ताप्लेजुङको पाथीभरा मन्दिरबाट १ सय ८४ तोला सुन सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम सार्वजनिक गरेको हो।
जसअनुसार कुल १ सय ८४ तोला १ सय ३४ लाल सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। चाँदी भने रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए।
उनका अनुसार ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन नगरिएको अवस्थामा रहेको छ।
पाथीभरा मन्दिरबाट संकलन भएको ६ हजार ५ सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समितिले जनाएको छ।
समितिले अहिले आफ्नो खातामा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिएको छ। यसमध्ये गत वर्षको अल्या ७ करोड ६७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ रहेको थियो।
गत कार्तिक १ गतेदेखि मंसिर मसान्तसम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैयाँ भेटी जम्मा हुन आएको समेत समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक हाङवाङले संकलन भएको भेटी रकममध्ये उल्लेखित रकम भने गणना हुन आएको रकम मात्र रहेको जानकारी दिए ।
‘पछिल्लो दुई महिनामा संकलन भएको रकममध्ये गणनामा स्थलमा ल्याएर गणना गर्ने र अर्को महिनामा सो सहितको विवरण सार्वजनिक गर्ने तयारीमा छौं’ उनले भने।
नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।
वार्षिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी बडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन्। नवरात्रको पहिलो दिन आज सयौँको संख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
यस क्षेत्रका होटेलहरू दर्शनार्थीले खचाखच बनेको फेदीका होटेल व्यवसायी ईन्द्रनारायण भट्टराईले जानकारी दिए। पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ। समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङखला दृश्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।ी सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङखला दृश्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन्।
नवरात्रका समयमा देवीको पूजा आराधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो।
पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उनले जानकारी दिइन।
पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीड भाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो।
सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...