२०७४ सालमा गुल्मीका बाबुराम विश्वकर्मा र कमला विश्वकर्माले पहिलो सन्तान जन्माए। पाल्पा अस्पतालमा शल्यक्रिया गरेर जन्माएको पहिलो सन्तानले उनीहरु प्रफुल्लित थिए, तर चिकित्सकले मलद्वार नभएको खबर सुनाएपछि विश्वकर्मा दम्पती आत्तिए।
आर्थिक हिसाबले विपन्न उनीहरु गाउँमै ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका थिए। मलद्वार खोल्न ठुलो रकम खर्च हुने भएपछि आन्द्राबाट पाइप लगाएर बालकको दिसा बाहिर निकाल्ने गरिएको थियो।
बालकको हेरचाह र स्याहारसुसार गर्दा उनीहरुको दैनिकी बित्न थाल्यो। यसै त दैनिक मजदुरी गरेर खाने उनीहरुको जीवन झन् कठिन भइरहेको थियो। विश्वकर्मा परिवारले पैसा अभावमा बिरामी छोरालाई घरमै हेरचाह गरेर बस्नुपरेको थियो। सामान्य औषधी किन्नसमेत धौधौ भएपछि उनीहरुले सबैसँग सहयोगको याचना गर्दै आएका थिए।
अहिले बालकको सफल शल्यक्रिया भएको छ। परिवारमा पुनः खुसीयाली छाएको छ। गुल्मीको रेसुंगा नगरपालिका १४, रातामाटाका सात वर्षीय बालक आशिष विश्वकर्माको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो। जन्मजात मलद्धार नभएका आशिषको चन्दा संकलन गरेर शल्यक्रिया गरिएको छ।
नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मी, ओल्डर वुमन्स र लायन्स क्लब काठमाडौंको पहलमा शल्यक्रिया गरिएको हो। कुल चार लाख ५० हजार रुपैयाँ संकलन गरी सफल शल्यक्रिया गरिएको नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले जानकारी दिए। ‘हाम्रो समुहले मात्र करिब ७५ हजार उठाएको थियो’, उनले भने, ‘कुल ४ लाख ५० हजार सहयोग संकलन भएको थियो।’
आशिषको यही वैशाख १५ गते काठमाडौंस्थित मोडल अस्पतालमा सफल शल्यक्रिया गरिएको थियो। उनको शल्यक्रियामा डाक्टर र बेडको शुल्कमा छुट गरी कुल तीन लाख ४५ हजार खर्च भएको परिवारले जनाएको छ।
गरिब परिवारका आशिषको चन्दा उठाएरै सात वर्षपछि शल्यक्रिया गरिएको हो। नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले यसको पहलकदमी लिएका थिए। उनले परिवारको आर्थिक अवस्था र बालकको दर्दनाक दैनिकीका बारेमा थाहा पाएपछि उनले आर्थिक संकलनका साथै विभिन्न संघसंस्थामा पहल थाले। उनकै सक्रियतामा आज बालकले नयाँ जीवन पाएका छन्।
उपचार नभएपछि उनले पढ्नसमेत पाएका थिएनन्। स्वास्थ्यस्थिति ठिक भएसँगै उनका लागि अहिले महेन्द्र नमुना माध्यमिक विद्यालयले पठनपाठनका लागि निःशुल्क व्यवस्था गर्ने भएको छ। बालकले पढ्न चाहेमा सबै खर्च निःशुल्क गरिदिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए।
छोराको उपचारपछि बाबुराम दम्पतीमा खुसीको सीमा छैन
बालकको सफल उपचार भएपछि बाबुराम दम्पती खुसी भएका छन्। बाबुरामले छोराको उपचारार्थ आर्थिक उठाउन पहल गर्ने, आर्थिक रकम सहयोग गर्ने, शल्यक्रिया गर्ने चिकित्सक, सहयोगी संस्था ओल्डर वुमन्स र लायन्स क्लब काठमाडौं तथा सबैमा उनले धन्यवादसमेत प्रकट गरेका छन्। उनले भने, ‘सबैको सहयोगले छोराको उपचार सफल भयो। उहाँहरु सबैलाई सबैलाई धेरैधेरै धन्यवाद!’
छोराको स्वास्थ्यस्थितिले पिरलो दिन गुजारिरहेकी आमा कमलाको खुसीको सीमा छैन। खुसीका आँसु झल्काउँदै उनले भनिन्, ‘सबैको सहयोग र सहकार्यमा छोराको मलद्वारको शल्यक्रिया सफल भएको छ। म धेरै खुसी छु। अब हामी काम गरेर खान्छौं। छोरालाई पढाउँछौं।’
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...