देशकै ठूलो होङ्सी सिमेन्ट उद्योगले बल्ल राष्ट्रिय प्रसारणको बिजुली पाएको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त उद्योगमा १३२ केभीको प्रसारण लाइनमार्फत बिजुली दिन थालेको हो।
हालसम्म उक्त उद्योगले डिजेल जेनेरेटरबाट उत्पादित बिजुलीबाट सिमेन्ट उत्पादन गर्दै आएको छ। प्राधिकरणले दिने बिजुलीको तुलनामा डिजेल जेनेरेटरबाट उत्पादित बिजुलीको लागत तेब्बरभन्दा बढी हुन्छ।
चिनियाँ र नेपाली लगानीको उक्त उद्योग नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा छ।प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट बिजुली दिएको जनाएको छ। प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो।
होङ्सीले ३० मेगावाट विद्युत् खपत गर्नेछ। उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिनेछ। उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै बिजुली दिइएको छ। यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरेको छ। ११ र ३३ केभी प्रसारण लाइनबाट भन्दा १३२ केभीबाट बिजुली लिँदा सस्तो पर्ने प्राधिकरणको भनाइ छ।
अहिलेसम्म यो उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरबाट बिजुली उत्पादन गरी उपभोग गरिरहेको थियो। सोको लागि दैनिक रूपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग,स्थानीयको अवरोध जस्ता समस्याले प्रसारण लाइन निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्सीलाई विद्युत् दिन सकिएको बताए। होङ्सी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी बिजुली दिइएको उनको भनाइ छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्सीलाई विद्युत् आपूर्ति दिइएको हो।
२२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दी खण्डमार्फत उद्योगमा पुर्याइएको छ।
बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो। ‘मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागे जति दिइरहेका छौं। गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनको क्षमता बढाउने,सदृढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइएको छ,यसको नतिजा छिट्टै देखिने छ,’घिसिङले भने, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजानेछौं।’
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसम्म बिजुली पुर्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो। वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण प्रसारण लाइनको निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।