मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ।
नेपालबाट बर्सेनि हजारौँको सङ्ख्यामा नेपालीहरू भारत लगायत विभिन्न देशहरूमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए।
शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले कोशी प्रदेशबाट बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको पनि अस्पताल सञ्चालनमा आएपछि अन्त्य हुने राउतले दाबी गरे।
उनले भने, ‘आरआर अस्पताल सञ्चालनमा आएपछि भारतलगायत अन्य देशमा उपचारका लागि जानु त पर्दैन नै कोशी प्रदेशबाट राजधानी काठमाण्डौंका विभिन्न अस्पतालमा बिरामी रिफर पनि गर्नुपर्दैन।’
राउतले आरआर अस्पताललाई कोशी प्रदेशको रिफरल अस्पतालमा रूपमा सञ्जाल गर्ने तयारी गरिएको जानकारी दिए। तीन वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिए पनि २ वर्षमै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने राउतले दाबी गरे।
अस्पतालको शिलान्यास पछि आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समिति अध्यक्ष राजेन्द्र राउत लगायत। तस्वीर: चुमन बस्नेत/ नागरिकदुई अर्ब ५० करोड रुपैयाँ लगानीमा एक बिगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने उनले बताए। अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने राउतले जानकारी दिए।
सरकारी नीतिका कारण विराटनगरमा सञ्चालित नसिंङ कलेजहरू बन्द हुँदा भारत लगायत विभिन्न देशमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढेको राउतले बताए। विदेश पढ्न जाने विद्यार्थीलाई रोक्न पनि नर्सिङलगायतका स्वास्थ्यका विभिन्न विषयमा नेपालमै कलेजहरू स्थापना गर्न आवश्यक देखिएको राउतको धारणा छ।
झन्डै ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आउनु भएका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासङ्घका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत हुन्।
विराटनगरमा उद्योग, अटोमोवाईल र ट्रेडिङ क्षेत्रमा सफल व्यवसायी राउतले पछिल्ला वर्षहरूमा सेवा क्षेत्रतर्फ लगानी केन्द्रित गर्दै आएका छन्।
उनले काठमाण्डौंमा होटेल, विराटनगरमा अस्पताल, होटेल र हाउजिङमा लगानी बिस्तार गरेका छन्।
काठमाण्डौंमा होटेल निर्माण सम्पन्न हुने चरणमा रहेको राउतले बताए। उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण नभए पनि सेवा क्षेत्रमा धेरै अवसर देखिएका कारण पछिल्ला वर्षहरूमा नेपालका उद्योगी व्यवसायीहरूले सेवा क्षेत्र तर्फ लगानी केन्द्रित गर्न थालेका छन् । विराटनगरमा उपचारका लागि थुप्रै अस्पताल भए पनि आरआर अस्पतालले अन्य अस्पतालहरूसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए।
देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतीक राउतले बताए।
उनले सुरुमा २०० शय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ। हाल यसलाई १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल सञ्चालन गर्ने र क्रमशः ३०० शय्या सम्म विस्तार गर्ने लक्ष्य लिइएको छ।
अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, कार्डियो, क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ।
उनका अनुसार अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मूत्र रोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाड जोर्नी तथा नशाको विशिष्ट कृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ।
विभिन्न किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने सदस्य राउतले बताए।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...