१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइईको पहिलो दिन १०१ जना अनुपस्थित

फाइल तस्बिर

कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।

बिहीवारबाट सुरु भएको एसइईको पहिलो दिन नियमित तर्फ ८९ र ग्रेड वृद्धि तर्फ १२ जना अनुपस्थित रहेको शिक्षा तथा समन्वय ईकाईका अधिकृत चोपलाल बेल्बासेले बताए।

जिल्लाका १ सय ४७ विद्यालयका ८ हजार ३२३ जना नियमित तर्फ र २ सय ९५ ग्रेट वृद्धि तर्फ उस्थित रहेको पनि उनले बताए।

जिल्लामा कुल ९ हजार ५८ जनाले परिक्षामा सहभागी हुने गरी तयारी गरिएको थियो। उता जिल्लामा ३ जना दृष्टिबिहीन समेत परिक्षामा सामेल भएका छन्। बुद्धभुमी नगरपालिका वडा नम्बर १ भेलाई स्थित सिद्धार्थ स्मारक माविका दृष्टिबिहीन सुरेन्द्र चौधरी, रेखा गिरी र अनुप खनाल बुद्धभुमी नगरपालिका २ स्थित गौतम बुद्ध माबि परिक्षा केन्द्रमा सहभागी भएको बेल्बासेले बताए।

परिक्षा शान्त र मर्यादितरुपमा भएको शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरले बताए। परीक्षाको जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य, प्रशासन कार्यालय लुम्बिनी प्रदेशको टिमले स्थलगत अनुगमन गरेको थियो।

प्रकाशित: १५ चैत्र २०८० १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App