भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र
२१ असार २०७८
•
१ मिनेट पाठ
भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्। रौतहटको सदरमुकाम गौर र छिमेकी भारतीय सीमानाका बैरगनिया बजारको बीचमा रहेको मुख्य बाटो भएर ओहोरदोहोर गर्न एसएसबीले सोमबार बिहानदेखि रोक लगाएपछि करिब चार सय यात्रु अलपत्र परेका हुन्।  




भारत बिहारको सीतामढी जिल्लासित रौतहटको मुख्य नाका नै गौर–बैरगनिया हो। दुवैतिरको सहमतिमा केही हप्तादेखि पैदलयात्रुलाई दुवैतिर ओहोरदोहोर गर्न दिएको थियो। साइकल, मोटरसाइकल र अन्य सवारी साधनमार्फत नभए पनि पैदल हिँडेर ओहोरदोहोर भइरहेकोमा सोमबारदेखि भारतीय पक्षबाट पूर्ण रोक लगाइएको छ।

ओहोरदोहोरमा रोक लगाइएपछि भारतीय सीमा क्षेत्रबाट आएका जन्ती तथा विभिन्न कामले सीमा पार गरेका दुवैतर्फ चार सय जनाभन्दा बढी मानिस अलपत्र परेका छन्। एकाबिहान घरायसी सामान किन्न भारततिर गएका नेपालीहरु पनि सीमापारि नै अलपत्र परेका छन्।

बैरगनियामा रहेको एसएसबीको कमान्डेन्ट बदलिएपछि नयाँ आएका कमान्डेन्ट अमित कुमारले पैदल ओहोरदोहोरमा पनि रोक लगाएको नेपाली सुरक्षा अधिकारीहरुको भनाइ रहेको छ।

सीमा क्षेत्रमा आफन्तहरु अलपत्र परेपछि आफन्तहरु चिन्तामा परेका छन्। समस्या समाधान गरी घर फर्किन सहयोग गर्नुपर्ने आग्रह आफन्तहरुले गरेका छन्।
अर्को समाचार
'सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ'
०८ भदौ २०७८
•
१ मिनेट पाठ
'सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ'
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। 




प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन्।  

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पूर्णरूपमा निस्तेज पार्नुपर्ने उल्लेख गरे। उनले प्रहरीलाई सामाजिक हैसियतको ख्याल राखी मीठो बोली वचन, इमान र पूर्ण व्यावसायिकताका साथ सङ्गठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी बहन गर्न निर्देशनसमेत दिए। 

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने प्रहरी महानिरीक्षक थापा क्षेत्रीको भनाइ थियो।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस