सशस्त्र प्रहरी बल र आँखा अस्पतालबीच उपचार छुटको सम्झौता
०३ जेष्ठ २०८०
•
५ मिनेट पाठ
सशस्त्र प्रहरी बल र आँखा अस्पतालबीच उपचार छुटको सम्झौता
मधेस प्रदेशका सशस्त्र प्रहरी र उनका परिवारलाई आँखा, कान, नाक र घाँटी उपचारमा छुट दिने सम्झौता पत्रमा हस्ताक्षर गर्दै सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष, वरिष्ठ प्रबन्धक र सशस्त्र प्रहरी उपरीक्षक, नायब उपरीक्षक। तस्बिर: मिथिलेश यादव/नागरिक
सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहा र सगरमाथा चौधरी आँखा अस्पताल लहानबीच उपचार सेवामा छुट सम्बन्धमा सम्झौता भएको छ।




बोर्डर आउटपोष्ट नवराजपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेको विशेष पहलमा अस्पतालका तर्फबाट अध्यक्ष रविन्द्रलाल चौधरी र वरिष्ठ अस्पताल प्रबन्ध अभिषेक रोशन तथा सशस्त्र प्रहरी उपरीक्षक (नम्बर ७ गणपति) प्रमोद भारती र डिएसपी निलकमल आचार्यले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सिरहा जिल्लासहित मधेस प्रदेशका सशस्त्र प्रहरी कर्मचारी र उनका परिवारलाई सगरमाथा चौधरी आँखा अस्पतालले आँखा, कान तथा घाँटीको उपचार सेवामा २५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।

जनरल ओपिडी कार्डमा २५ प्रतिशत, प्याथोलोजि जाँचमा २० प्रतिशत, आँखाको मोतीबिन्दु (दश हजारसम्मकोमा) २० प्रतिशत छुट दिने सम्झौता भएको छ। नाक, कान, घाँटी सेवामा २० प्रतिशत छुट उपलब्ध गराउने, आँखाको अन्य शल्यक्रिया (रेटिना, कोर्निया, ग्लुकोमा, अकुलोप्लाष्टि) सेवामा १० प्रतिशत छुट दिने उल्लेख छ।

पूर्व सशस्त्र प्रहरी र उनका आश्रित परिवारको हकमा मधेस प्रदेश भित्र नजिकका सशस्त्र प्रहरी कार्यालयले प्रमाणित गरेको सिफारिसको आधारमा छुट उपलब्ध हुने उल्लेख छ।

पारिवारिक आर्थिक अवस्था नाजुक रहेका कर्मचारी र उनका परिवारको हकमा दुवै पक्षको आपसी सहमतिमा सम्झौतामा उल्लेख भएको छुटभन्दा थप छुट सेवा उपलब्ध गराउन सकिने उल्लेख छ।

सम्झौता पत्र हस्ताक्षर गर्दै अस्पतालका अध्यक्ष चौधरीले भने, ‘राष्ट्र र नागरिकको सुरक्षामा खटिने सशस्त्र प्रहरीकर्मीलाई सेवा गर्ने अवसर प्राप्त हुँदा गर्भ महसुस भइरहेको छ। हामीले मधेस प्रदेशबाट सुरु गरेको यो अभियान देशव्यापी बनोस् भने चाहना छ, उनले भने।

सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीले भने, ‘एक त यस अस्पतालको उपचार सेवा अन्यको तुलनामा सस्तो छ, त्यसमा पनि थप छुट दिएर अस्पतालले सेवा भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यस उदारताका लागि अस्पतालका अध्यक्ष र प्रशासकलाई धन्यवाद दिन चाहन्छु, उनले भने।

सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेका अनुसार केही महिना अघि यस अस्पतालमा कानको शल्यक्रिया गराउन आउँदा अस्पतालको सेवाबारे अनुभूति गरेको थिएँ। यस अस्पतालमा सस्तो मूल्यमा आधुनिक र विशिष्टतम उपचार सेवा अनुभूति गरेँ उनले भने, ‘यहाँको उपचार सेवा र व्यवहारबाट प्रभावित भएँ।’

पाण्डे कानको उपचार गराएर फर्केपछि आफ्ना हाकिमहरूसँग यस अस्पतालको सेवाबारे भोगाई साझा गरेका थिए। आँखा, कान र घाँटीको उपचारमा चर्को मूल्य खर्च गर्न बाध्य आफ्ना सहकर्मी र परिवारलाई सस्तोमा विशिष्टतम उपचारका लागि उनले पहल सुरु गरे। अस्पताल पक्ष पाण्डेको आग्रह स्वीकार गरेपछि दुवै पक्षबिच उपचार छुटमा सम्झौता भएको हो।

मधेस प्रदेशमा करिब ५५ सय सशस्त्र प्रहरी कर्मचारी छन्। पूर्व कर्मचारी र उनका परिवार गरी करिब १० हजारले यो सम्झौताबाट उपचार लाभ पाउने निश्चित भएको छ।

यस अस्पतालले अन्धोपन निवारणको क्षेत्रमा देशमा मात्र नभई विश्वमै अब्बल आँखा अस्पतालमा दर्ज छ। शल्यक्रियाको आधारमा यो अस्पताल विश्वकै दोस्रो ठुलो आँखा अस्पतालमा गनिन्छ।

अहिले यस अस्पतालले स्थानीय तहसँगको सहकार्यमा अन्धोपन निवारणका लागि घर घर पुग्दै छ। खर्च अभाव, समय अभाव वा अन्य कारणले अस्पतालसम्म आउन नसक्ने बिरामीलाई दैलोमै पुगेर आँखा जाँच र उपचार उपलब्ध गराउँदै छ।

सप्तरीको बोदेबरसाइन नगरपालिका, सिरहाको लहान नगरपालिका, नवराजपुर गाउँपालिकाले गाउँ/नगर क्षेत्रमा मोतीबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराइदिने भएको छ।

यी पालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँग आँखा उपचार तथा मोतीबिन्दु भएका बिरामीको शल्यक्रियाका लागि सम्झौता गरेको छ।

यी पालिकाहरुलाई मोतीबिन्दु मुक्त पालिका बनाउने उद्देश्यसहित आँखा जाँच तथा उपचारलाई प्राथमिकतामा राखी अघि बढेको अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले बताए। सम्झौता अनुसार मोतीबिन्दुको शल्यक्रियामा पालिकाका बिरामीले अस्पताललाई शल्यक्रिया बापतको रकम भुक्तानी गर्नु पर्दैन।

सम्झौता अनुसार पालिकाले आफ्ना क्षेत्रमा बसोबास गरिरहेका मोतीबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने भएको हो। मोतीबिन्दुको शल्यक्रियाका लागि चाहिने लेन्स लगायतका सामग्रीको न्यूनतम मूल्य दुई हजार पाँच सय रुपैयाँ सम्बन्धित पालिकाले अस्पताललाई उपलब्ध गराउने गरी सम्झौता भएको छ। बिरामीलाई अस्पतालसम्म ल्याउने र डिस्चार्जपछि घर पु¥याउने यातायात खर्चको व्यवस्थापन अस्पतालले गर्ने गरी सम्झौता भएको छ।

‘यो सम्झौताले नगर क्षेत्रका विशेषतः गरिब, दलित, विपन्न, ज्येष्ठ नागरिक र असहायहरूलाई बढी फाइदा पुग्नेछ।

मोतीबिन्दुबाट हुन सक्ने अन्धोपन रोक्न पालिकाहरुको सम्पूर्ण वडामा विभिन्न सचेतनामूलक कार्यक्रमसहित आँखा जाँच शिविर सञ्चालन गरिन्छ। शिविरमा पहिचान गरिएका मोतीबिन्दुका बिरामीलाई आँखा अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गरिन्छ।’ सगरमाथा चौधरी आँखा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अन्धोपनको मुख्य कारक मोतीबिन्दु देखिएको बताए। 

‘अस्पतालमा आँखा उपचारका लागि आउने आँखाका बिरामीमध्ये अधिकत्तरमा मोतीबिन्दु देखिएको छ र बाँकी अन्य समस्या भएका बिरामी हुन्छन्,’  रोशनले भने। ‘समयमै उपचार गराउँदा पहिले झैँ देख्न सकिने, तर उपचार नपाए अन्धोपनको जोखिम बढी भएकाले पछिल्लो समय स्थानीय तहसँगको समन्वयमा घरघर पुगिरहेका छौँ।

स्थानीय तहहरू पनि अन्धोपन निवारणको प्रभावकारिता बढाउन हामीसँग हातेमालो गरिरहेको उनको भनाइ छ।

यस अघि सगरमाथा चौधरी आँखा अस्पतालले यस प्रदेशका पत्रकारहरुको पनि निःशुल्क आँखा जाँच गरेको थियो। ‘भर्खरै सशस्त्र प्रहरीसँग सम्झौता गरेका छौं, रोशनले भने, ‘हामी देशका अन्य सुरक्षा अङ्ग (नेपाली सेना, नेपाल प्रहरी) लाई पनि उपचार सेवा दिन लालायित छौं।’
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
११ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस