दसैंमा पुगेन हिमाली तथा पहाडी जिल्लामा चामल
११ असोज २०७९
•
४ मिनेट पाठ
दसैंमा पुगेन हिमाली तथा पहाडी जिल्लामा चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा नेपालगन्जमै थन्किएको हिमाली तथा पहाडी जिल्लामा पठाउन तयार चामल। तस्बिरः गणेश/नागरिक
दसैंलगायतका चाडपर्व भित्रिँदै गर्दा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पहाडी तथा हिमाली जिल्लामा चामल ढुवानी हुन सकेको छैन। समयमै चामल नपुग्दा उत्तरी बेल्टका नागरिकले चामल नपाउने निश्चित भएको छ।




यातायातको सहज पहुँच नभएको हुम्लामा बढी समस्या छ। यहाँ सहुलियत पसल सञ्चालन भए पनि चामल अभाव भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाइन्। आवश्यकताभन्दा कम चामल जिल्लामा मौजदात रहेको उनले बताइन्। ‘मौसम खराबीका कारण यहाँ हवाई उडान नै हुन पाएनन्। जसले गर्दा यहाँ खाद्यान्न आउन सकेन,’ उनले भनिन्, ‘दसैंको मुखैमा भएकाले विमान कम्पनीहरूलाई यात्रु बोक्न ठिकै।’ हुम्लाको उडान तालिका कम हुँदा पनि समस्या भएको उनी बताउँछिन्। उनका अनुसार हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथमा चामल अभाव हुन्छ। यी उत्तरी क्षेत्रमा पर्ने पालिका हुन्। दक्षिण क्षेत्रमा रथानै बाली भिœयाउने बेला भएको र ढुवानी हुने क्षेत्र भएकाले त्यति धेरै समस्या नहुने उनको भनाइ छ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी मिनराज रिजालले भने अहिले नै जनताबाट गुनासो आइ नसकेको बताए। ‘चामल अभाव भयो भन्ने गुनासो आएको छैन,’ उनी भन्छन्, ‘खाद्यान्न ढुवानी हुने क्षेत्रमा समस्या हुन्छ। अति विकट क्षेत्रमा बजारको चामल पाइए पनि महँगो हुन्छ। विपन्न वर्गलाई किन्नै गाह्रो हुन्छ।’ कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, सुदूरपश्चिमका बाजुरा, लुम्बिनीको रुकुम पूर्वलगायतका क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जबाट चामल ढुवानी हुन सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा नेपालगन्जले ढुवानीकर्ता नपाउँदा खाद्यान्न ढुवानीमा समस्या देखिएको हो। नेपालगन्जस्थित कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लासहित २५ सेक्टरमा खाद्यान्न ढुवानी गर्दै आएको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा नेपालगन्जका प्रमुख रामशरण लामिछाने नेपालगन्जस्थित कार्यालयले कर्णालीका अधिकांश जिल्लामा बर्सेनि खाद्य ढुवानी गर्दै आएको छ। खाद्य संस्थानले जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, दैलेख, रुकुम पश्चिम र कर्णाली प्रदेश राजधानीसमेत रहेको सुर्खेत र लुम्बिनी प्रदेशका भैरहवा, पूर्वी रुकुम र दाङमा खाद्यान्न पुर्‍याउने काम गर्छ। खाद्य व्यवस्थाले हुम्लामा हवाई र स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्दै आएको छ। यसपटक स्थलमार्गबाट सदरमुकाममा एक हजार क्विन्टल, खार्पुनाथ डिपोमा पाँच सय क्विन्टलको कोटा रहेको उनले बताए। तर, अहिलेसम्म ढुवानी हुन सकेको छैन।  

‘अहिलेसम्म गएको छैन। ढुवानीका लागि टेन्डर आह्वान भइसकेको छ। सम्झौता हुन्छ। अनिमात्रै ढुवानी हुन्छ,’ उनले भने। टेन्डर आह्वान गर्दासमेत ढुवानीकर्ता नपाइएका कारण समस्या भएको उनको भनाइ छ। चालु आर्थिक वर्षमा जुम्लाका लागि दुई हजार क्विन्टल चामल आवश्यक छ। दसैं नजिकिँदै गर्दा जुम्लामा चरम खाद्यान्न अभाव भएपछि पुरानै ढुवानीकर्तामार्फत ६ सय ८३ क्विन्टल चामल चलान गरिएको लामिछानेले बताए। पुरानै ढुवानीकर्तामार्फत नयाँ आर्थिक वर्षमा स्वीकृत हुने भाडादर उपलब्ध गराउने गरी वैकल्पिक व्यवस्था गरेर पठाइएको हो। बाँकी १४ सय क्विन्टल चामल ढुवानी गर्न ढुवानीकर्ता नै छैनन्।  

चालु आर्थिक वर्षमा २५ क्विन्टल खाद्यान्न आवश्यक छ। दसैं नजिकिँदै जाँदा खाद्यान्न अभाव हुँदा तत्कालका लागि मुगुमा भर्खरै तीन सय ४१ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ। मुगुमा खाद्य ढुवानीका लागि खाद्य व्यवस्थाले टेन्डर गर्दा नियम प्रक्रियाअनुसार ढुवानीकर्ता नै आएनन्। बाँकी दुई हजार क्विन्टल खाद्यान्न ढुवानीको टुंगो अझै लागिनसकेको उनले बताए। मुगुमा नेपालगन्जसहित बर्दियाको राजापुर र सुर्खेतबाट समेत खाद्यान्न ढुवानी हुँदै आएको छ। कर्णालीमा सबैभन्दा धेरै जाजरकोटमा खाद्यान्न ढुवानी हुने गरेको छ। उनले जाजरकोटमा समेत अहिलेसम्म खाद्यान्न ढुवानी हुन नसकेको बताए। गत वर्षको मौज्दात चामलले अहिले काम चलिरहेको र चालु आर्थिक वर्षका लागि खाद्य ढुवानी गर्न सम्झौताको काम सुरु गरिएको उनले बताए। हेड अफिसले समेत जाजरकोटमा सम्झौता गरेर नयाँ आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी गर्न निर्देशन दिएको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार चालु आर्थिक वर्षमा जाजरकोट सदरमुकामका लागि ३२ सय क्विन्टल, दसेरा डिपोका लागि पाँच सय क्विन्टल, घोगी डिपोका एक हजार क्विन्टल, नायकबाडा डिपोमा पाँच सय क्विन्टल, जुनीचाँदे डिपोका लागि एक हजार क्विन्टल आवश्यक छ। तर, सम्झौता प्रक्रिया नै सुरु नभएका कारण चामल ढुवानी हुन सकेको छैन। कुल एक हजार क्विन्टल आवश्यक रहेको रुकुम पश्चिमको स्यालाखदीका लागि एक सय ७० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ। दैलेखका लागि अहिलेसम्म टेन्डर नै स्वीकृत भएको छैन। नेपालगन्जस्थित कार्यालय सुर्खेतका लागि तीन हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ। अहिलेसम्म सुर्खेतमा एक सय ७० क्विन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ। उनले भने, ‘त्यहाँ जहिले पनि स्टक हुन्छ। तर, अत्यावश्यक परेको खण्डमा मात्रै पठाउँछाैं। अन्यबाट समेत आउँछ।’

भैरहवामा २५ क्विन्टलको कोटा छ। त्यहाँ पनि अहिलेसम्म ढुवानी भएको छैन। रुकुम पूर्वमा खाद्यान्न ढुवानीका लागि टेन्टर आह्वान गरिएको थियो। कोही पनि नआएका कारण समस्या भएको छ। पश्चिम रुकुमको चौरजहारीमा पाँच सय क्विन्टल खाद्यान्न जान्छ। तीन हजार क्विन्टल खाद्यान्न पुर्‍याउनुपर्ने भए पनि तुल्तीपुरमा अझै पनि ढुवानी हुन सकेको छैन।
अर्को समाचार
हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल
२० मंसिर २०८०
•
४ मिनेट पाठ
हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ। ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो।




लिमिटेडको सिमकोट शाखामा  दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए। स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन। एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ। साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि  ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेका छैन। लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो। हाल गोदामा रहेको कम परिमाणको खाद्यान्न पनि बिक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए।

खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए। यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ। भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो। सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ। सिमकोट शाखाका लागि सुर्खेतबाट छ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो। नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो।  

सहरमै थन्किए ढुवानी हुने चामल

हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन्।

यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन। स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन। स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म  ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म  ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  

दुई महिनादेखि  चामल पाइएन

समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महिना यतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो। उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तीनुका साथै खाद्यान्न नपाएको उनले बताए। सिंहले भने, “नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौँ दिनसम्म यस्तै समस्या भोग्नुपर्छ।” जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गर्छन्  तर जनताको समस्या कहिल्यै बुझ्न नसकेको उहाँको गुनासो थियो, यस्तै सदरमुकामवासीलाई झन थप समस्या निम्तिएको छ। सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ। सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैँ किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरुलाई समस्या निम्तिएको हो।  

यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैन्। कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खदिर गर्नुपर्ने बाध्यता छ। सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य भएका छन्। हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन। याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन्। रासस
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस