२०२२ मा सर्वाधिक कार्बन डाइअक्साइड उत्सर्जन
१९ फागुन २०७९
•
४ मिनेट पाठ
२०२२ मा सर्वाधिक कार्बन डाइअक्साइड उत्सर्जन
सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको छ। सो उत्सर्जन सन् १९०० यताकै सर्वाधिक हो। कोभिड १९ महामारीपछि हवाई यातायातमा भएको पुनः वृद्धि र विश्वमा तुलनात्मक रूपमा कम मूल्य पर्ने कोइलाको अत्यधिक प्रयोगका कारण उक्त वर्ष कार्बन डाइअक्साइडको उत्सर्जन बढेको हो।




पृथ्वीको तापमान बढ्नुमा कार्बन डाइअक्साइडलाई प्रमुख कारक मानिन्छ। सन् २०२२ मा ऊर्जाजन्य कार्बन डाइअक्साइड उत्सर्जनमा ०.९ प्रतिशतले बढोत्तरी भएका कारण वायुमण्डलमा ३६.८ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। एक गिगाटनबराबर १ अर्ब मेट्रिक टन हुन्छ। वैज्ञानिकका अनुसार वायुमण्डलमा उत्सर्जन भएसँगै यो ग्यासले तातोपनालाई सोसेर राख्ने भएकाले तापमान वृद्धि हुन जान्छ। कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जनका कारण गत वर्ष विश्वमा जलवायुजन्य विषम मौसमका घटना अत्यधिक भएको मानिएको छ। गत वर्षको खडेरीका कारण पानीको प्रवाहमा कमी आएकाले जलविद्युत् उत्पादनमा ह्रास आउँदा विद्युत् ऊर्जाका लागि खनिज इन्धनको प्रयोग बढेको थियो भने विश्वका विभिन्न स्थानमा तातो हावाको प्रकोप (हिट वेभ) बढ्दा चिसो बनाउन बिजुलीको माग ह्वात्तै बढेको थियो।  

एजेन्सीले बिहीबार सार्वजनिक गरेको ‘सिओटु इमिसन इन २०२२’ नामक प्रतिवेदनका अनुसार सन् २०२२ मा ऊर्जाजन्य हरितगृह ग्यासको उत्सर्जनमा पनि १ प्रतिशतले बढोत्तरी भएर कुल ४१.३ गिगाटन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन भएको छ। पृथ्वीको तापमान वृद्धिका लागि कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायत हरित गृह ग्यासको प्रमुख भूमिका रहेको छ।  

प्रतिवेदनअनुसार सन् २०२२ मा कोइलाजन्य उत्सर्जनमा १.६ प्रतिशत र तेलजन्य उत्सर्जनमा २.५ प्रतिशतले बढोत्तरी भएको छ। हरितगृह ग्यासमध्ये एक मानिने मिथेनको उत्सर्जन पनि गत वर्ष झन्डै रेकर्ड कायम भएको एजेन्सीले जनाएको छ। यसैगरी गत वर्ष विश्वव्यापी रूपमा हवाई यातायातको माग बढेका कारण २.५ प्रतिशतले हवाई इन्धनको प्रयोग बढेको थियो। युक्रेन युद्धका कारण ऊर्जाको मूल्यमा भएको वृद्धि, अकासिँदो मुद्रास्फीति र परम्परागत इन्धन व्यापार प्रवाहमा आएको अवरोधका कारण कार्बन डाइअक्साइड उत्सर्जन उक्त वर्ष झन् बढी हुने आँकलन थियो।

कार्बन डाइअक्साइड उत्सर्जनमा गत वर्ष रेकर्ड कायम भए पनि नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र चिसो पार्ने हिट पम्प्सको विश्वव्यापी प्रयोगमा आएको बढोत्तरीले कार्बन डाइअक्साइड उत्सर्जनको वृद्धिदरलाई नियन्त्रण गर्न सहयोग गरेको आइइएले जनाएको छ। यसैगरी वायु तथा सौर्य ऊर्जाको उत्पादन तथा प्रयोगमा गत वर्ष बढोत्तरी भएको पाइएको छ।  

गत वर्ष युरोपले यसप्रकारको ऊर्जाको अत्यधिक उत्पादन र प्रयोग गरेको पाइएको छ। विश्वको सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने चीनमा गत वर्ष कार्बन उत्सर्जन स्थिर रहेको देखिएको छ।

कोभिड १९ नियन्त्रणका अवलम्बन गरिएको सख्त प्रावधान, भौतिक निर्माण कार्यमा आएको सुस्तता र औद्योगिक तथा यातायातजन्य उत्सर्जनमा आएको कमीका कारण चीनले गर्ने उत्सर्जनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी अत्यधिक उत्र्सजन गर्ने दोस्रो राष्ट्र अमेरिकाले प्राकृतिक ग्यासको अत्यधिक प्रयोग गरेका कारण अमेरिकामा गत वर्ष उत्सर्जन ०.८ प्रतिशतले बढेको छ। क्षेत्रीय हिसाबमा एसियाले सर्वाधिक ४.३ प्रतिशत कार्बन उत्र्सजन गरेको छ।  

विशेषगरी रुस–युक्रेन युद्धका कारण एसियामा प्राकृतिक ग्यासको मूल्य बढ्दा कोइलाको प्रयोग अत्यधिक रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ।  

‘स्वच्छ ऊर्जाको प्रयोग नभएको भए कार्बन उत्र्सजन तीन गुणाले बढ्न सक्थ्यो,’ एजेन्सीको कार्यकारी निर्देशक फतिह बिरोलले एक वक्तव्यमा भनेका छन्। उनले विश्वले जलवायु परिवर्तनका लक्ष्य हािसल गर्न कार्बन उत्र्सजनमा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।  

पृथ्वीको तापमान औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिभन्दा १.१ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको सरदर तापमान वृद्धि १.५ देखि २ डिग्री सेन्टिग्रेडभित्रै राख्न निर्देश गरे पनि यो अवधिमा पृथ्वीको तापमान साढे दुई डिग्रीभन्दा बढीले बढ्ने र यो लक्ष्य हासिल गर्न असम्भवप्रायः भएको वैज्ञानिक तर्क छ।  

‘खनिज इन्धनको अत्यधिक प्रयोगका कारण जलवायु परिवर्तनका लक्ष्य हासिल गर्न कठिन देखिएको छ,’ एजेन्सीका कार्यकारी निर्देशक बिरोलले भनेका छन्, ‘यो अवधिमा अन्तर्राष्ट्रिय खनिज इन्धन कम्पनीहरूले रेकर्ड नाफा कमाइरहेका छन् र जलवायु परिवर्तनका लक्ष्य हासिल गर्न उनीहरू पनि प्रतिबद्ध हुनु जरुरी छ।’
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस