एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए।




त्यो पनि एउटा परीक्षा कोठामा होइन। दुईवटा परीक्षा कोठामा निरीक्षकले नै चिट चोराइ रहेका थिए। आफ्नो पदीय कर्तव्य पूरा नगरी जिम्मेवारी र दायित्व निर्वाह नगरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले तत्कालै दुवै जना निरीक्षकलाई निष्कासन गरेका छन्।

निरीक्षक सविता कसेरा र दीर्गराज बजगाईँलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनले परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउन केन्द्राध्यक्ष र निरीक्षकलाई यसतर्फ सचेत, जिम्मेवार र जबाफदेही रहन अनुरोध गरेका छन्।

‘हामी अकस्मात् परीक्षा केन्द्रहरूको निरीक्षण गर्न पुगेका थियौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने, ‘निरीक्षक विद्यार्थीसँगै उभिनु भएको थियो। विद्यार्थीले चिट चोर्दा पनि खोस्नु भएन।’ विद्यार्थीले सारिरहेको चिट निरीक्षक आफैँले दिएको हुन सक्ने भन्दै उनले भने, ‘विद्यार्थीलाई नै चिट निरीक्षकले दिएको हुनुपर्छ। नत्र भने किन निरीक्षकले उक्त चिट खोस्नु भएन।’ यस विषयमा सोध्दा उक्त चिट आफूले नदेखेको निरीक्षक कसेरा बजगाईँले प्रतिक्रिया दिए पनि उक्त प्रतिक्रिया चित्त बुझ्दो नभएको उनको भनाइ छ।

यो वर्ष बाँकेमा नौ हजार दुई सय ९३ जना एसइईमा सहभागी छन्। एसइईमा चार हजार सात सय ६३ छात्र र चार हजार पाँच सय ३० जना छात्रा परीक्षामा सहभागी भएका शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन्।
अर्को समाचार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा बढी छात्रा सहभागी
१५ चैत्र २०८०
•
१ मिनेट पाठ
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा बढी छात्रा सहभागी
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा  बढी छात्रा सहभागी भएका छन्। 




जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन्। 

सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ।

संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ। जिल्लाका ३० संस्थागत विद्यालयबाट एसइईमा चार सय ७७ छात्र सहभागी छन्। 

यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ। यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन्। प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन्।  

जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी  एसइईमा सामेल भएका छन्। 

परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस