नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै
०७ साउन २०८१
•
२ मिनेट पाठ
नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,‘हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।’




चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे।

पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध छ भने। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

‘शान्तिप्रिय राष्ट्र नेपालको सबै देशसँग मैत्री कायम गर्ने नीति छ। हाम्रो परराष्ट्र सम्बन्ध पनि यसै आदर्शबाट अभिप्रेरित छ’, उनले भने। नेपालका लागि चिनियाँ राजदूत छन सोङले  चीन र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।

उनले आपसी सौहार्द, सम्मान, भाइचारा तथा पञ्चशीलको सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध पारस्परिक विश्वास, सहयोग, सहकार्यका साथ निरन्तर अगाडि बढिरहेको बताए।

चिनियाँ राजदूले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट सक्दो सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरे। दूतावासका सैनिक सहचारी लिउ गोझेङले चिनियाँ जनमुक्ति सेनाको स्थापना अगस्त १, १९२७ देखि हालसम्मको अवस्थाका बारेमा जानकारी दिँदै मातृभूमिको रक्षार्थ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए।

समारोहमा सांसद, गृहसचिव एकनारायण अर्याल, बलाधिकृत रथी अशोक सिग्देल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं सैनिक सहचारी, पत्रकार, राजनीतिज्ञलगायत समाजका प्रतिष्ठित व्यक्ति सहभागी रहेको थियो। साथै जनमुुक्ति सेनाको इतिहास र गतिविधि झल्कने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

यसैबीच, चीनले नेपालको आर्थिक उन्नति तथा विकासलाई नै प्राथमिकता दिँदै आएको सन्दर्भमा मुलुकको पूर्वाधार विकासमा उत्तरी छिमेकीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अवकाशप्राप्त सहायक रथी सुरेश शर्माले चीनको यो साथ र सहयोगको नेपाल सरकार तथा जनताले सधैँ उच्च मूल्याङ्कन गर्नुका साथै सहयोगको यो निरन्तरता भविष्यमा पनि जारी रहने विश्वास गरेका बताए। 
अर्को समाचार
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ उपाध्यक्ष सियाओको संसदीय भेट
०२ जेष्ठ २०८२
•
३ मिनेट पाठ
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ उपाध्यक्ष सियाओको संसदीय भेट
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र चीनको राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीबिच भेट भएको छ। शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनमा भएको भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा कुराकानी भयो।




दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यतासँगै विकसित भएको उल्लेख गर्दै पछिल्ला वर्षमा यो सम्बन्ध निकट र बलियो बनेको बताए। ‘दुई देशबिचको सम्बन्ध युगौँ पुरानो र सभ्यतासँगै विकसित हुँदै आएको छ। भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ,’ उनले भने, ‘भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ बलियो हुनेमा म विश्वस्त छु।’

नेपाल भ्रमणमा आएका उपाध्यक्ष जीसँगको छलफलमा दाहालले नेपाल एक–चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुरामा दृढ रहेको जनाए। उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि संसदीय भ्रमणले सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका माध्यमबाट नेपालको आर्थिक र सामाजिक विकासमा पूर्वाधारका क्षेत्रमा सहयोग गरेकोमा दाहालले खुसी व्यक्त गरेका छन्। ‘दुई देशबिच संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी र सूचना प्रविधिका क्षेत्रमा सहयोग र सहकार्य बढेकोमा खुसी लागेको छ,’ उनले भने। 

दाहालले दुई देशबिचका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुने विश्वास व्यक्त पनि गरेका छन्। उनले चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेमा आशावादी रहेको बताए। सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद दिँदै दाहालले यो संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा सम्बोधन गर्न सहमति र सहकार्य अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले जलवायु परिवर्तनबाट हिमाल र मानव समुदायको भविष्य जोगाउन सगरमाथा संवाद सुरु भएको उल्लेख गरे।

सो अवसरमा दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जनताको त्याग र बलिदानबाट स्थापित भएको र नयाँ संविधानले जनअधिकार सुनिश्चित गरेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने र नेपालको शान्ति प्रक्रियामा चीनको सहयोग महत्त्वपूर्ण रहेको जनाए। पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान हुनेमा आशावादी रहेको भन्दै दाहालले पर्यटन प्रवर्द्धन, हवाइ सेवा विस्तार र आर्थिक विकासका लागि चीनले ती विमानस्थलमा उडान सुचारु गर्न पहल गर्ने विश्वास व्यक्त गरेका छन्। 

उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै नेपाल रणनीतिक, सांस्कृतिक र सामाजिक हिसाबले महत्त्वपूर्ण छिमेकी भएको र दुई देशले क्षेत्रीय तथा पारस्परिक विकासमा सहयोग गरेको उल्लेख गरेका छन्। उनले नेपालको एक–चीन नीति र चीनविरुद्ध नेपाली भूमि प्रयोग नगर्ने नीतिको प्रशंसा समेत गरेका छन्। 

जलवायु परिवर्तन न्यूनीकरणमा नेपालको प्रयास सह्रानीय रहेको भन्दै सियाओले नेपाल र चीन दुवै ट्रान्स–हिमालयन राष्ट्र भएकाले चुनौती र अवसर साझा भएको उनको भनाइ थियो। उनले चीनले नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेको र आगामी दिनमा त्यसलाई विस्तार गर्ने प्रतिबद्धता जनाए। नेपालमा चिनियाँ लगानी, सांस्कृतिक आदानप्रदान, जनस्तरको सहकार्य र शैक्षिक सम्बन्ध वृद्धि भएको उनले जानकारी दिए। 

सियाओले दुई देशका संसदीय मैत्री समूह र अन्य संस्थामार्फत अनुभव आदानप्रदानमा सहयोग पुगेको र आगामी दिनमा संसदीय भ्रमणलाई निरन्तरता दिने बताए। भेटमा पूर्वअर्थमन्त्री वर्षमान पुन, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए। चिनियाँ पक्षबाट राजदूत छेन् सोङसहित उच्च अधिकारी उपस्थित थिए।
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस