यी हुन् गर्मीमा मुटुको समस्याबाट बच्ने उपायहरू
२९ जेष्ठ २०८०
•
७ मिनेट पाठ
यी हुन् गर्मीमा मुटुको समस्याबाट बच्ने उपायहरू
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन्। तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन्। तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।  




गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ। मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ। गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका÷मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन्।  

गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ। 
अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढछ। अति गर्मीले मुटुका बिरामीको ज्यानसमेत जान सक्छ। तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयाघात) बढिरहेको छ। यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। 

जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचाप बढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ। बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ। गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ। गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीं बेहोस हुने स्थितिसम्म आउन सक्छ। जोखिम समूहमा परेकाहरूले अत्यधिक गर्मीमा पर्नबाट जोगिनुपर्छ। गर्मी याममा मुटुको समस्याहरू भएका व्यक्तिले मात्र नभई स्वथ्य व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ।

पानी मावन शरीरको महत्वपूर्ण तत्व हो। यसले स्वस्थ व्यक्तिको आधादेखि दुई तिहाई तौल ओगटेको हुन्छ। खासगरी गर्मी याममा शरीरबाट बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ। शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन्। बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ । शरिरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ । रगत बाक्लो हुँदा जम्ने डर हुन्छ। त्यतिबेला ह्दयाघात वा मस्तिस्कघात हुने सम्भावना बढी हुन्छ।  

शरीरमा पानीको मात्रा कम हुनु भनेको यसले शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुनु हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ। डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ। यसबाट मुटुको धड्कन बढी हार्ट फेल समेत हुन सक्छ। त्यसैले डिहाइड्रेसनका कारण डिहाइड्रेसनले मुटु रोगीको ज्यानै पनि जानसक्ने हुन्छ। मुटुको औषधि खाइरहेका व्यक्तिहरू गर्मी याममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरिन्छ। शरीरमा पानीको कमी लामो समयसम्म रह्यो र प्रारम्भिक लक्षणबाट पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि लिएर हृदयाघातको जोखिम हुन्छ।

 बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ । शरिरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ ।
शरीरका विभिन्न अंगमा रगत पु¥याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा मुटुलाई बढी दबाब हुन्छ। जसले गर्दा मस्तिष्क, मुटु, हातखुट्टा लगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ। मुटुसम्बन्धी जोखिम समूहमा रहेकाहरूलाई गर्मी याममा पनि विशेष सावधानी अपनाउनुपर्छ। मुटुको औषधि सेवन गरिरहेका र पाकाहरूले गर्मी याममा बढी चलखेल गर्दा शरीरमा पानीको कमी हुन्छ र रक्तचाप कम हुन्छ। यसले गर्दा मस्तिष्कमा रगतको प्रवाह कम हुन्छ र सम्बन्धित व्यक्ति बेहोस हुन सक्छ। गर्मीमा काम गर्दा अचेत भई कतिपय मानिसको मृत्यु भएको समाचार सुन्ने गरिन्छ। जब हाम्रो मुटुले सामान्य प्रवाहमा रक्तसञ्चार गर्न सक्दैन भने यस्तो अवस्थामा मानिस बेहोस हुने गर्छन्।  

गर्मीले गर्दा मानिसको रक्तचाप तल–माथि हुन सक्छ। दुवै अवस्था हुनु जोखिमपूर्ण नै हुन्छ । रक्तचापको औषधि सेवन गरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुन सक्ने भएकाले औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रो हुन्छ। कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ। उच्च रक्तचापका रोगीलाई बढी गर्मीमा बढी मिहिनेत हुने र पसिना बगाउने काम गर्नु हुँदैन । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावा आउने ठाउँमा निस्कनुपर्छ्, तरल पदार्थ सक्दो लिनुपर्छ। उभिइरहनु हुँदैन। यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसो गर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ। सार्है गर्मी हुँदा चिसो पानीमा नुहाउँदा शरिरलाई शीतलता हुन्छ।

तापमान वृद्धिको सिधा असर मानिसको मुटुमा पर्ने हुँदा शरीर चिसो बनाउन पसिना आवश्यक हुन्छ। पसिनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ। उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको भित्रिय तापक्रम बढ्न गई अत्याधिक पसिना आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, मांसपेसीहरु बाउँडिने, बेहोस हुनेजस्ता समस्या आउन सक्छ। उच्च रक्तचापका बिरामीहरू गर्मी याममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा काम गर्दा रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ। पर्याप्त निन्द्रा, तनाव कम गर्ने, रक्तचाप नियमित परीक्षण गर्ने, ५० वर्ष पुगेका, मोटोपना, मुटुरोगी, उच्च रक्तचाप भएकाले बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावा आउने ठाउँमा निस्कनुपर्छ्, तरल पदार्थ सक्दो लिनुपर्छ। उभिइरहनु हुँदैन। यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । 
गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय  

प्रशस्त पानीको सेवनः  काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ। त्यस्ता व्यक्तिले नुन-चिनी, पानी र कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन। पानीले शरीरको तापक्रम सामान्य राख्छ। यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ। यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ। नियमित आवश्यकता अनुसार एक–दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैन हेर्नुपर्छ। अन्य स्वस्थ्य मानिसले पनि मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ।  

फलफूल-जुसको सेवन गर्ने: फलफूलमा पाइने खनिज तत्वहरुले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ र रक्तचाप र मुटुको क्रियाकलाप लाई सन्तुलनमा राख्न मद्दत गर्छ ।    

चिया-कफीको सेवन नगर्नेः चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ  चिया÷कफीमा पाइने कैफिनले पिसाबको मात्रा बढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चियारकफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ।

धुमपान तथा मद्यपान नगर्नेः धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन। त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानले शरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ।  

गर्मीमा ब्यायाम गर्दा होस पुर्‍याउनेः सकेसम्म कम गर्मी भएको बेला ९बिहान० हिँड्ने, ब्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने । बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।

सकभर घरभित्रै बस्नेः गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ । सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ ।  

चर्को घामबाट बच्नेः दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ। अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ। बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ।  

उपयुक्त कपडा प्रयोग गर्नेः जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ। सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ। टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन।

यी माथि उल्लेख गरिएका विभिन्न उपायहरुका बारेमा सचेत र सजग हुन सकेमा गर्मी याममा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ। अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ। (प्रस्तुत विचार वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग गरिएको कुराकानीमा आधारित छ)
अर्को समाचार
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
९ घण्टा अघि
•
१ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
काठमाडौं। जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन्। त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ। समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ।




यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ। यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ।

चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार आवश्यक देखिएको छ।

यसैलाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको हो।

अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार सहज हुन्छ।

'सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ। रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन,' उनले भने।

प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ। स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन। थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ।

अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ। तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताए।

'हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ। यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन। अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ,' उनले भने।

परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती

अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो। सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो। पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन।

अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ। तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ।

अस्पतालकी प्याथोलोजी विभाग प्रमुख डा. करिश्मा मल्ल वैद्यका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजारवटा परीक्षण गरिएको छ। तीमध्ये १६५ वटाको नतिजा शंकास्पद पोजिटिभ आएको छ भने ५० भन्दा बढीमा थप परीक्षणबाट रोगको पुष्टि भएको छ। शंकास्पद नतिजा आएका कतिपय शिशुका अभिभावक थप परीक्षणका लागि नआउने गरेकाले रोग पुष्टि भएका शिशुको सङ्ख्या कम देखिएको उनले बताइन्।

'हाल हामीले सातवटा प्यारामिटरमा परीक्षण गरिरहेका छौँ। भविष्यमा बजेट थपिएमा परीक्षणको दायरा पनि बढाउँदै लैजाने सोच छ। अस्पतालमा बिरामीको चाप धेरै छ। सबै शिशुको परीक्षण गर्ने प्रयास गरे पनि धेरैलाई समेट्न सकेका छैनौँ। अभिभावकलाई परामर्श दिने गरेका छौँ, तर अझै सबै शिशु परीक्षणको दायरामा आएका छैनन्,' उनले भनिन्।

शिशु जन्मेको २४ घण्टापछि रगतको नमुना सङ्कलन गरेर परीक्षण गरिन्छ। सियोले कुर्कुच्चामा घोची थोरै रगत निकालेर विशेष विधिबाट परीक्षण गर्ने गरिएको छ। परीक्षणमा रोगको जोखिम देखिएमा थप परीक्षण आवश्यक हुन्छ।

डा. वैद्यका अनुसार सरकारी स्तरमा नवजात शिशुको यस्तो स्क्रिनिङ सेवा उपलब्ध गराउने अस्पताल हाल प्रसूति अस्पताल मात्र हो। अहिले अस्पतालमा जन्मिएका शिशुको मात्र परीक्षण भइरहेको छ। आगामी दिनमा अन्य अस्पतालमा जन्मिएका शिशुको समेत निश्चित शुल्क लिएर परीक्षण गर्ने योजना रहेको उनले बताइन्।

सात प्रकारका रोगको परीक्षण

नवजात शिशु स्क्रिनिङ जन्मेको केही समयभित्र गरिने परीक्षण प्रक्रिया हो। यसबाट बच्चा बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र लुकेर रहेका केही जन्मजात, मेटाबोलिक तथा वंशाणुगत रोगको जोखिम पहिचान गरिन्छ। सामान्यतया जन्मेको २४ देखि ७२ घण्टाभित्र रगतको नमुना लिएर गरिने यस परीक्षणलाई ‘ब्लड स्पट टेस्ट’ पनि भनिन्छ।

प्रसूति अस्पतालमा हाल सात प्रकारका रोग तथा अवस्थाको स्क्रिनिङ भइरहेको छ। तीमध्ये जन्मजात थाइराइड हर्मोनको कमी, जी–६–पीडीको कमी, फेनाइलकेटोनुरिया, सिस्टिक फाइब्रोसिस, ग्यालेक्टोसेमिया, जन्मजात एड्रिनल हाइपरप्लासिया र बायोटिनिडेजको कमी रहेका छन्।

यी रोगले शिशुको शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छन्। जन्मजात थाइराइड हर्मोनको कमी हुँदा समयमै उपचार नभए मस्तिष्कको विकास प्रभावित हुन सक्छ। जी–६–पीडीको कमी भएका शिशुमा केही औषधि, संक्रमण वा अन्य कारणले रातो रक्तकोषिका फुट्ने जोखिम हुन्छ।

त्यस्तै, फेनाइलकेटोनुरिया भएका व्यक्तिको शरीरले फेनाइलएलानाइन नामक एमिनो एसिड प्रशोधन गर्न सक्दैन भने ग्यालेक्टोसेमियामा दूधमा पाइने ग्यालेक्टोज प्रशोधन गर्न समस्या हुन्छ। सिस्टिक फाइब्रोसिसले फोक्सो र पाचन प्रणालीमा असर गर्छ। बायोटिनिडेजको कमी हुँदा शरीरले बायोटिन भिटामिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। जन्मजात एड्रिनल हाइपरप्लासियामा एड्रिनल ग्रन्थिबाट हर्मोन उत्पादनमा समस्या हुन्छ।

यीमध्ये कतिपय रोग भएका शिशु जन्मँदा सामान्य देखिए पनि केही दिनपछि लक्षण देखिन थाल्छन्। समयमै पहिचान र उपचार हुन नसके गम्भीर स्वास्थ्य समस्या, मानसिक विकासमा अवरोध, अपाङ्गता तथा मृत्युको जोखिम हुन सक्छ। त्यसैले लक्षण देखिनुअघि नै परीक्षण गरेर जोखिम पहिचान गर्नुलाई महत्वपूर्ण मानिन्छ।

नवजात शिशुको मृत्युका प्रमुख कारणमा संक्रमण, जन्मने क्रममा निस्सासिनु, समय नपुगी जन्मनु र कम तौल हुनु रहेका छन्। तर कतिपय अवस्थामा मृत्युको वास्तविक कारण पहिचान गर्न कठिन हुने गरेको अस्पतालका निर्देशक डा. अधिकारीले बताए। केही अवस्थामा मेटाबोलिक रोग पनि मृत्युको कारण हुन सक्ने भएकाले यस्ता रोग पहिचान गर्न विशेष परीक्षण आवश्यक रहेको उनको भनाइ छ।

'नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पहिचान गरी समयमै उपचार गर्न सके मृत्युदर घटाउन सहयोग पुग्छ। यस परीक्षणले केही हदसम्म योगदान पुर्‍याएको छ,' उनले भने।

विकसित देशमा व्यापक, नेपालमा सीमित

विश्वका विकसित मुलुकमा नवजात शिशु जन्मिएपछि विभिन्न जन्मजात, वंशाणुगत तथा मेटाबोलिक रोगको स्क्रिनिङ गर्ने व्यवस्था छ। देशअनुसार परीक्षण गरिने रोगको सङ्ख्या फरक भए पनि धेरै मुलुकमा रगत परीक्षणसँगै श्रवण र मुटुसम्बन्धी स्क्रिनिङलाई नवजात शिशु स्वास्थ्य सेवाको हिस्सा बनाइएको छ।

उदाहरणका लागि अमेरिकामा सिफारिस गरिएको मुख्य परीक्षण सूचीमा ३५ प्रकारका रोग तथा अवस्था समावेश छन्। बेलायतमा १० र जर्मनीमा १९ प्रकारका रोगको स्क्रिनिङ गरिन्छ। अन्य मुलुकमा पनि स्वास्थ्य नीति र उपलब्ध प्रविधिअनुसार परीक्षणको दायरा निर्धारण गरिएको छ।

यस्ता कार्यक्रमले जन्मजात रोग समयमै पहिचान गरी उपचार सुरु गर्न सहयोग पुर्‍याउँछन्। यसबाट रोगका कारण हुन सक्ने दीर्घकालीन स्वास्थ्य समस्या, अपाङ्गता तथा केही अवस्थामा मृत्युको जोखिम कम गर्न सकिन्छ।

दिगो विकास लक्ष्य हासिल गर्न पनि स्क्रिनिङ आवश्यक

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालले नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ। हालको मृत्युदर १७ रहेकाले लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक देखिन्छ।

नेपालमा नवजात शिशु मृत्युदर घटाउन गर्भावस्थादेखि नै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, समयमै उपचार र स्वास्थ्य प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने हुन्छ। त्यससँगै जन्मजात तथा वंशाणुगत रोग पहिचान गर्ने परीक्षणलाई पनि स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्ने विज्ञहरूको जोड छ।

नवजात शिशु स्क्रिनिङ सामान्य र तुलनात्मक रूपमा छिटो हुने परीक्षण प्रक्रिया भए पनि यसले भविष्यमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याको जोखिम पहिचान गर्न मद्दत गर्छ। परीक्षणबाट जोखिम देखिएका शिशुलाई थप परीक्षण र उपचारको पहुँचमा पुर्‍याउन सके शारीरिक तथा मानसिक विकासमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ।

बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. कर्माचार्यका अनुसार सबै नवजात शिशुलाई स्क्रिनिङको पहुँचमा ल्याउन सके जन्मजात विकारका कारण हुने रोकथामयोग्य मृत्यु घटाउन सहयोग पुग्नेछ। त्यसका लागि सेवा अस्पतालमा मात्र सीमित नराखी विस्तार गर्न, पर्याप्त बजेट व्यवस्था गर्न, नमुना सङ्कलन प्रणाली प्रभावकारी बनाउन र अभिभावकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।

जन्मेको केही दिनमै गरिने सामान्य परीक्षणले शिशुको जीवनभरको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। त्यसैले नवजात शिशु स्क्रिनिङलाई वैकल्पिक परीक्षणका रूपमा मात्र नभई नवजात स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस