कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित
२२ पौष २०८२
•
३ मिनेट पाठ
कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित
कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।




मंगलबार अस्पतालको ६४ औं वार्षिकोत्सवका अवसरमा निर्देशक डा. पंकज रायले सहरी विकास तथा भवन निर्माण विभागबाट डिपीआर स्वीकृत भए पनि थप प्रक्रिया अगाडि नबढेको गुनासो गरेका हुन्।

अस्पतालको भवन निर्माण तथा विस्तारसम्बन्धी गुरुयोजना सन् २०२२ मै स्वीकृत भई १६ औं पञ्चवर्षीय योजनामा समेत समावेश भइसकेको छ।

नेपालकै एक मात्र केन्द्रीय बाल अस्पताललाई १ हजार शैयामा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने, बालरोग अध्ययन केन्द्रका रूपमा विकास गर्ने र विशिष्टीकृत सेवाका लागि दक्ष चिकित्सक उत्पादन गर्ने लक्ष्य सहित यो योजना अघि सारिएको थियो।

निर्देशक रायले डिपीआर तयार भए पनि निर्माण कार्य अघि बढ्न नसकेको बताए। ‘गत आर्थिक वर्षमै भवन निर्माणको ठेक्का प्रक्रियामा जानुपर्नेमा अहिलेसम्म काम अघि बढ्न सकेको छैन,’ उनले भने।

उनले रोकिएका प्रक्रिया पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गर्दै भने, ‘यही वर्षभित्र मन्त्रीज्युकै कार्यकालमा शिलान्यास होस् भन्ने चाहन्छौँ।’

कार्यक्रमकी प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले कान्ति बाल अस्पताल बालबालिकाको भविष्यसँग जोडिएकाले यसको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

‘अबोध बालबालिका बोल्न सक्दैनन्, उनीहरूका लागि बोल्ने हामीले हो,’ उनले भनिन्। मन्त्री शर्माले अस्पतालमा आउने अधिकांश बिरामी न्यून आय भएका र दुर्गमबाट रेफर भएर आउने भएकाले उनीहरूलाई उचित व्यवहार र परामर्शसहित सेवा दिन सुझाव दिइन्।

साथै, उनले अस्पताल विस्तार गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रियामा जान पनि निर्देशन दिइन्।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले १ हजार शैयाको अस्पताल निर्माणका लागि स्पष्ट ढाँचा र योजनासहित आउनुपर्ने बताए।

‘अस्पतालका सबै विभागका प्रमुखहरूसँग छलफल गरी प्रस्ताव लिएर आएमा अर्को आर्थिक वर्षमा थप प्रक्रिया अघि बढाउन सकिन्छ,’ उनले भने।

वि.सं. २०१७/१८ सालमा वीर अस्पतालबाट अलग भई सेवा सुरु गरेको यो अस्पताल हाल ३ सय ७२ शैयामा सञ्चालित छ। अस्पतालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २ लाख २५ हजार बिरामीले सेवा लिएका छन्। तीमध्ये ६९.७ प्रतिशत भर्ना दर रहेको छ।

एक वर्षको अवधिमा अस्पतालमा १० हजार ५ सय ६५ जना भर्ना भई उपचार गराएका छन्। सोही अवधिमा ३ हजार १ सय ३० वटा शल्यक्रिया गरिएको छ।

अस्पतालले विपन्न नागरिकका लागि उपचारमा उल्लेख्य सहुलियत प्रदान गरेको छ। गत आर्थिक वर्षमा ५ हजार ५ सय ९९ जनालाई उपचारमा छुट दिइएको छ। जसबापत ३ करोड ८४ लाख ७२ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।

हाल अस्पतालमा विकास समितितर्फ २०७, सरकारी दरबन्दीतर्फ २६४, साइक्याट्रिक करारतर्फ ५१, सेवा करार (टेन्डर) मार्फत १२७ र आइसियु करारतर्फ ८१ गरी कुल ७ सय ९८ जना कर्मचारी कार्यरत छन्।

अस्पतालले भोगचलन गरेको ९७ रोपनी जग्गामध्ये ७० प्रतिशतको लालपूर्जा प्राप्त भएको र बाँकी ३० प्रतिशतको प्रक्रियामा रहेको जनाएको छ। हालको संरचना २५ प्रतिशत जमिनमा रहेको र बाँकी जमिनमा थप संरचना निर्माण गर्ने योजना अस्पतालको छ।

अस्पतालले पछिल्लो समय बाल मानसिक रोग सेवा विस्तार, हेमोडाइलोसिस सेवाको सुरुवात, र अब्जरभेसन वार्डलाई २२ शैयामा विस्तार गरेको छ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा मानसिक रोग उपचार भवनमा दुई तला थप्ने, मोडुलर ओटी निर्माण गर्ने तथा मानसिक इकाइमा १६ शैयाको अन्तरङ्ग सेवा सञ्चालनमा ल्याउने कार्य अघि बढेको निर्देशक रायले जानकारी दिए।

यसका साथै, अस्पतालले फार्मेसीमा जनशक्ति थप, एनेस्थेसिया मेसिन खरिद, प्यालिएटिभ केयरको विस्तार तथा पुराना जिन्सी सामान लिलाम गरी ५४ लाख आम्दानी गरेको जनाएको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस