भूकम्पपछि २३ हजार निजी आवास र एक हजार कक्षाकोठा पुनःनिर्माण
१४ पौष २०७७
•
२ मिनेट पाठ
भूकम्पपछि २३ हजार निजी आवास र एक हजार कक्षाकोठा पुनःनिर्माण
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छपुनःनिर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन कार्यालय मकवानपुरले जनाएको छ। सम्झौता गरेकामध्ये ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख विमलकिशोर केपीले जानकारी दिए।




जोखिम वर्गका ६१ घर पुनःनिर्माण

जोखिम वर्गका ६१ घर पुनःनिर्माण सम्पन्न भएको छ। भूकम्पपछि असुरक्षित स्थानमा रहेका २६ मध्ये २२ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्रमुख केपीले बताए। ६२७ लाभग्राही जोखिम वर्गमा परेको र पाँच हजार ५७५ जनालाई साविकै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए।  

भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनः निर्माण  

जिल्लामा हालसम्म कूल ३०४ विद्यालयको एक हजार २२६ कक्षाकोठा पुनःनिर्माण सम्पन्न भई प्रयोगमा आएको जनाइएको छ। जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढेको, एशियाली विकास बैंकको ऋण सहयोगमा थप तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए।

उनले विद्यालय व्यवस्थापन समितिमार्फत निर्माणाधीन रहेका २५२ विद्यालय भवनको ७९३ कक्षाकोठामध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको जानकारी दिए। यसैगरी जापानी सहयोग नियोग, जाइकाको ऋण सहयोगमार्फत निर्माणहुँदै गरेकामध्ये जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको प्रमुख पाठकले बताए।

त्यस्तै एशियाली विकास बैंकको नमूना विद्यालयतर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको साथै तीन विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिमचरणमा पुगेको उनले बताए। उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २१७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको छ।  

विंस २०७२ गोर्खा भूकम्पपछि जिल्लामा निजी आवास, विद्यालय संरचनालगायतको पुनःनिर्माणमा उल्लेख्य प्रगति भएको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए। शुरुका दिनमा केही समस्या देखिएको भए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धि हासिल गर्न सकिएको उनको भनाइ छ। उनले जिल्लामा अब बाँकी रहेका पुनःनिमाणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने बताए।रासस
अर्को समाचार
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
१ घण्टा अघि
•
१ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
गण्डकी। विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। 




चार पटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए।

पछिल्लो पटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ। ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो। सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो।

इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो। 'महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ', उनले भने, 'मङ्सिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।'

सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए। केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो।

जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए।

'पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुखद छ', उनले भने, 'निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ।'

निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए। फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ। सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ। सडकमा तीन वटा पुल पनि बन्नेछन्।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ। महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो। उक्त सडक बनेपछि सात तालको वाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
यो पनि पढौँ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस