भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित आठ जना मानन्धरहरुलाई सम्मान गरिएको छ। भक्तपुर जिल्ला मानन्धर युवा संघले शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी शिवप्रसादसहित पछिल्लो समय विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य क्षेत्रमा विजयी प्राप्त गर्न उनीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा भक्तपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित अमर मानन्धर, वस्तुगततर्फ सदस्यमा निर्वाचित श्यामप्रसाद मानन्धर रहेका छन्। साथै, भक्तपुर चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा निर्वाचित सदस्य ज्ञानेन्द्र मानन्धर, मध्यपुर चेम्बर अफ कमर्सको कार्यसमितिमा निर्वाचित सदस्य पुष्पलाल मानन्धर छन्।
यस्तै नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समिति सदस्यमा निर्वाचित राजेश मानन्धर, मिस् लिटिल नेवाः प्रथम रनर अफ सुश्री प्रनिधि मानन्धर, मिस् टालेन्ट फस रनर अफ सिचु मानन्धरलगायत रहेका छन्।