पिपिए मागको प्रक्षेपण अनुसारः घिसिङ
१७ कार्तिक २०७८
•
३ मिनेट पाठ
पिपिए मागको प्रक्षेपण अनुसारः घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा आवश्यक पर्ने बिजुली मागको प्रक्षेपण गरेर मात्रै जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्नुपर्ने बताएका छन्।‘विद्युत् मागको प्रक्षेपण गरेर टाइमलाइन बनाएरै जलविद्युत् आयोजनाको पिपिए गर्नुपर्ने देखिएको छ,’उनले भने, ‘हामीलाई ५ वर्षपछि कति बिजुली आवश्यक पर्छ,त्यसको विस्तृत टाइमलाइन बनाएर पिपिए गरेको खण्डमा प्रभावकारी ढंगले विद्युत् उपभोग हुने देखिन्छ।’ 




घिसिङले पिपिए सम्झौता रोक्नु ठिक नभएको पनि बताए।‘अहिले नदी प्रवाही रन अफ द रिभरमा आधारित जलविद्युत् आयोजनाको मात्रै पिपिए रोकिएको छ,’उनले भने, ‘अर्धजलाशययुक्त तथा जलायशयुक्तको रोकिएको छैन।’

कार्यकारी निर्देशक घिसिङले कुनै पनि जलविद्युत् आयोजनाको पिपिए सम्झौता गरेको छिटोमा ५ देखि ७ वर्षमा मात्रै आयोजना बन्ने भएकाले टाइमलाइन नै बनाएर पिपिए गर्नुपर्ने धारणा व्यक्त गरे। उनले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको अत्यधिक मात्रामा पिपिए भएकाले अब अर्धजलाशययुक्त तथा जलाशययुक्तको पिपिए र निर्माणमा जोड दिनुपर्ने बताए।

‘नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको कोटाभन्दा धेरै पिपिए भइसकेको छ,’ उनले भने, ‘अब पिपिए गर्दा अर्धजलाशययुक्त तथा जलायशयुक्त आयोजना निर्माणको लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ।’ सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। 

सो अन्तर्गत नदी प्रवाहमा आधारित ३५ प्रतिशत, अर्थजलायशयुक्त ३५ प्रतिशत र जलाशययुक्त आयोजनाको लागि ३० प्रतिशत कोटा तोकेको छ। अहिले नदी प्रवाहमा आधारित आयोजनाको पिपिए कोटा लगभग सकिइसकेको छ। कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा पिपिए गर्दा मापदण्ड फेरिने पनि बताए। ‘अब पिपिए खुला प्रतिस्पर्धाबाट गर्ने कि फिक्स्ड मूल्यमा भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने,‘सबै सरोकारवाला निकायसँग छलफल गरेर कुन मोडलमा पिपिए गर्ने टुंगो लगाउनेछौं।’

प्राधिकरणका अनुसार अहिले करिब ९ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाले नदी प्रवाहमा आधारित पिपिए गरिसकेका छन्।

प्राधिकरणको ध्यान जलायशमा  

कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको सहायक कम्पनीमार्फत ‘रन अफ द रिभर’ (नदी प्रवाही)भन्दा जलाशय तथा अर्धजलाशययुक्त आयोजना प्राथमिकतामा राख्ने बताउँछन्।‘अब रन अफ द रिभरभन्दा जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुनुपर्ने बेला भइसक्यो,’उनले भने,‘जलाशययुक्त आयोजना केही महँगो भए पनि बहुउपयोगी देखिन्छ।त्यसैले प्राधिकरणको प्रथामिकतामा जलाशयुक्त आयोजना परेको हो।’

प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण,६३५ मेगावाटको दूधकोसी,४९० मेगावाटको अरुण ४ लगायतका जलाशययुक्त आयोजना निर्माण गर्ने जनाएको छ।‘प्राधिकरणले जलाशययुक्त करिब तीन हजार मेगावाट क्षमताको लाइसेन्स लिइसकेको छ,’उनले भने,‘अब जलाशयुक्त आयोजनालाई उच्च प्रथामिकतामा राखेर निर्माण अघि बढाइनेछ।’

प्राधिकरणले झ्याप्प–झ्याप्प बिजुली जाने समस्या क्रमशः कम हुँदै गएको दाबी गरेको छ। तर व्यवहारमा त्यस्तो छैन। झ्याप्प–झ्याप्प बिजुली जाने समस्या झन् बढेको उपभोक्ताको गुनासो छ। घिसिङले बिजुलीको प्राविधिक समस्यालाई एकपछि अर्काे गर्दै समाधान गरेको दाबी गरे।‘प्राधिकरणले भरपर्दाे र विश्वसिलो बिजुली उपलब्ध गराउने प्रयत्न गरिरहेको छ,’उनले भने, ‘सबस्टेसन,ट्रान्समिसन,वितरण प्रणाली लगायतमा सुधारको प्रयास भइरहेको छ।’ प्राधिकरणले बिजुली खपत बढाउन महसुल घटाइएको जनाएको छ।

तिहारमा बिजुली नजाने दाबी

प्राधिकरणले तिहारमा निर्धक्क भएर बिजुली खपत गर्न ग्राहकलाई अनुरोध गरेको छ। प्राधिकरणले गत वर्षमा भन्दा यो वर्ष तिहारमा बिजुली माग केही बढ्ने प्रक्षेपण गरेको छ। कार्यकारी निर्देशक घिसिङले तिहारमा यस वर्ष १५ सय मेगावाटभन्दा धेरै बिजुली खपत हुने प्रक्षेपण गरेको बताए।

‘गत भदौको कुनै दिन पिक आवरमा १६२० मेगावाट बिजुली माग भएको थियो,’ उनले भने, ‘तिहारको बेला १५ सय मेगावाटभन्दा धेरै माग नहुने प्रक्षेपण गरेका छौं।’घिसिङले तिहारको बेला निर्धक्क भएर बिजुली उपकरण चलाउन ग्राहकलाई अनुरोध गरे।‘तिहारको बेला बिजुली कम खपत गर्न पर्दैन,’उनले भने,‘ढुक्क भएर चलाउनुहोस्।’प्राधिकरणले गत वर्षको तिहारभन्दा यसपालि विद्युत् खपत केही बढी हुने प्रक्षेपण गरेको छ।
अर्को समाचार
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
१ घण्टा अघि
•
१ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।




नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म देशभित्रको खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा बिक्री गरिएको हो।

प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ। चार महिनाको औसत विद्युत् बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ।

कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ। उक्त महिनामा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, असोज महिनामा सबैभन्दा धेरै विद्युत् निर्यात भएको छ। सो महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् बिक्री गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा पुगेको थियो।

प्राधिकरणले देशभित्र खपत भएर बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ।

यसका साथै द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ।

नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् बिक्री हुँदै आएको छ। हरेक वर्ष वर्षायामको छ महिनामध्ये जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ।

भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस वर्ष त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् निर्यात प्रभावित भएको बताएका छन्। 

भदौ र असोजमा आएको बाढीले विद्युत् उत्पादन तथा प्रसारणका संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको उत्पादन बन्द भएको उनले बताए।

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य मात्रामा निर्यात गर्न प्राधिकरण सफल भएको श्रेष्ठको भनाइ छ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो। गत आर्थिक वर्षमा विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो।
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस