बुधबार नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिनमा निरन्तर घटेर बन्द भएको नेप्से, बुधबार भने बढेर बन्द भएको हाे । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।
सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।
नेप्से बढेपनि बुधबार कारोबार भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ भने सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्टको १३ करोड बरारको शेयर किनबेच भएको छ।
साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई कारोबार दिन भने घट्यो। आइतबार र मंगलबार गरेर ८६.१६ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो र चौथो कारोबार दिन भने घट्यो।
साताको अन्तिम कारोबार दिन विहीबार पनि नेप्सेपरिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा झरेको छ। सो दिन नेप्सेपरिसूचक तिव्र उतारचढाव हुँदै १३३ कम्पनीको सेयर घट्यो भने ११२ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। विहीबार २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२ रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जमा अनुसार विहीबार नेप्सेका तीनवटै सूचक घट्यो।
सेन्सेटिभ सूचक २.६८ अंकले घट्यो भने फ्लोट सूचक पनि ०.६१ अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.८८ अंकले घटेको छ। नेप्सेका १३ उपसूचकमध्ये विहीबार तीन उपसूचक बढ्यो भने अन्य १० उपसूचक घट्यो। विहीबार चार वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। जसमा रिडी हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र माहुली लघुवित्त कम्पनी रह्यो। विहीबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.४३ प्रतिशतले घटेको छ।
त्यसैगरी ग्लोबल आइएमई लघुवित्त कम्पनीको सेयर पनि ७.३० प्रतिशत र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर पनि ७.१९ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको थियो। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको सेयर कारोबार भयो।
साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ५४.५४ अंकले बढेको थियो। सो दिन दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घट्यो। साताको तेस्रो कारोबार दिन बुधबार नेप्सेपरिसूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको थियो। सो दिन १८० कम्पनीको सेयर घट्यो भने ६३ कम्पनीको सेयर बढ्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। बुधबार तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...