजको सर्वाङ्गीण पक्ष आएको हुन्छ वा आउनुपर्छ । शक्ति, सत्ता र समाजका प्रभुत्वशाली वर्गले जमाएको रवाफका विरुद्ध साहित्य लेखिएको पाइन्छ । यसका रुचिक्षेत्र साहित्यकारका रोजाइमा पर्ने गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्