टीकापुर अस्पतालको सेवा सुचारु
०८ साउन २०८१
•
२ मिनेट पाठ
टीकापुर अस्पतालको सेवा सुचारु
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।




अस्पताल हातामा प्रवेश गरेर गालीगलौज र डर धम्की दिएको भनिएका व्यक्तिहरुले कमी कमजोरी भएको स्विकारे पछि दुई पक्षबिच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए। आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबिच लिखित सहमति समेत भएको छ।

अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनिएका टीकापुर नगरपालिका वडा नम्बर १ नयाँ टीकापुरका ४५ वर्षका पदमबहादुर बोहोराका आफन्त विगतमा भएको सहमतिका कार्यान्वयन माग गर्दै अस्पताल पुगेका थिए।

बोहोराको असार १ गते राति उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। उनी बिरामी परेपछि सोही राति करिब सवा १० बजे उपचारकालागि टीकापुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।

उनको आकस्मिक कक्षमा उपचार भएको थियो। उनी मधुमेह र उच्च रक्तचापको दीर्घ बिरामी रहेको अस्पतालको विज्ञप्तिमै भनिएको छ। उपचारकै क्रममा बोहोराको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो। उनलाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो।

अस्पतालमा कार्यरत चिकित्सकले गलत औषधी प्रयोग गरेका कारण मृतक बोहोराको स्वास्थ्य अवस्था झन जटिल बनेर ज्यान गएको आफन्तको आरोप छ। उनीहरुका अनुसार मृतक बोहोराले आकस्मिक कक्षमा उपचार भइरहेको बेला आफ्नो स्वास्थ्य समस्याका बारे चिकित्सकलाई आफै जानकारी दिएका थिए।

मृतकका आफन्त नवराज ठकुल्लाले अस्पतालको सेवा प्रभावित नहोस् भन्नका लागि आफूहरू सहमति गर्न तयार भएको बताए। उनले आफ्ना कुरा राख्न गएको बेला उल्टै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीले अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको बताए।

‘हामी सामान्य रुपमा कुरा राख्न मात्रै गएकाथियौं’ उनले भने–‘अध्यक्षले अपशब्द प्रयोग गरेर माहौल उत्तेजित बनाए।’

उनका अनुसार अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफूहरूसँगै रहेका मृतकका आफन्त उत्तेजित भएका हुन।

बोहोराको निधन भएपछि केही रकम क्षतिपूर्ति दिने र उनका आफन्तलाई रोजगारी दिने मौखिक सहमति भएको बताइएको छ। तर अध्यक्ष सोडारीले भने यस्तो कुनै सहमति नभएको बताएका छन्।

यो कैलालीको पूर्वी भेगमा अवस्थित बिरामीको अत्याधिक चाप हुने अस्पताल हो। यहाँ कैलालीका मात्रै नभएर छिमेकी बर्दियाका बिरामीहरू समेत उपचारका लागि आउने गर्छन्। 
अर्को समाचार
स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या
२० साउन २०८१
•
२ मिनेट पाठ
स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या
स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्। त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गरिन्।




‘काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन, उनले भनिन्, ‘वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो,’उनले दुःख पोखिन्।

टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुगिन्। बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो। सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उनले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सकेनन्। छेउकुना लागेर सङ्कोचपूर्वक मजेत्रोले नानीलाई दूध चुसाएको उनले बताइन्।

पोषणविज्ञहरूका अनुसार शिशुलाई आमाको दूध अमृत समान हो। छ महिनासम्म निरन्तर खुवाउनुपर्छ। छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ। स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउँछिन्।

‘हामीले शिशुलाई छ महिनाको हुँदासम्म २४ घण्टामा १० देखि १२ पटकसम्म दूध चुसाउनुपर्छ, छ महिनापछि आमाको दूधसँगै थप खानेकुरा खुवाउन सिकाउने गरेका छौँ’, उनी भनिन। 

शिशुलाई स्तनपान नगराउँदा स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोग लाग्न सक्छन्। सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछिन्।

स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ। कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ।

टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन्। यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताए। ‘स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ’, उनले भने।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

-रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस