भक्तपुर चेम्वर्स अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यवसायीहरुले नयाँ व्यवसायिक संभावनाहरुकाबारेमा खोजीनीति गर्नुपर्नेमा जोड दिएका छन्। भक्तपुर चेम्बर अफ कमर्शले सोमबार जिल्लाको मध्यपुर थिमिमा गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष मानन्धरले समूहमा लगानी गर्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
आफ्ना सदस्यहरुबाट मात्रै नभई गैर सदस्य, सरकारी तथा स्थानीय निकायहरु र सामाजिक क्षेत्रबाट समेत चेम्बरप्रतिको अपेक्षामा वृद्धि भएको उनले बताए। उनले व्यवसायिक समस्या र चुनौतीहरुसग जुध्न सक्षम तुल्याउने, सरकारी तथा स्थानीय निकायहरुमा मागमात्र पेश गर्ने नभई वैकल्पिक उपायहरु समेत राय सुझावको रुपमा उपलब्ध गराई स्थानीय विकासमा एक सक्रिय साझेदारकारुपमा चेम्बर प्रस्तुत भएको बताए। साथै उनले सामाजिक दायित्वप्रति सचेत रहदै चेम्वरले विभिन्न सामाजिक गतिविधिहरुमा आवद्धता रहेको जनाए।
चेम्वर भक्तपुरका सल्लाहकार एवै नेपाल चेम्वरका केन्द्रिय सदस्य रोशन भोयद्योले भक्तपुर चेम्वरले भक्तपुर जिल्लामा सञ्चालित उद्योग, वाणिज्य, यातायात, बैंकिग, बीमा, कृषि, पर्यटन, सेवा व्यवसायलगायत अन्य विविध व्यापारव्यवसायको प्रवद्र्धन गर्ने, उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको संरक्षण र संवद्र्धन गर्ने, व्यवसायिक एकता र मैत्रीपूर्ण सदभावमा वृद्धि गर्ने आदि कामहरु गर्दै आइरहेको जनाए।
भक्तपुर चेम्वरका उपाध्यक्ष कविदास श्रेष्ठले सरकारी एवं स्थानीय निकायहरुसंग सम्बन्ध अभिवृद्धि गर्दै विकासको कार्यहरुमा सहयोग र समन्वय गर्ने, आर्थिक विषयसंग सम्बन्धित राज्यको ऐन, नियम–कानून लगायत योजना तथा कार्यक्रमहरुको विश्लेषण गरी आफ्नो प्रतिक्रिया सुझाव पेश गर्ने, व्यवसायिक तथ्यांक र सूचनाहरु संकलन गर्ने, सोधकार्य गर्ने र तत्सम्बन्धी विषयहरुको पुस्तक, पत्रपत्रिका प्रकाशन र प्रचार प्रसार गर्ने, व्यवसायिक विवादको मध्यस्थता गर्ने कामहरु जिल्ला चेम्वरले गरिरहेको जानकारी गराए।
उनले राष्ट्रिय अन्तर्राष्ट्रिय उद्योग वाणिज्य तथा समान उद्देश्य भएका अन्य संघ संस्थाहरुसंग समन्वय र सहयोग आदान प्रदान गर्दै सम्बन्ध अभिवृद्धि गर्ने, उद्योग, व्यापार, आर्थिक, प्राविधिक, व्यवस्थापन आदि विषयहरुको शिक्षण संस्था खोल्ने, खुलाउने र सो विषयहरुको प्रशिक्षण, गोष्ठी अनुसन्धान आदि गर्ने गराउने र छात्रवृत्ति, पुरस्कार प्रमाणपत्रहरु दिने, विभिन्न सामाजिक गतिविधिहरुमा योगदान पुर्याउने कामहरु पनि जिल्ला चेम्वरले गर्दै आएको बताए। कार्यक्रममा जिल्ला चेम्वरका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले कार्यपत्र कार्यपत्र प्रस्तुत गरेका थिए।