फागुन ६ गते अर्थात मंगलबारसम्म चलेको खोप अभियानको दिन सकिएको छ। यो अभियान भित्र देशभरी १४ लाख १० हजार किशोरीले खोप लिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
यो हिसाबले लक्षित संख्याको ९० प्रतिशतले खोप लिएको खोप शाखाले जनाएको छ। ‘दुर्गमका केन्द्रहरूबाट रिपोर्ट आउन बाँकी छ यो प्रारम्भिक रिपोर्ट हो’ खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने।
गौतमका अनुसार अभियानमा केही गत वर्षको खोप अभियानमा खोप लिइसकेका, कोही निजी क्षेत्रबाट खोप लिएका र कोही थाहा नपाएर छुटेका छन्। केही सभ्रान्त वर्गका किशोरीहरूले भने पछि खोप लिने र पछि खोप व्यवस्थापन गरिदिन अनुरोध गरेको डा. गौतमले बताए। एचपिभी खोपको बारेमा सामाजिक सञ्जालमा फैलाएका नकरात्मक प्रचारको प्रभाव परेकोले केही समुहले तत्कालै खोप लिन नसकेको तर पछि लिने बताएको डा. गौतमले जनाए। ‘शिक्षित सभ्रान्त वर्गमा परेको देखियो’ उनले भने।
यो अवधिमा खोप लिन छुटेका किशोरीको हकमा फागुन ७ गतेदेखि खोजी-खोजी लगाइदिने कार्यक्रम रहेको उनको भनाइ छ। उनको अनुसार कतिपय जिल्लाका खोप केन्द्रहरू दुई दिन ढिला सुरु भएकोले आफ्नो अनुकुल पारेर छुटेका किशोरीहरूलाई खोप दिने व्यवस्था गरेका छन्। एचपिभी खोप सुरक्षित भएको र पछि जोखिम हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध काम गर्ने भएकोले छुटेका किशोरीलाई यो खोप लिन डा. गौतमले अनुरोध गरेका छन्।
कतिपय किशोरी नकरात्मक हल्लाको कारण समयमै खोप नलिएको हुन सक्ने भएकोले खोप कार्यक्रमले खोजेरै खोप दिने उनले बताए। एचपिभी खोपको विषयमा बीचमा फैलाइएका गलत हल्लाको बीचमा खोप कार्यक्रम भने सफल भएको उनको भनाइ छ।
यस्तो हल्ला यस अघि नेपालमा टिटी खोप अभियानको क्रममा चलेको र जापानमा सन् २००९ मा एचपिभी खोपको विषयमा चलेको थियो। जापानले हल्लाकै कारण अभियान स्थगित गरेको थियो।
तर नेपालले यस्तो असहजता चिर्न सफल भएको बताए। महाशाखा र राष्ट्रिय तहका मिडियाको सकारात्मक भूमिकाको कारण नकरात्मक भ्रमले स्थान लिन नपाएको उनको विश्लेषण छ।