तातोपानी नाका सञ्चालनमा ल्याउन आग्रह
२३ पौष २०७९
•
२ मिनेट पाठ
तातोपानी नाका सञ्चालनमा ल्याउन आग्रह
तस्बिर: शेर बहादुर तामाङको फेसबूकबाट
तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा ९एमाले० सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ। तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो। चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ।




शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुगेका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन्।

उनीहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनःनिर्माणको आवश्यक अध्ययनसहितको बजेटसमेत माग गरेका छन्। ‘पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्टसमेतको पूर्वाधार उपलब्ध छ। प्रभावकारी ढङ्गबाट सुचारु हुन सकेको छैन’, ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रम अघि बढाइयोस्।’ अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र  पहल जारी रहने बताउनु भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए।

विद्यालयहरुले स्रोत साधनको समस्या झेल्नुपर्दैन  

सांसद माधव सापकोटाले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयले समस्या झेल्नु नपर्ने बताएका छन्। शुक्रबार जिल्लाको जुगल गाउँपालिका–५ स्थित रत्नराज्य माध्यमिक विद्यालयले  गाउँपालिकाभित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तक्र्रियामा सांसद सापकोटाले विद्यालयलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाए। उनले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रीय विद्यालयका रुपमा विकास गर्न प्रस्ताव गरे। ‘प्रविधि र व्यवस्थापन पक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ’, उनले भने। यसैबीच रत्नराज्य मावि चनौटे र काठमाडौंस्थित स्लिङ्टन कलेजबीच प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्ने सहमति भएको छ।
अर्को समाचार
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
२२ साउन २०८३
•
२ मिनेट पाठ
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।




शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसदको अभिलेखबाट हटाउन आफूहरू लामो समयदेखि माग गर्दै आएको बताए।

उनले राष्ट्रियताको विषयमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डमा राख्न नहुने धारणा राखे। प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफ दिन लगाउन वा सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने उनको माग थियो।

‘यो सदनमा हामीले लामो समयदेखि सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा आएर बोल्दा ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन माग गर्दै आएका छौं। यो राष्ट्रियताको सवाल हो, हाम्रो जमिनको सवाल हो। हामी राष्ट्रका लागि आवश्यक पर्दा रगत बगाउन सक्छौं, शिर बलिदान गर्न सक्छौं, तर राज्यप्रतिको विवादास्पद भनाइलाई राष्ट्रिय रेकर्डमा राख्न सक्दैनौं। त्यसैले सभामुखमार्फत प्रधानमन्त्रीलाई संसदमा बोलाइयोस् वा रुलिङ गरेर उक्त अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,’ उनले भने ।  

सांसद दुलालले एक महिनादेखि पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। डाक्लाङ, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण सडक बन्द हुँदा भोटेकोशी गाउँपालिकाको जनजीवन कष्टकर बनेको र चीनसँगको प्रमुख व्यापारिक मार्ग अवरुद्ध हुँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनले बताए।

उनले केही साताअघि मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा उच्च सरकारी अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरे पनि सडक सञ्चालनका लागि प्रभावकारी पहल नभएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकारले विपद् व्यवस्थापनभन्दा ‘विपद् पर्यटन’ मा बढी ध्यान दिएको जस्तो देखिएको टिप्पणी गरे।

‘एक महिनादेखि तातोपानी नाका बन्द हुँदा भोटेकोशी गाउँपालिका नै सडक यातायातबाट विच्छेद भएको छ। मन्त्रीहरू र उच्च अधिकारीहरूको टोली निरीक्षणमा पुग्यो, तर आजसम्म सडक सञ्चालन गर्ने तदारुकता देखिएको छैन। सरकार विपद् व्यवस्थापन गर्न गएको हो कि विपद् पर्यटन गर्न गएको हो भन्ने प्रश्न उठेको छ। त्यसैले अबिलम्ब तातोपानी नाका र अरनिको लोकमार्ग खुला गरियोस्, सडक मर्मत गरियोस् र जनजीवन सहज बनाइयोस्,’ उनले भने ।  

त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित निर्माणाधीन अपर बलेफी ‘ए’ जलविद्युत् आयोजनामा असार १४ गतेदेखि बेपत्ता भएका हेलम्बु–५ का अमरे तामाङको खोजी कार्य केन्द्रबाट प्रहरी परिचालन गरी तीव्र बनाउन सरकारसँग आग्रह गरे।
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ५९ सेकेन्ड अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस