३५ शय्यामा ४६ बिरामीको उपचार
०६ फागुन २०८१
•
३ मिनेट पाठ
३५ शय्यामा ४६ बिरामीको उपचार
कीर्तिपुर अस्पताल जलेका बिरामीको उपचारका लागि प्रसिद्ध बन्दै गएको छ। यो अस्पतालमा जलेका बिरामीको समेत उपचार हुन्छ। तर जलेर जटिल बन्न पुगेका सबै बिरामीका लागि शय्या अभाव अहिले पनि रहेको अस्पतालले जनाएको छ। 




सोमबारसम्म यो अस्पतालमा जलेका बिरामी मात्र ४६ जना भर्ना भएका छन्। तर यो अस्पतालमा ३५ शय्या क्षमताको बर्न वार्ड मात्र छ। जलेर उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउन नसकिएपछि अस्पतालकै अन्य वार्डमा मिलाएर भर्ना गरिएको अस्पतालका वर्न तथा प्लास्टिक सर्जन डा. किरण नकर्मीले बताए। 

‘उपचार गर्न भनेर आएका बिरामीलाई कसरी फिर्ता पठाउने? अन्य वार्डमा पनि भर्ना गरेर राख्छौं’, उनले भने। चिकित्सकका अनुसार जलेका बिरामीको उपचार गर्ने वार्ड संवेदनशील भएकाले अन्य वार्डमा भर्ना गर्दा संक्रमणको जोखिम हुन्छ नै; उपचारका लागि सहज भौतिक वातावरण पनि हुँदैन। यस्तो अवस्थामा निको हुँदै गएका बिरामीलाई मात्र अन्य वार्डमा राखेर थप नयाँ बिरामीलाई वर्न वार्डमै राख्ने गरिएको अस्पतालका प्राध्यापक तथा वर्न प्लास्टिक सर्जन डा. शंकरमान राईले बताए।

सन् २०१४ देखि जलेका बिरामीको सेवामा जुटेको यो अस्पतालले स्थापनाको १० वर्षमै सेवामा फट्को मारेपछि बिरामीको चाप बढेको छ। चापअनुसार सामान्य बिरामीलाई बहिरंग विभागबाटै उपचार गरी पठाउने गरेको र धेरै जलेका बिरामीलाई भर्ना गरेरै अस्पतालले उपचार गरिरहेको छ। तथ्यांकअनुसार यो अस्पतालमा गत आर्थिक वर्षमा मात्र सात सय ९० जना बिरामीले भर्ना भएरै उपचार पाएका छन्। बहिरंग विभागबाट उपचार सेवा पाउनेको संख्या भने २८ सय रहेको अस्पतालले जनाएको छ। 

अस्पतालमा बढ्दै गएको गुणस्तरीय चिकित्सक टोलीको सेवा, आधुनिक उपचार प्रणाली र विपन्न बिरामीलाई समेत सहयोग गर्दै आएका कारण अस्पतालमा जलेका बिरामीको चाप बढेको सर्जन डा. राईले बताए। उनका अनुसार अस्पतालमा १६ जनाको वर्न प्लास्टिक सर्जन चिकित्सक टोली छ भने उपचारमा आधुनिक उपकरणबाट उपचार हुन्छ। 

उपचार गर्ने उपकरण भने अस्पतालले सहयोगी निकायबाट पाएको हो। यसका साथै सरकारले प्रदान गरेको निःशुल्क सहयोग, जलेका बिरामीको अनुसन्धान, उपचारमा अन्तर्राष्ट्रिय चिकित्सकहरू प्रशिक्षणका लागि आइरहने कारण पनि यो अस्पतालले द्रुत विकास गरेको उनले बताए। आजसम्म आइपुग्दा अस्पतालमा वर्न प्लास्टिक सर्जरी सिक्नेहरू भुटान, दक्षिण अफ्रिकी मुलुक र अमेरिकी मुलुकसमेतबाट यहाँ आइरहेको उनले बताए। यी विभिन्न देशका चिकित्सकहरूको सिकाइ प्रक्रिया र अस्पतालमा उपलब्ध विशिष्ट सेवाले पनि बिरामीको विश्वास बढ्दै गएको उनको भनाइ छ।

बिरामीको चाप बढेअनुसार अस्पतालमा शय्या अभाव भएको चिकित्सकले औंल्याएका छन्। यो अभाव पूरा गर्नका लागि अस्पतालले चार वर्षदेखि अन्तर्राष्ट्रिय तहको वर्न उपचार सेन्टर बनाउने सोच बनाएको र त्यसअनुसार सरकारी तथा गैरसरकारी निकायसँग माग गरिरहेको डा. राईले बताए।

‘यो वर्ष कतै न कतैबाट बजेट आउने सम्भावना छ’, उनले भने। ७० शय्याको भवन निर्माण गर्ने र अन्तर्राष्ट्रिय तहको सुविधासहितको सेन्टर हुनेछ। यहाँ कुनै पनि कुरुवाले बिरामीलाई सीधा भेट्न नमिल्ने तर सिसाबाट हेर्न र बोल्न मिल्ने खालको हुनेछ। त्यो सेन्टर बनेपछि मात्र अहिलेको चाप धान्न सकिने र जटिल बिरामीको उपचार गर्न सकिने डा. राईले बताए। यो भवन निर्माणका लागि मात्र ६० करोड र भवनमा आवश्यक उपकरण जडानका लागि १५ करोड रूपैयाँ चाहिने उनले बताए। यो वर्ष नै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले जलेका बिरामीको निःशुल्क उपचार गर्ने र वर्न वार्ड विस्तार गर्ने घोषणा गरेका हुन्।

धेरै वर्षदेखि भौतिक संरचना विस्तारका लागि अस्पतालले योजना बनाए पनि वर्न अस्पतालप्रति सरकारी निकायको ध्यान भने भिआइपी व्यक्तित्वहरू जलेपछि केन्द्रित भएको उनको अनुभव छ। गत वर्ष सांसद चन्द्र भण्डारी, हालै पोखरा महोत्सव उट्घाटनका क्रममा बेलुन फुटेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलेपछि सुरुमा यही अस्पतालमा उपचार गर्न पुगेका हुन्। ‘भिआइपीहरूमा पनि जलन समस्या देखिएपछि सरकारको ध्यान बढेको छ। यो वर्ष बजेट कतै न कतैबाट आउँछ’, उनले भने। उनका अनुसार यस अस्पतालमा ४० प्रतिशत जलेका ५० प्रतिशत बिरामी निको हुने गरेका छन् भने ६० प्रतिशत जलेका १० प्रतिशत बिरामी निको हुने गरेका छन्। नेपालमा प्रति वर्ष ५६ हजार जना जल्ने गरेका छन्।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
५ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस