हिउँदमा १७ घन्टा लोडसेडिङ
२२ भदौ २०७१
•
९ मिनेट पाठ
हिउँदमा १७ घन्टा लोडसेडिङ
काठमाडौं- बिजुली संकट कम गर्न नेपाल विद्युत प्राधिकरणले 'हरसम्भव प्रयास गरेको' बताउँदै आए पनि आउँदो हिउँदमा सर्वसाधारणले दैनिक १७ घन्टासम्म लोडसेडिङ सामना गर्नुपर्नेछ। मागभन्दा कम आपूर्ति, उत्पादन नथपिनु, प्रणाली सुधारमा प्राधिकरणको बेवास्ता र अत्यधिक चुहावटका कारण गत वर्षभन्दा आउँदो हिउँदमा विद्युत संकट थपिने प्राधिकरणका अधिकारीको प्रक्षेपण छ।यो वर्ष अधिकतम १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्राधिकरणको औपचारिक दाबी थियो। तर, प्रसारण प्रणालीमा माग पूरा गर्ने गरी पर्याप्त बिजुली नहुँदा लोडसेडिङ बढाउनुपर्ने स्थिति आएको प्राधिकरणका कर्मचारी बताउँछन्। 'अहिले नै लोडसेडिङ बढी हुन्छ भन्दा विरोध हुन्छ, तर बिजुली नै नभएपछि सर्वसाधारणलाई ढाँट्नु बेकार हो,' प्राधिकरणका एक उच्च अधिकारीले नागरिकसँग भने।
प्राधिकरणले गत वर्ष हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ गरेको थियो। यो वर्ष हिउँदको उच्च माग करिब १ हजार ३ सय ५० मेगावाटसम्म पुग्ने प्रक्षेपण छ। आपूर्ति भने यसको ५० प्रतिशत पनि नहुने भार प्रेषण केन्द्रको अनुमान छ।
विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले भने हिउँदमा अधिकतम १४ घन्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी गरे। 'हालसम्म करिब ७ सय ६० मेगावाट बिजुली प्रणालीमा जडित छ। चैतसम्म २५ देखि ३० मेगावाट थपिन सक्छ। बाँकी भारतबाट आयात गरेर अभाव पूर्ति गर्न सकिन्छ,' शाक्यले आइतबार नागरिकसँग भने, 'चुहावट घटाउने र तालिकाअनुसार बिजुली कटौती नभएका क्षेत्रमा कटौती गर्दा लोडसेडिङ व्यवस्थापन गर्न सकिन्छ।'
विभागको यो योजनासँग भार प्रेषण केन्द्रको तालमेल भने देखिँदैन। केन्द्रले कुलेखानी जलाशय भरिएको समयमा पनि दैनिक १६/१७ घन्टासम्म विद्युत कटौती हुने अनुमान गरेको छ। कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटरसम्म पानी भरिनुपर्छ। अहिलेसम्म १ हजार ५ सय २४ मिटर मात्र भरिएको छ। यो वर्ष जलाशय भरिने सम्भावना कम रहेको केन्द्रका अधिकारी बताउँछन्। कुलेखानी भरिएन भने लोडसेडिङ दैनिक कति घन्टा पुग्छ भन्न सकिन्न।
भारतबाट बिजुली किनेर मात्र लोडसेडिङ घटाउने सरकार वा प्राधिकरणको प्रयास पनि सफल हुने छाँट छैन। गत वर्ष भारतबाट अधिकतम १ सय ९० मेगावाटसम्म आयात गरिएको थियो। यो वर्ष आयात बढाएर २ सय ५० मेगावाट पुर्या उने प्राधिकरणको योजना छ। भार प्रेषण केन्द्रले भने २ सय २० मेगावाटभन्दा बढी आयात गर्न नसकिने जनाएको छ।
कटैया–कुशहाको १३२ केभी नयाँ प्रसारण लाइन बन्ने सम्भावना नरहेकाले त्यहाँबाट थप ३० मेगावाटभन्दा बढी आयात गर्न नसकिने प्राधिकरणका इन्जिनियर बताउँछन्। यहाँबाट गत हिउँदमा अधिकतम ८० मेगावाटसम्म किनिएको थियो। हेटौंडा र दुहबीका थर्मल प्लान्ट आउने हिउँदमा ३० मेगावाटसम्म सञ्चालन गर्नुपर्ने केन्द्रले प्राधिकरण व्यवस्थापनलाई सुझाव दिएको छ। तर, डिजेल आयात गर्न नसकिने हुँदा थर्मल प्लान्ट त्यति क्षमतामा सञ्चालन गर्न नसकिने निर्देशक शाक्यले बताए।
सरकारले २०६५ देखि भारतबाट आयातीत बिजुली बिक्रीमा हुने घाटा र थर्मल प्लान्टको बिजुलीमा हुने फरक रकम दिने घोषणा गर्दै आएको छ। योजनामा फरक रकम दिने भनिए पनि अहिलेसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन। महँगो थर्मल प्लान्ट चलाएर बिजुली उत्पादन गर्न प्राधिकरणले नसक्ने निजी उद्यमीसमेत स्विकार्छन्।
आउने हिउँदसम्म प्रणालीमा करिब ८ सय मेगावाट बिजुली जोडिने प्राधिकरणले जनाएको छ। ९२ मेगावाटको कुलेखानीबाहेक सबै आयोजना नदी प्रवाही (रन अफ रिभर) भएकाले हिउँदमा ३ सय मेगावाटभन्दा बढी उत्पादन हुँदैन। भारतबाट २ सय ५० मेगावाट किन्ने र ३० मेगावाटसम्म थर्मल सञ्चालन गरे पनि जम्मा ६ सय मेगावाटभन्दा बढी आपूर्ति हुँदैन।
प्राधिकरणले नचाहे पनि साढे ७ सय मेगावाट बराबर बिजुली अभावका कारण लोडसेडिङ गरेर प्रणाली व्यवस्थापन गर्नुपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। सीमा क्षेत्रमा ३३ केभी प्रसारण लाइन मर्मत गर्न सके २५ मेगावाटसम्म आयात बढाउन सकिने जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए।
प्रधानका अनुसार भैरहवा, रक्सौल, रामनगर, वीरगन्ज, नेपालगन्ज र टनकपुरबाट क्षमताभन्दा कम बिजुली आयात भइरहेको छ। उक्त क्षेत्रका ३३ केभी प्रसारण लाइन मर्मत गर्न सके आयात बढ्ने र हिउँदमा कम लोडसेडिङ हुने उनको तर्क छ। प्राधिकरणको गैरजिम्मेवारीले तत्काल गर्न सकिने काम नगर्दा पनि समस्या बढ्दै गएको उनले बताए।
प्राधिकरणले लक्ष्यअनुसार चुहावटसमेत घटाउन सकेको छैन। गत वर्ष साढे एक प्रतिशत चुहावट घटाउने लक्ष्य रहे पनि पूरा भएन। चुहावट करिब २५ प्रतिशत नै छ। चुहावट २० प्रतिशतसम्म झार्न सकिए केही राहत हुने निजी उत्पादक बताउँछन्। यो वर्ष प्राधिकरणले २५ मेगावाटको सौर्य प्लान्ट जडान गर्ने योजना ल्याएको छ तर यसको अहिलेसम्म प्रारम्भिक अध्ययनसमेत गरिएको छैन।
'ठूला औद्योगिक घरानासँग ७०/८० मेगावाटसम्म बिजुली उत्पादन गर्ने थर्मल प्लान्ट छन्,' प्रधानले भने, 'यिनलाई सरकारले छुट्टै सुविधा दिएर सय मेगावाटसम्म प्राधिकरणको बिजुली बचत हुन सक्छ।' यसले लोडसेडिङ १२ घन्टामा झार्न सकिने भए पनि सरकारले यस्तो सुविधा दिने योजना ल्याउन नसकेको उनले बताए।
'यो हिउँदलाई ठूलो समस्या देखिन्छ, अर्को हिउँदपछि विस्तारै संकट समाधान हुँदै जान्छ,' उनले थपे।
प्रधानका अनुसार यो वर्ष लोडसेडिङ व्यवस्थापन गर्न तत्काल कुशहा–कटैया (१५ किलोमिटर) १३२ केभी नयाँ प्रसारण लाइन बनाउन भारतसँग सहकार्य गर्नुपर्छ।
प्राधिकरणले आउने हिउँदमा ६९ मेगावाटको मर्स्याङदी मर्मत गर्ने कार्यतलिका बनाएको छ। मर्मत गर्न कम्तिमा एक महिना आयोजना बन्द गर्नुपर्छ। कार्यतालिका लागू गर्दा अझ लोडसेडिङ थपिन सक्ने भार प्रेषण केन्द्रका अधिकारी बताउँछन्। तत्काल भारतबाट किन्नेबाहेकको विकल्प नरहेकाले सीमा क्षेत्रका प्रसारण लाइन मर्मत गर्न पहल गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले बताए।


अर्को समाचार
शनिबारदेखि लोडसेडिङ २ घन्टा घट्ने (तालिका सहित)
१८ चैत्र २०७१
•
२ मिनेट पाठ
शनिबारदेखि लोडसेडिङ २ घन्टा घट्ने (तालिका सहित)
काठमाडौं– प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी २ घन्टा घटाएर लोडसेडिङ दैनिक ८ कायम गर्ने भएको छ। चुहावट नियन्त्रण, आन्तरिक व्यवस्थापनमा आएको सुधार र कुलेखानी जलाशयमा पानीको तह बढेको भन्दै लोडसेडिङ घटाएको हो।




प्राधिकरणले चालु वर्षको हिउँदमा दैनिक ११ घन्टाभन्दा बढी लोडसेडिङ नहुने सार्वजनिक गर्दै आएको थियो। गत वर्ष यही समयमा दैनिक १२ घन्टासम्म लोडसेडिङ भएको सम्भि्कँदै प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले कुलेखानीको जलाशय मितव्ययी ढंगले सञ्चालन गरिएको बताए।

'खोला तथा नदीमा पानीको बहाब बढेको छैन, यो नदीमा पानीको 'लेभल' सबैभन्दा कम हुने समय हो,' उनले भने, 'भएका विद्युतगृह प्रभवकारी रुपमा सञ्चालन सकियो भने विद्युत संकट कम गर्न सकिने पुष्टि भएको छ।'

प्राधिकरणले गत वर्ष भारतबाट करिब २ सय मेगावाट बिजुली आयात गरेको थियो। चालु वर्षमा २ सय ५० मेगावाटसम्म किनिएको छ। तर, माग भने हरेक वर्ष १ सय मेगावाटका दरले बढ्ने गरेको छ। ९२ मेगावाटको कुलेखानी जलाशयको पानी गत वर्षभन्दा ५ मिटर माथि रहेकाले लोडसेडिङ घटाउन सकिएको भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताए। उनका अनुसार बुधबार कुलेखानीमा पानीको तह १५२६ मिटर छ।
यो पनि

'दुई वर्षपछि तपाइँको घरमा बत्ती जाँदैन'


अर्बको बिजुली चुहिएरै खेर

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस