१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रकेर्ड, तोलामै एक लाख ३९ हजार २०० सय पुग्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भैइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ रेकर्ड बनेको थियो।

तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ। सोमबारको तुलनामा चाँदी ३५ रुपैयाँ बढेर कारोबार भएको हो। 

सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भएको थियो। 

प्रकाशित: ४ वैशाख २०८१ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App