उपचार हुन्छ बाँझोपनको
०१ भदौ २०७३
•
८ मिनेट पाठ
उपचार हुन्छ बाँझोपनको
चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ । धेरै आधारमा बाँझोपन पनि निराकरण गर्न सकिने स्वास्थ्य समस्या हो । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा पनि एक वर्षभित्र गर्भ रहेन भने उपचार थाल्नुपर्ने चिकित्सकको भनाइ छ ।




गर्भधानका लागि जैविक रूपमा डिम्बवाहिनी नलीभित्र पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । त्यो मिलन महिलाको महिनावारी भएर डिम्ब निस्किएको समयमा हुन सक्छ । चिकित्सकका अनुसार महिनावारी भएको १४ आँै दिनमा मात्रै डिम्बाशयबाट डिम्ब निस्किन्छ । महिनावारीमा तलमाथि हुने महिलाको सन्दर्भमा एक÷दुई दिन तलमाथि हुन्छ ।

यौनसम्पर्कपछि पाठेघरका मुख हँुँदै डिम्बनलीतर्फ लाग्ने शुक्रकीट र डिम्बाशयबाट नलीतर्फ आउने निस्किएको डिम्ब (अण्डा)को भेटपछि गर्भाधान हुन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमन ताम्राकारका अनुसार यस्तो डिम्ब एवं शुक्रकीटले उपयुक्त वातावरणमा सामान्यतः १३ देखि १७ दिनसम्ममा गर्भाधान हुन्छ । ‘जतिसुकै इच्छा राखे पनि महिनावारीको सात दिनपछि र सात दिनअघि गर्भाधानको सम्भावना रहन्न,’ उनले भने, ‘डिम्ब र शुक्रकीट पाठेघर वा डिम्बनलीमा दुईदेखि तीन दिनसम्म बाँच्न सक्ने भएकाले सो समयमा भेट हुँदा मात्रै गर्भाधान हुने हो ।’

शुक्रकीट पाठेघरको मुखमा जम्मा भएर डिम्बवाहिनी नलीतिर लाग्छ । करिब १० सेन्टीमिटर लामो नलीमा नमर्दै उनीहरू भेटिएपछि मात्रै गर्भाधान हुन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार सबै अवस्थामा गर्भाधान हुनासाथ बच्चा बनिहाल्दैन । ‘थाहा नपाएरै पनि थुपै्र गर्भ खेर गइरहन्छन्,’ उनले भनिन्, ‘डिम्ब र शुक्रकीटको भेट हुनासाथ गर्भाधान हुन्न ।’

अग्रवालका अनुसार धेरैजसो दम्पती सन्तान चाहना राखेर बिनाअस्थायी साधन सहवास गरेको पहिलो पटकमै सन्तान लाभ हुनुपर्छ भन्ने भ्रममा छन् । ‘महिलाको प्रत्येक महिना डिम्ब निस्किन्छ भन्ने छैन, डिम्ब ननिस्की गर्भ रहन्न,’ उनले भनिन्, ‘त्यसैले पनि कम्तीमा एक वर्षको नियमित सम्पर्कको हिस्ट्रीपछि क्रमशः जाँच एवं उपचार गर्नुपर्छ ।’

चिकित्सकहरू महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको अवस्थामा नियमित सम्पर्क गरेको छ महिनासम्ममा बच्चा नभएमै जाँचका लागि सल्लाह दिन्छन् । प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क) देखि नै गर्भ नरहने र दोस्रो प्रकारमा गर्भ रहिसकेपछि अन्य समस्या आउँछन् ।

डा.अग्रवालको अनुभवमा नेपालमा धेरै बाँझोपन पीडितहरू उपचार थाल्नासाथ सफलता नपाएपछि तनावमा फस्ने गरेका छन् । ‘जति तनाव लिन्छन्, उति सम्भावना कम हुन्छ,’ उनले भनिन्, ‘चिन्ता नलिई गरिएको सहवासमा गर्भाधानको सम्भावना बढी हुन्छ ।’ सामान्यतः ९२ देखि ९५ प्रतिशत बाँझोपनलाई शल्यक्रिया र औषधिबाट हल गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय रूपमा करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । नेपालमा पेशा क्षेत्र, आर्थिक अवस्थाका आधारमा १५ देखि २५ प्रतिशतसम्म दम्पती यो समस्याबाट ग्रस्त छन् । ‘करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता नलागीकन बाँझोपनबाट पीडित भएका हुन्छन्,’ डा. रिजाल भन्छन् ।

डा.अग्रवालका अनुसार पुरुषमा हुने बाँझोपनको प्रमुख कारण शिशु अवस्थामा बच्चाको गुप्तांगमा सेक्ने प्रचलन हो । ‘यसले शुक्रकीटको स्रोत नै नष्ट हुन्छ,’ उनी भन्छिन्, ‘त्योबाहेक शुक्रकीट नबन्नु, नली बन्द हुनु, बनिसकेको वीर्य बाहिर आउने बाटोमा अवरोध हुनु र योनिमा वीर्य स्खलन हुन समस्या हुनु तथा शुक्रकीटको बनावटमा जटिलता हुनु पुरुषजन्य निःसन्तानका कारण हुन् ।’

डा. ताम्राकारका अनुसार अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न सक्दैन । ‘कहिलेकाहीँ त शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिएर पनि बाँझोपन हुन सक्छ,’ डा. ताम्राकारले भने ।  

डिम्बाशयजन्य तŒवहरू, पाठेघरको मुखमा तथा योनिमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बवाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तस्राव) ग्रन्थिको कार्यमा खराबी महिलाजन्य बाँझोपनका कारण हुन् ।

डा. अग्रवालका अनुसार महिलामा पाठेघरको आकार नै सानो हुनु, डिम्बाशयले डिम्ब उत्पादन नै गर्न नसक्नु, डिम्बनलीले डिम्ब नटिप्नु, पाठेघरमा हुने संक्रमणले शुक्रकीट मर्नु, डिम्बाशयको नली सानो हुनु, यौनसम्पर्क राख्दा हुने अधिक पीडा र शुक्रकीटलाई असर पु¥याउने (योनिमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुन सक्छ ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
४ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस