लेकवेशी नगरपालिकाका खहरेखोला, रातेखोला र गमखोलाबाट नदीजन्य पदार्थ संकलनका लागि अघिल्लो आर्थिक वर्ष पवन कन्ट्रक्सनले ठेक्का पायो । ठेक्का संझौता अनुसार एक वर्षमा यि तीन वटा खोलाबाट ४४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्री गर्नुपर्ने थियो । संझौताविपरित पवन कन्ट्रक्सनले दुई लाख एक हजार ५२६ घनमिटर नदीजन्य पदार्थ संकलन गरेर थुपार्यो ।
जिल्ला समन्वय समितिले तीन पटकसम्म गरेको अनुगमनका आधारमा स्थलगत प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार पवन कन्ट्रक्सनले संकलन गरेको मध्ये एक लाख ५७ हजार पाँच सय २६ घनमिटर नदीजन्य पदार्थ अवैध हो । धुलियाविट–भेडाबारी सडक खण्डको खहरेखोला किनारमा क्रसर उद्योगसँगै नदीजन्य पदार्थ थुपारिएको छ । एक किलोमिटरको दूरीमा नगर–प्रमुखको घर छ । घर नजिकैका खोलामा नदीजन्य पदार्थको दोहन हुँदा पनि नगर–प्रमुख गगनसिं सुनारले वास्ता गरेनन् ।
‘ठेक्का लगाइसकेपछि अनुगमन गर्नुपर्ने पहिलो दायित्व सम्बन्धित स्थानीय तहको हो,’ जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘निर्णय कार्यान्वयन गर्न दिएको निर्देशन पनि यहाँ कार्यान्वयन हुँदैन ।’ तीन पटक प्राविधिकसहितको अनुगमनका आधारमा जिल्ला समन्वय समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न असारमै नगरपालिकालाई पत्राचार गरिए पनि अहिलेसम्म त्यसको कार्यान्वयन गरिएको छैन ।
‘आर्थिक वर्ष २०७६/०७७ मा लगाइएको ठेक्का संझौता बमोजिम नदीजन्य पदार्थ उत्खनन्, संकलन एवम् निकासी हुनुपर्नेमा तोकिएको मापदण्डविपरित अत्याधिक बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन् र संकलन भएको पाइयो,’ जिल्ला समन्वय समितिको प्रतिवेदनमा भनिएको छ, ‘ठेक्का संझौतामा उल्लेखित परिणाम भन्दाबढी नदीजन्य पदार्थ जफत गरी नियमानुसार लिलाम प्रक्रिया अघि बढाउनु ।’ जिल्ला अनुगमन तथा समन्वय समितिले निर्णय कार्यान्वयनमा नगरपालिकालाई सहयोग आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा अंगले सहयोग गर्ने निर्णय पनि गरेको छ ।
ठेकेदार कम्पनीले एक वर्षको अवधिमा कति परिणाममा नदीजन्य पदार्थ निकासी र बिक्री गर्यो भन्ने तथ्याङ्क पनि नगरपालिकासँग छैन । अहिलेसम्म जिल्ला अनुगमन तथा समन्वय समितिको निर्णयलाई नगरपालिकाले कार्यान्वयन गरेको छैन । समितिले ठेकेदारले उठाएको परिणाम यकिन गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपनि नगरपालिकाले छुट्टै समिति गठन गरेको छ । ‘हामीले नगरपालिकाबाट छुट्टै समिति बनाएका छौं,’ मेयर सुनारले भने, ‘समितिको प्रतिवेदनका आधारमा बढी देखिएको नदीजन्य पदार्थ जफत गरेर लिलाम प्रक्रियामा लैजान्छौं ।’ उनले संकलन अनुमति पाएको भन्दा दोब्बर नदीजन्य पदार्थ संकलन भएको पाइएको बताए । ‘अघिल्लो वर्ष कति परिणाममा नदीजन्य पदार्थ निकासी भयो भन्ने तथ्याङ्कको खोजी गरिरहेका छौं,’ उनले भने, ‘अहिले भण्डारण गरिएको ठाउँमा अनुमति भन्दा झण्डै दोब्बर परिणाम देखिएको छ ।’
लेकवेशीका खहरेखोला, रातेखोला र गमखोलाको नदीजन्य पदार्थ संकलनको ठेक्का पवन कन्ट्रक्सनले पाएपनि काम भने भेरी अग्रीग्रेड एण्ड उेन्ड रिफाइनरी इण्डष्ट्रिजले गर्दै आएको छ । उसैले खोलामा बालुवा प्रशोधनका लागि भन्दै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । सञ्चालक कलाधर उपाध्यायले केही कमिकमजोरी भएपनि जिल्ला समन्वय समितिले एकतर्फी नदीजन्य पदार्थको नापजाँच गरेको आरोप लगाए ।
‘दुई आर्थिक वर्षदेखि संकलन भएको नदीजन्य पदार्थलाई जिल्ला समन्वय समितिले एकतर्फी नापजाँच गरेर बढी परिणाम देखाएको हो,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिको रोहवरमा पुनः नापजाँच गरिदिन नगरपालिकालाई निवेदन दिएका छौं ।’