समावेशी शिक्षासम्बन्धी सम्झौता
१० भदौ २०७८
•
३ मिनेट पाठ
समावेशी शिक्षासम्बन्धी सम्झौता
समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष)शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।




सो विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायले शिक्षाशास्त्र केन्द्रीय क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा समावेशी शिक्षा शिक्षण गर्ने कार्यक्रमको तयारी थालेको विश्वविद्यालयका उपप्राध्यापक एवं शिक्षाशस्त्र सङ्कायका पूर्वसहायक डीन विष्णुकुमार खड्काले जानकारी दिए।

दिगो विकासको लक्ष्यको एक महत्वपूर्ण अवयवका रूपमा रहेको गुणस्तरीय समावेशी शिक्षालाई विश्वविद्यालयले आत्मसात् गर्दै शिक्षाशास्त्र सङ्कायअन्तर्गत विशेष आवश्यकता भएका बालबालिका र शिक्षा प्राप्तिको अवसरबाट वञ्चित रहेका लक्षित वर्गका विद्यार्थीलाई पढाउन सक्ने जनशक्ति तयार गर्न स्नातक तहसम्म उक्त विषयलाई प्रमुख विषयका रुपमा रहने गरी पाठ्यक्रम निर्माणको प्रकिया सुरु गर्न थालिएको खड्काले बताए।

'विश्वविद्यालयको प्राज्ञिक तथा कार्यकारी परिषद्बाट नीतिगत रूपमा प्रक्रिया अगाडि बढिसकेको र सो कार्यक्रमसम्बन्धी सहयोग गर्ने उद्देश्यले कोरियाको चङआङ र नर्वेको ओस्लोमिट विश्वविद्यालयसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरी छात्रवृत्ति, अध्ययन, अध्यापन र अनुसन्धानका कार्यमा सहयोग आदानप्रदान गर्ने गरी परियोजना सुनिश्चित भएको छ', उनले भने, 'अब हामी पाठ्यक्रम निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउँछौं र आगामी शैक्षिक सत्रदेखि कार्यक्रम सुरुआत गर्छौं।' 

अस्लोमिट र मप विश्वविद्यालयबीच नेपालमा समावेशी शिक्षा कार्यक्रम परियोजाको एक साझेदार संस्थाका रूपमा आपसी समझदारी पत्रमा हस्ताक्षर गर्दै शिक्षाशास्त्र सङ्कायको समेत जिम्मेवारी प्राप्त गरेका मानविकी र सामाजिकशास्त्र सङ्कायका डीन सह प्राडा लिलाधर तिवारीले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्घ, संस्था एवं युरोप, अमेरिका र एसियाका उत्कृष्ट विश्वविद्यालयसँग समन्वय तथा सहकार्य गर्दै जाने बताए। उनले आजको युगमा उपयोगी र आवश्यक शैक्षिक कार्यक्रम थप गर्ने एवं उच्च शिक्षाको गुणस्तर र विकासका लागि छात्रवृत्तिको अवसर सिर्जना गर्दै अनुसन्धान तथा पेशागत सक्षमता विकास गर्न सहकार्य आवश्यक रहेको जनाए।

कोरियाको चङआङ विश्वविद्यालयसँग लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेश्नल कोअपरेसन (लुपिक) परियोजनाअन्तर्गत भएको किक अफ बैठकलाई सम्बोधन गर्दै मपका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई नयाँ र समसामयिक विषयमा युगसुहाउँदो कार्यक्रम अगाडि बढाउने धारणा राखेका थिए। विश्वका विभिन्न विश्वविद्यालय र सहयोगी सङ्घ संस्थासँगको सहयोग र सहकार्यबाट अध्ययन, अध्यापन तथा अनुसन्धानका गतिविधिलाई व्यवस्थित र गुणस्तरीय बनाउन विश्वविद्यालय क्रियाशील रहेको उनको भनाइ थियो।

विशेष आवश्यकता शिक्षा अर्थात् समावेशी शिक्षा कार्यक्रमसँग सम्बन्धित नर्वेजियन प्रोग्राम फर क्यापासिटी डेभ्लोप्मेन्ट इन हाइएर एजुकेसन एण्ड रिसर्च डेभ्लोप्मेन्ट (नोरहेड) परियोजनामा नर्वेका ओस्लोमिट विश्वविद्यालय, इनल्याण्ड भ्याली एप्लाइड साइन्स विश्वविद्यालय र नेपालका त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाका रूपमा रहेका छन्। लुपिक परियोजनाअन्तर्गत दक्षिण कोरियाको चङआङ विश्वविद्यालय र नेपालका सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय साझेदार संस्थाका रूपमा रहने जनाइएको छ। 
अर्को समाचार
प्रधानमन्त्रीले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्रीले गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन्।




प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया नियुक्त गरेका हुन्।

सरकारले दुवै विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनाएको थियो। समितिले नाम सिफारिस गरेको आधारमा उपकुलपति छनोट गरिएको हो। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस