धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यलय धादिङले रोक लगाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘जथाभावी नदी उत्खननले त्रिशुली नदीलाई नै कुरुप बनाएको छ, वर्षायाममा नदीमा बाढी आई धेरै मजदुरहरूको मृत्यु समेत भएको छ,’ प्रजिअ तामाङले भने, ‘त्यसैले त्रिशुली नदी लगायत सबै खोलाहरूबाट नदी र खोला जन्य वस्तुहरूको उत्खननमा रोक लगाएका हौँ ।’
पछिल्लो समय त्रिशुुली नदीमा रातारात अबैध उत्खनन बढेको छ । प्रशासनको आँखा छलेर त्रिशुली नदीको वेल्खु, जिन्टे, घाटवेशी, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपल, आँखु लगायतका वगरहरूमा रातारात उत्खनन र श्रोतहरूको ओसारपसार भइरहेको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको स्थानीयहरूले बताएका छन् । नदीजन्य वस्तुको उत्खनन र निकासी स्थानीय प्रशासनले रोक लगाएको भनेपनि अबैध रुपमा अहिले पनि चलिरहेको छ ।
लकडाउनका समयमा समेत नदीबाट दर्जनौ मेशिनहरूले लाखौ मुल्य बरावरको बालुवा, ढुङगा र गिटी दैनिक सयौ टिपको संख्यामा उत्खनन र ओसारपसार भएका थिए । वर्षातको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसहरूको भिड लाग्ने गर्छ । बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरहरूको ज्यान समेत जाने गरेको छ । मजदुरहरूको जीउधनको सुरक्षाका साथै नदीजन्य वस्तुहरूको अबैध उत्खनन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को निर्णय नभएसम्मका लागि बन्द गराएको हो ।
पहिले त्रिशुली नदीमा मेशिनको प्रयोग गरी नदीजन्य उत्खनन गर्न नपाईने भएकोमा यस वर्षबाट भने मानिसहरूको समेत प्रयोग गरेर नदी र खोला जन्य वस्तु निकाल्न नपाईने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । ‘मानिस आफै र मेसिन लगाएर नदी उत्खनन कार्य बढ्दो छ’, प्रजिअ तामाङले भने, ‘यदि कसैले स्थानीय प्रशासनको आदेश पालन नगरी त्रिशुली नदी र अन्य खोलाहरूबाट नदीजन्य वस्तुहरू निकालेको पाइएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।’
त्रिशुली नदी किनारामा संचालित क्रसर । नदी र खोलाबाट बालुवा निकाल्ने मजदुरहरूलाई ठेकेदारहरूले काम लगाउने गरेका छन् । बालुवा झिक्ने क्रममा नदीले बगाएर ज्यान गएमा क्षतिपूर्ति समेत नपाउने भएपछि उत्पन्न समस्या समाधानका लागि पनि उत्खननमा रोक लगाएको हो । विशेष गरि वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदाँ यो समयमा मजदुरहरूको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको प्रजिअ तामाङले बताए ।
अबैध उत्खननले नदीको सतह दविएको मात्र नभई ठाँउठाँउमा खोलाको धार नै परिवर्तन गरिएको छ । जलपर्यटन, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाई समेत नराम्ररी धक्का पर्ने गरी लेदो माटो नदीमा मिसाईएको छ । जिल्लाको राजमार्ग क्षेत्रमा मात्रै ८१ ओटा फिरफिरे रहेको छ । ४० भन्दा बढी फिरफिरे छन् । जिल्लामा त्रिशुली नदी लगायत अन्य खोलाहरूमा हरेक वर्ष हजारौं मजदुरहरू बालुवा निकाल्ने काममा संलग्न हुने गरेका छन् । नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि मजदुरहरूको सुरक्षा, प्राकृतिक सम्पदाको संरक्षण तथा त्रिशुली बचाउ अभियानमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिव गढीको भक्रम खोलामा ठेकेदारले जेसिबी लगाएर नदीजन्य पदार्थको अनियन्त्रित दोहन गरेका छन्।
ठेक्का लागे देखि राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएकाे छ। जेठ ३२ गते ठेक्काको अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहनलाई झनै तीव्रता दिएकाे देखिन्छ। व्यापक जन गुनासो बढे पछि मेयर अजय थापाले खोलोका अनुगमन गर्ने क्रममा अनियन्त्रित दोहन भइरहेकाे फेला पारेको बताए।
सुरक्षाकर्मी सहितको टोलीले आइतबार बिहान अनुगमनका क्रममा २ जेसिबीले खोलाको उत्खनन गरिरहेको अवस्थामा फेला पारेको मेयर थापाले सुनाए। लु १ क ३३५३ र लु १ क ४७७८ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको उनकाे भनाइ छ।
‘हामीले मापदण्ड विपरीत उत्खनन गर्न दिँदैनौ ’ उनले भने।
उनले खोला, प्रयोग हुने रसिद, डम्प लगायतका अनुगमन गरेका थिए। भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्याक्टर एवं टिपरले राजस्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्ड अनुसार उत्खनन भए–नभएबारे अनुगमन गरिएको बताए।
ठेकदार कम्पनीका प्रबन्धक रोजन बहादुर एमसिको अगुवाइमा मापदण्ड विपरीत निकासी भइरहेको छ। ठुल-ठुला खाल्टा खुल्टी समेत बनेका छन्। खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने मेयर थापाले बताए।
२०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरी २५ लाख ५१ हजार १५१ ठेक्का लागेको थियो। ८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउने गरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बर तेब्बर माल निकासी गरी सकको स्थानीय बताउँछन्।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...