बाजुरामा कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ। दुई दिनको अवधीमा तीन जना बिरामीमा संक्रमण देखिएको बाजुरा जिल्ला अस्पतालले बताएको छ।
कोरोनासँग मिल्ने लक्षण भएका बिरामीमा जाँच गर्दा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन्।
चैत्र १४ गते बाजुरा जिल्ला बाहिरबाट आएका सैनिक जवानमा कोरोना संक्रमण देखिएको भोलि पल्ट बडीमालिका नगरपालिका भित्रकै दुई जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमण बडीमालिका नगरपालिका ७ र ९ का दुई जना बिरामीमा देखा परेकाे हो।
बिरामीमा ज्वरो आउने, खोकी लाग्ने सहितका कोरोनासँग मिल्न लक्षण देखिए पनि जाँच गरिएको थियो। बाजुरामा ज्वरो, खोकी र घाँटीमा श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या धेरै रहेको छ।
कोरोनाको लक्षण भएका बिरामीको संख्या चेकजाँचका लागि दैनिक जसो धेरै आउने गरेको आरसी मेडिकलका सञ्चालक रामचन्द्र यादवले बताएका छन्। जाँच गर्दा अधिकांश बिरामीमा कोरोना संक्रमण पुष्टि हुने यादवको दाबी छ।
अस्पतालले पनि कोरोना लक्षण भएका सबै बिरामीको जाँच गर्न सुरु गरेको छ। लक्षण मिल्ने तीन जनामा गरिएको परीक्षणमा तीनै जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन्।
मार्तडी स्थित दुर्गा भन्ज्याङ गुल्ममा कार्यरत सैनिक जवानमा कोरोना देखिएपछि समूहमा सँगै बसेकाहरूको पनि जाँचको तयारी गरिएको छ। ती सैनिक जवान चैत्र १४ गतेदेखि नै साथीहरूसँगै बस्दै आएका छन्।
संक्रमण देखिएका बिरामीमा जोखिमपूर्ण अवस्था नभए पनि श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएका छन्। बाजुरामा पछिल्लो समय संक्रमण तीव्र बढ्ने संकेत देखिएपछि अस्पतालले सचेत र सतर्क हुन नागरिकलाई अनुरोध गरेको छ।
बाजुरामा गएको ६ महिना यता कुनैमा पनि संक्रमण देखिएको थिएन। लामो समयपछि संक्रमित देखिएकोले अस्पतालले थप सर्तकर्ता र चेकजाँचको दायरा बढाउने तयारी गरेको छ। लक्ष्मण मिल्ने बिरामीलाई कोरोना जाँचका लागि अस्पतालले आउन आग्रह गरेको छ।