बाजुरामा कालाजार रोग देखा परेको छ। हिमाली गाउँपालिका २ बिच्छ्याका निमा छिरिङ थापालाई कालाजार रोग देखा परेको हो। तीन महिनादेखि बिरामी रहेका थापालाई चैत २९ गते राति मात्र बाजुरा जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पतालले गरेको जाँचपछि थापालाई कालाजार रोगको संक्रमण देखिएको पुष्टि भएको छ।
कालाजार भुसुनाको टोकाइबाट लाग्ने रोग हो। ६ वर्ष उमेरका थापा रोगको संक्रमणबाट अन्तिम चरणमा पुगेका छन्। अस्पतालमा औषधि नभएपछि धनगढी लैजान सुझाव दिएको अस्पताल बाजुराले जनाएको छ। बाजुरा जिल्ला अस्पतालमा औषधिसमेत अभाव छ।
बिरामी थापाको शरीरमा २ प्वाइन्ट मात्र रगत छ। आवश्यक कम्तीमा ११ प्वाइन्ट रगत चाहिन्छ। शरीरको तौल पनि १३ केजी मात्रै छ। ६ वर्ष उमेर पूरा भएको व्यक्तिमा २० केजी बढी तौल हुनु पर्ने हो। अवस्था अन्तिम चरणमा भए पनि औषधि अभाव छ। अस्पतालले तत्काल औषधि व्यवस्थापन गर्नसक्ने अवस्था देखिँदैन।
तर बाजुरा जिल्ला अस्पतालले भने औषधि माग गरिसकिएको बताएको छ। जिल्ला अस्पताल वा स्वास्थ्य कार्यालयमा हुनुपर्ने हो। तर बाजुरामा कालाजार रोगको भ्याक्सिन नै मौजान नराखिएको अवस्था छ। बिरामी थापालाई कम्तीमा ४ वटा भ्याक्सिन चढाउनुपर्ने अवस्था रहेको स्वास्थ्य कर्मीको भनाइ छ।
एउटै भाइलकै कम्तीमा १० हजार बढी मूल्य पर्ने र स्टक राख्न प्रभावकारी कोल्ड स्टोरको समेत उचित व्यवस्थापन नहुँदा औषधि बाहिरबाट ल्याउनु पर्ने अवस्था भएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन्। औषधि उपचारले मात्रै नहुने भएकाले बाजुरा जिल्ला अस्पतालले रिफर सकेको गिरीले बताएका छन्। तर बिरामीका आफन्तले भने जिल्लाबाहिर लिन नमानेको अस्पतालले बताएको छ। निःशुल्क उपचार हुने र जानका लागि केही भाडा सुविधा दिन खोज्दा पनि आफन्तले लिन नमानेपछि अहिले रगत दिएर उपचार भइरहेको छ।
कालाजार समयमै व्यवस्थान नगरे महामारीका रूपमा फैलिने सरुवा रोग हो। ज्वरो आउने, तौल घट्दै जाने, रगतको मात्रा घट्ने, रगत वान्ता गर्नेजस्ता लक्षण देखिने गरेका छन्। बाजुराको बुढीनन्दा नगरपालिकामा गएको वर्ष मात्रै कालाजारको संक्रमण देखिएको थियो।