स्वास्थ्य स्वयंसेविकाको गुनासो: कामको दायरा बढ्यो, सुविधा बढेन
२० मंसिर २०८१
•
४ मिनेट पाठ
स्वास्थ्य स्वयंसेविकाको गुनासो: कामको दायरा बढ्यो, सुविधा बढेन
वि.स. २०४५ साल भन्दा अघिसम्म नेपालमा सरुवा रोग, मातृशिशु मृत्युदर, प्रजनन स्वास्थ्यको अवस्था जीर्ण थियो। यिनै समस्यालाई घटाउन स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सुरु भएको थियो। तर अहिले उनीहरूको  भूमिका त्यो रुपमा सीमित छैन।




गर्भवती, सुत्केरीको घरमा पुग्नुदेखि नसर्ने रोगको जनचेतना वृद्धिमा उनीहरूकै योगदान सुरु भएको छ। लामो समयको योगदान स्वरूप राज्यले कदर नगरेको गुनासो उनीहरुले गरेका छन्। बिहीबार महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सहभागी कीर्तिपुर– ४ की उमादेवी दाहाल २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका बनेकी हुन। उनले काम गर्ने ताका महिला स्वास्थ्य स्वयंसेविकाको काम अत्यन्त थोरै थियो। गर्भवतीको घरमा पुग्नु, सुँढेनीको काम गर्नु परिवार नियोजनको साधन वितरण गरे पुग्थ्यो।

अहिले यसको तुलनामा धेरै गुणा काम उनको भागमा पर्छ। गर्भवतीको घरमा जानु, आइरन चक्की तथा जिङ्क चक्की वितरण गर्नु, बालबालिकालाई भिटामिन ए र पोलियो खोप दिनु, नवजात शिशुको हेरचाह, परिवार नियोजनको साधन वितरण गर्नु,घर–घरमा क्लिनिक चलाउनु, वडाको स्वास्थ्य केन्द्रमा सघाउनु जस्ता सबै काम स्वयंसेविकाको भागमा पर्छ। तर यतिका काम गरेपनि उचित मूल्याकंन नहुनु दुःखको कुरा भएको दाहालले बताइन। ‘महिना भरी खट्नु पर्छ, त्यो अनुसारको सरकारबाट उचित सुविधा छैन’उनले भनिन। कुनै कार्यक्रम सञ्चालन गरेबापत एक दिनको चार सय  र वर्षमा १२ हजार भत्ता बाहेक कुनै सुविधा नभएको उनले बताइन।

कार्यक्रममा नै भेटिएकी काठमाडौ महानगरपालिका वडा नम्बर  ६ की सीता लुइँटेल पनि २०५२ सालदेखि नै महिला स्वास्थ्य स्वयंसेविका बनेकी हुन। स्वयंसेविका सेवामा बिताएका तीस वर्षको अवधिमा थुप्र नयाँ काम थपिएका छन्। पहिला बालबालिकालाई पोलियो थोपा र भिटामिन ए खुवाउने र परिवार नियोजनको साधन वितरण गरे पुग्थ्यो। अहिले यी काम सहित १७ वटा यस्ता कार्यक्रमको जिम्मेवारी पुरा गर्नु पर्छ। यो काममा रात बिहान नभनी खट्नु पर्ने उनी सुनाइन। ‘ कोही राति बिरामी परेमा राति नै अस्पताल लैजानु पर्छ’ उनले भनिन। कोही बाटोमा अलपत्र परेका मानिसलाई पनि अस्पतालमा लैजाने काम उनकै भागमा परेको छ। पछिल्लो समय डेंगी, हात्तीपाइले रोगको काम पनि थपिएको लुइँटेलले सुनाइन। ‘सबै कामको लिखित अभिलेख बुझाउनु पर्ने अनिवार्य नियमले झनै सकस परेको छ’ उनले भनिन।

मध्यपुर नगरपालिका – ५ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी केशरी श्रेष्ठले  कामको दायरा बढी भएर पुरै जसो समय यतै बित्ने गरेको बताइन। मातृशिशु सुरक्षा  सम्बन्धी काम, खोप दिनु पर्छ भन्ने काम, आमा समुहमा गएर स्वास्थ्य सचेतनाको काम गर्ने गरेको सुनाइन। ‘सरसफाइ सम्बन्धी काम गर्ने, बेवारिसे बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउने र मानसिक स्वास्थ्यको सचेतना काम पनि गर्छु’उनले भनिन। आइपर्ने समसामयिक सरुवा रोगको व्यवस्थापनको काममा पनि खट्ने गरेको उनले बताइन।

स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मानित भएकी नेपाल स्वास्थ्य स्वयं सेविका सङ्घकी अध्यक्ष वसन्ती महर्जनले  स्वयंसेविकाको नाममा काम धेरै भएकोले सरकारबाटै श्रम शोषण भएको बताइन। ‘यति धेरे काम महिला स्वास्थ्य स्वयंसेविकाले काम गरेका छन् कि  यसको अनुगमन गरेर हेर्नुहोस्,’ उनले सरकारका प्रतिनिधीलाई लक्षित गर्दै भनिन। निःशुल्क काम गरेर सरकारको आर्थिक भार घटाएका स्वयंसेविकाको योगदानमा आधारित सामाजिक सुरक्षा हुनु पर्ने उनको माग राखिन।

सोही क्रममा स्वास्थ्य स्वयंसेवक सङ्घकी अध्यक्ष गीता थिङ पौडेलले राज्यले हरेक वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएर आलटाल गरेको गुनासो गरिन। स्वसेविकाको भूमिका विना सामुदायिक स्वास्थ्यमा परिवर्तन सम्भव नभएको र पछिल्लो समय उनीहरूको कामको भार बढे अनुसार प्रोत्साहन नहुनुले राज्यबाटै श्रम शोषण भएको बताइन।

पछिल्लो समय देशमा बढ्दो नसर्ने रोग नियन्त्रणको लागि पनि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका हुने गरी नीति नियम बन्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या  सचिव रोशन पोखरेलले बताए। पुराना र नयाँ स्वास्थ्य स्वयंसेविका बिच फरक रहेकोले शैक्षिक तह अनुसार शिक्षा र तालिम दिएर व्यवस्थापन गर्न सकिने बताए। ‘कसरी अपनत्व गर्ने भनेर गृहकार्य भइरहेको छ,’ डा. पोखरेलले भने।

कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक  हिरा कुमारी निरौलाले महिला स्वास्थ्य स्वयंसेविकाको अतुलनीय योगदान रहेको बताइन। ‘स्वस्थ समाज निर्माणमा  स्वास्थ्य स्वयंसेविकाको भूमिका बढेको छ, जीवनजल वितरणदेखि नसर्ने रोग नियन्त्रणमा समेत उनीहरूको योगदान छ’उनले भनिन। देशभरिमा ५१ हजार ७२४ जना महिला स्वास्थ्य स्वयंसेविका छन्। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
५३ मिनेट अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस