टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा
३१ असार २०८१
•
१ मिनेट पाठ
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।




उनका अनुसार अस्पतालमा छुट्टै डाइलासिस कक्ष निर्माण गरिएको छ । सो कक्षमा पाँच वटा बेड र एउटा आरो प्लान्ट लगायत सुविधा रहेका छन् ।अध्यक्ष सोडारीले सङ्क्रमणरहित कक्षबाट सेवा सुरु गरिएको बताए ।

‘डाक्टर सन्देश पण्डित नेतृत्वको तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आइतबारदेखि डाइलासिस सेवा गरिएको हो’ उनले भने ‘यस क्षेत्रका बिरामीहरूलाई महँगो डाइलासिस सुविधा अब टीकापुर अस्पतालबाटै प्रदान गर्नेछौं, यो यस क्षेत्र बासीकै लागि खुसीको खबर हो ।’

मिर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डाक्टर सन्देश पण्डितले जानकारी दिए ।

‘एउटा बिरामीको डाइलासिस गर्नका लागि कम्तीमा चार घण्टा समय लाग्छ’ डाक्टर पण्डितले भने ‘हप्ताको दुई दिन गर्नुपर्ने डाइलासिस सेवा हामी बिहानी समयमा गर्ने योजनामा छौँ, आइतबार एक जना बिरामीको डाइलासिस गरिएको छ ।’

डाक्टर पण्डितले महँगो डाइलासिस सेवा लिन टीकापुर बाहिर जानुपर्ने बिरामीहरूको लागि राहत हुने बताए । लामो समयदेखि टीकापुर अस्पतालमा डाइलासिस सेवा गर्नुपर्ने माग स्थानीयहरूले राख्दै आएका थिए । 
अर्को समाचार
रहेनन् अग्रज पत्रकार एनपी उपाध्याय
२४ भदौ २०८१
•
१ मिनेट पाठ
रहेनन् अग्रज पत्रकार एनपी उपाध्याय
अग्रज पत्रकार नरेन्द्रप्रसाद उपाध्याय–अर्याल (एनपी उपाध्याय) को मृत्यु भएको छ। उनका छोरा निरज अर्यालले जनाएअनुसार भदौ २३ गते अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार ३ः३८ बजे आइतबार मृत्यु भएको हो। मिर्गौलामा समस्या देखिएका कारण उपाध्याय क्यालिफोर्नियाकै स्थानीय अस्पतालमा विगत १० दिनदेखि उपचाररत थिए।




उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौं आएका थिए। उपाध्यायले सन् १९६० मा ज्योति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। उनले पछि आफ्नै सम्पादनमा द टेलिग्राफ साप्ताहिक र द टेलिग्राफ अनलाइनको प्रकाशन प्रारम्भ गरे।

अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए। पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारका रूपमा बिताए। विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे। उनका लेखहरू मुख्यतः भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबिचको भू–राजनीतिक तनावबारे केन्द्रित थिए।

यसैगरी उपाध्यायले ‘कम्प्लेक्ससिटिज अफ द साउथ एसियन पोलिटिकल अर्डर’ शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन्। उपाध्यायका श्रीमती, एक छोरा र एक छोरी छन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस