सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
२९ साउन २०७८
•
३ मिनेट पाठ
सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे।




कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ। सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ।

दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए। बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ। कञ्चनपुरमा नेपाल-भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ। उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन्।

कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए। 'अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ।' उनले भने, 'हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन्।'

दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो। उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन्। 'बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्', सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, 'अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ।'

उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट  चार करोड राजस्व सङ्कलन भएको बताए। सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।  

सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ। दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गरे। 'सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हुँदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ।'  

त्यसैगरी पुनर्वास नरगपालिका-९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताए। 'अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ', उनले भने, 'भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ।' उनले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताए। 'सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ', उनले भने, 'अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ।' उनले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिए। रासस
अर्को समाचार
भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती
१६ साउन २०७८
•
२ मिनेट पाठ
भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती
दसगजा क्षेत्रभन्दा सय मिटरको दूरीमा सुनसरी कोशी गाउँपालिका वडा नं. ८ मा पाँच वर्षअघि भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवान प्रवेश गरे। एसएसबीका जवानले स्थानीय अशोक यादव, सरोज यादव, नरेश यादव र मनोज यादवलाई ताकेरै गोली हाने। गोली प्रहारबाट उनीहरु घाइते भए।  




नेपाली भूभागमा प्रवेश गरी गोली प्रहार गर्ने तत्कालिन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका बिकान्त सारावतसहित छ जनाको समूहबिरुद्ध कारबाहीको माग राखेर चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा किटानी जाहेरी दिए।

गोली प्रहारलगत्तै गल्ती भएको तत्कालिन एसएसबी ४५ बिग्रेडका कमाण्डर बीरपुरका राम अवतारले स्वीकारका थिए। तत्कालिन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र एसपी सन्जय शर्माले भारतीय सुरक्षा अधिकारीसँग पटक–पटक दोषीलाई कारबाही गरि सार्वजनिक गर्न माग गरे। तर, कारबाहीबारे केही पनि सार्वजनिक गरिएन।  

एसएसबीका जवानले २०७२ साल मंसिर ९ गते गाउँमा प्रवेश गरी ताकी–ताकी गोली हानिएको थियो। हरिपुरकै एक नेपालीले भारतबाट रासायनिक मल लिएर आउने क्रममा एसएसबीका जवानसँग विवाद भएको निहुँमा गाउँमै पसेर अन्धाधुन्ध गोली प्रहार भएको थियो।  

कोशी गाउँपालिका वडा नं. ५ कै ३२ वर्षे सफिद मियाँ बेला मौकामा भारतीय बजार विरपुर र वासमतियाबाट घरायसी प्रयोजनका लागि सामान खरीद गरेर ल्याउँदा एसएसबीका जवानले दुव्र्यहार गर्ने गरेको बताए। ‘कहिलेकाँही ५/१० केजी चिनी, दाललगायतका सामग्री खरीद गरेर ल्याउँदा पनि दुर्व्यवहार गर्ने र कुटपिट पनि गर्ने गर्छन,’ सफिदले भने, ‘बोल्न नसक्ने सर्वसाधारणलाईं त झनै दुःख दिने गरेका छन्।’

कोशी गाउँपालिका क्षेत्रको श्रीपुर, लौकही र लाही नाका बस्ने एसएसबीका जवानले नेपालीलाई बढी दुःख दिने गरेको भारतीय सीमा क्षेत्र भन्दा पाँच सय मिटरको दुरीमा घर भएका कोशी वडा नं. ५ कै मुस्ताक आलमले बताए। पत्रकार समेत रहेका आलम भन्छन, ‘कुनै ठूलो घटना नै हुनु पर्दैन, सामान्य कुरामा पनि एसएसबीका जवानले दुःख दिन्छन्।’

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरायसी प्रयोगका लागि दैनिक उपभोग्य सामग्रीसँगै रासायनिक मल ल्याउनुलाई स्वाभाविक मानिन्छ। तर, यही विषयमा बढी नेपालीले दुःख पाउने गरेका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्। विशषेगरी, सुनसरीको कोशी, हरिनगर, नरसिंह(भोक्राहा, देवानगञ्ज र बर्जु गाउँपालिका क्षेत्रको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एसएसबीका जवानसँग त्रासमा हुने गर्छन्। जसले गर्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले सधैंभरी स्थानीय प्रहरी–प्रशासनको आडभरोसा खोज्ने गरेका छन्।

नेपाल र भारतबीचको सीमा छुट्याउने सीमा स्तम्भ आसपासको क्षेत्रलाई १० गजा क्षेत्र भनिन्छ। अन्तर्राष्ट्रिय सीमासम्बन्धी मान्यता अनुसार यो क्षेत्रमा कुनै पनि देशका नागरिकहरुलाई बस्ने अधिकार हुँदैन, त्यसैले यो क्षेत्रलाई नो मेन्स ल्याण्ड पनि भनिन्छ। दस गजा क्षेत्र पार गरेर पनि एसएसबीका जवानले सीमा क्षेत्र नजिकैका नेपालीमाथि ज्यादती गर्ने, गोली प्रहार गर्ने र दुर्व्यवहार गर्ने श्रृंखला पटक–पटक दोहोरिँदै आएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस