निजीभन्दा सरकारी चामल महँगो
१२ असोज २०७८
•
४ मिनेट पाठ
निजीभन्दा सरकारी चामल महँगो
सर्वसाधारणलाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्यो। पहिला लिँदै आएको मूल्यभन्दा पाँच रूपैयाँ बिक्रीमा राखेको उक्त चामल करिब दुई हप्ता पुग्दासम्म पनि एक केजी चामल बिक्री भएको छैन। सरकारले बिक्री गर्ने चामलभन्दा बजारमा सस्तो पर्दा र गुणस्तरीय चामल पाइँदा उक्त चामल बिक्री हुन समस्या भएको हो।




दसैंका लागि राखिएको करिब साढे सातसय क्विन्टल चामल बिक्री नभएर गोदाममै थन्किएको छ। बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा तराईका जिल्लामा सरकारी चामल बिक्रीमा समस्या हुँदै आएको छ। अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा तीन प्रकारका चामल उपलब्ध छन्। अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ। अरुवा मोटा चामलको प्रतिकेजी ४२, अरुवा मध्यम चामल प्रतिकेजी ४६ र स्टीम मसिनो चामल प्रतिकेजी ६० रूपैयाँ सुपथ मूल्यमा रूपैयाँमा बिक्री गर्न  राखेको छ। बजारमा पाइने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चामल बिक्री नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख रामबहादुर विष्टले जनाए।

‘यहाँको चामल उपभोक्ताले खानै मान्दैनन्,’ उनी भन्छन्, ‘घर नजिकै सस्तोमा चामल पाइने भएपछि यहाँ आउन मान्दैनन्।’ यो समयमा मात्र होइन अन्य समयमा पनि सरकारी चामल बिक्री गर्न मुस्किल छ। चामल बिक्री नहुँदा गत वर्षकै धान यस वर्ष कुटानी भइरहेको छ। दसैंतिहार लगायतका पर्वमा छुट दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन भए पनि चामल बिक्री नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका वरिष्ठ सहायक तथा सूचना अधिकारी अनिलकुमार महतोले बताए। ‘सर्वसाधारणलाई लक्षित गरेर प्रतिकेजीमा पाँच रूपैयाँ छुटमा सुपथ मूल्य पसल सञ्चालन गरेका छौं,’ उनले भने, ‘उक्त सुपथ मूल्य पसलबाट एक केजीमा पनि चामल बिक्री भएको छैन।’

पहाडमा निजी क्षेत्रको चामल महँगो र सरकारी चामल सस्तो हुँदा त्यहाँ सरकारी चामलको माग अत्यधिक छ। तराईमा भने चामलको माग धेरै पनि सरकारले निजी कम्पनी सरह सस्तोमा दिन नसक्दा यहाँ चामल बिक्री हुन सकेको छैन। ‘निजीभन्दा पाँच÷दश रूपैयाँ सस्तोमा भए पनि ५०÷सय रुपैयाँ भाडा तिरेर यहाँ चामल लिन आउने कमै हुन्छन्,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका वरिष्ठ सहायक महतोले भने, ‘उपभोक्ताहरुको भावना सम्बोधन हुने गरेर मूल्य निर्धारण गर्नुपर्छ।’ सरकारी चामलको प्रतिकेजी पाँचदेखि १५ रुपैयाँसम्म निजी कम्पनीको चामल सस्तो पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी

दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ। लुम्बिनी र कर्णालीका २१ स्थानमा चामल ढुवानी गर्न थालिएको हो।

लुम्बिनीका दाङ, रोल्पा, प्युठान र कर्णालीका हुम्ला, मुगु, डोल्पा, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोटलगायतका जिल्लामा चामल पठाउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। अहिले यी जिल्लामा चामलको माग अत्यधिक छ। निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलको माग बढ्दै आएको छ।  ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख रामबहादुर विष्टले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं।’  

अहिले दुईवटा मिलमा चामल कुट्ने काम भइरहेको भन्दै उनले जनशक्ति अभाव हुँदा पहाडी जिल्लामा चामल पठाउन ढिलाइ भएको बताए। दसैंमा नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको बताइएको छ।

चामल कुट्नलाई सरकारले दुईवटा मिलसँग मात्र सम्झौता गर्दा पनि समयमै मिल व्यवसायीले चामल तयार गर्न सकेका छैनन्। उनका अनुसार नेपालगन्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ। ती जिल्लाबाट योभन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाइने उनको भनाइ छ। अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नोलगन्जमा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ। तराईभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलको बढी माग छ। चामल पठाउन ढिलो हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई समस्या हुँदै आएको छ। कर्णालीका कतिपय जिल्लामा खाद्य संकटसमेत हुने गर्छ।
अर्को समाचार
हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल
२० मंसिर २०८०
•
४ मिनेट पाठ
हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ। ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो।




लिमिटेडको सिमकोट शाखामा  दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए। स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन। एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ। साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि  ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेका छैन। लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो। हाल गोदामा रहेको कम परिमाणको खाद्यान्न पनि बिक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए।

खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए। यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ। भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो। सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ। सिमकोट शाखाका लागि सुर्खेतबाट छ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो। नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो।  

सहरमै थन्किए ढुवानी हुने चामल

हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन्।

यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन। स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन। स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म  ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म  ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  

दुई महिनादेखि  चामल पाइएन

समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महिना यतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो। उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तीनुका साथै खाद्यान्न नपाएको उनले बताए। सिंहले भने, “नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौँ दिनसम्म यस्तै समस्या भोग्नुपर्छ।” जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गर्छन्  तर जनताको समस्या कहिल्यै बुझ्न नसकेको उहाँको गुनासो थियो, यस्तै सदरमुकामवासीलाई झन थप समस्या निम्तिएको छ। सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ। सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैँ किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरुलाई समस्या निम्तिएको हो।  

यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैन्। कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खदिर गर्नुपर्ने बाध्यता छ। सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य भएका छन्। हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन। याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन्। रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस