यो वर्ष जिका भाइरसको पनि जोखिम
३२ असार २०८१
•
३ मिनेट पाठ
यो वर्ष जिका भाइरसको पनि जोखिम
अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ। भारतका विभिन्न ठाउँमा देखा परेको जिका भाइरस नेपालमा पनि फैलिने जोखिम देखिएको इपिडिमियोलोजी कीटजन्य रोेग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।




‘यो वर्ष जिका भाइरसको पनि जोखिम छ,’ उनले भने । विगतमा अन्य देशमा देखा परेको जिका भाइरस यो वर्ष भारतमा देखिएको र भारतबाट सजिलै नेपालमा आउन सक्ने भएकाले जोखिम बढेको दाहालको भनाइ छ। तथ्यांकअनुसार भारतमा हालसम्म सात जनामा जिका भाइरस पुष्टि भइसकेको छ। 

‘खुला सिमाना छ। आवतजावत गर्नेबाटै भाइरस सर्ने हो,’ उनले भने। उनका अनुसार डेंगी संक्रमण गराउने किट एडिस प्रजातिको लामखुट्टे नेपालमा पर्याप्त रहेको र यही लामखुट्टेले डेंगी, चिकनगुनियाँ र जिका भाइरस सार्ने भएकाले जिका भाइरसको संक्रमण हुने जोखिम छ।

नेपालमा जिका भाइरसको संक्रमण अहिलेसम्म पुष्टि नभए पनि जोखिम भने देखिएको ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनले बताए। ‘नेपालमा यो भाइरस संक्रमणबारे नियमित परीक्षण नभएकाले यसको पुष्टि गर्न सकिएको छैन तर भारतमा यसको संंक्रमण पुष्टि भएकाले जोखिम बढेको छ,’ उनले भने । गर्भवतीलाई जिकाको संक्रमण भए अपांगता भएका शिशुको जन्म बढ्ने पुनको भनाइ छ।

सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोपका कारण अति सानो टाउको भएका शिशुको जन्मदर बढेको पाइएको थियो। यस्तो जोखिम नेपालमा पनि भएकाले डेंगी संक्रमण गराउने एडिस एजिप्टाई लामखुट्टेको वृद्धि रोक्नुपर्नेमा पुनले जोड दिए।

नेपालमा २०८० सालमा चिकिनगुनियाँ फेला नपरेको कीटजन्य शाखाका प्रमुख दाहाल बताउँछन्। तर यसको जोखिम नियन्त्रण गर्न परीक्षणलाई वृद्धि गर्ने योजना रहेको उनले बताए । यसका साथै जिका भाइरस जोखिमको सूचकांक सचेत भई हेरिरहेको र सूचकांकको निष्कर्षअनुसार परीक्षण अघि बढाउने दाहालले बताए। डेंगी र चिकनगुनियाँको लक्षण मिल्दाजुल्दा हुन्छन्। 

डेंगी संक्रमण भए आन्तरिक रक्तश्राव हुन्छ अनि शरीरबाट सेतो रगतको मात्रा नष्ट भई बिरामी कमजोर बन्छन्। डेंगी पटकपटक भए डेंगी सकसिन्ड्रोम भई बिरामीको मृत्युसमेत हुन सक्छ। दैनिक एक/दुई जनाका दरले डेंगी संक्रमित बिरामी उपचारमा आइरहेको सरुवा रोेग विशेषज्ञ डा. विमल चालिसेले बताए। गत सातासम्मको तथ्यांकअनुसार ६ महिनाको अवधिमा ७३ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ भने १४ सय ३२ जनामा डेंगी पुष्टि भइसकेको छ।

बाढीसँगै पानीजन्य रोगको संक्रमण

वर्षाका कारण पानीको मुहान दूषित हुँदा पानीजन्य रोगको संक्रमण बढ्ने भएकाले प्रत्येक नागरिकलाई सचेत हुन स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले आग्रह गरेको छ। वर्षायामको भेलका कारण पानीको मुहान दूषित बनेको हुन्छ। त्यही पानी हामीले प्रयोग गर्ने धारामा पुग्छ। यस्तो पानी शुद्धीकरणबिना पिए हैजा, आउँ, टाइफाइड, झाडापखालाजस्ता रोेग लाग्छन्। यीमध्ये केही रोगले ज्यानै लिने जोखिमयुक्त हुन्छन्। हैजा र झाडापखालाको समयमै उपचार नभए शरीरमा जलवियोजन हुने, मिर्गौला फेल हुनेजस्ता जटिलता आई मानिसको मृत्युसमेत हुन्छ।

ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख डा. शेरबहादुर पुनका अनुसार जमिनमा जमेको फोहोर पानीका कारण लाग्ने अर्को रोेग हो लेप्टोस्पाइरिस । यसको संक्रमण भएमा कलेजो तथा मिर्गौलामा असर गर्छ। ‘समयमै उपचार नभएमा जन्डिस हुन्छ,’ उनले भने। वर्षात्का कारण धमिलो बनेको जमिनमाथिको पानीमा ‘लेप्टोस्पाइरिस’ नामक किटाणु हुन्छन्। यो किटाणु मुुसाले पिसाबबाट बाहिर फाल्छ। बाहिर फालेको लेप्टोस्पाइरिस साना घाउबाट मानिसको शरीरभित्र प्रवेश गर्छ।

यी रोगबाट बच्न पानी उमालेर वा क्लोरिनको झोल तथा ट्याब्लेट राखेर मात्र पानी शुद्धीकरण गर्ने, व्यक्तिगत सफाइमा ध्यान दिने, शौचालय गएपछि साबुनपानीले राम्रोसँग हात धुने, बासी–सडेगलेका खाना नखानेजस्ता उपाय अपनाउन चिकित्सकले सुझाएका छन्। यसका साथै डेंगी, चिकनगुनियाँ र जिकाबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्न उनीहरूको सुझाव छ। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस