‘अयोग्य’ हरूको ‘भर्ती केन्द्र’ बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
१९ फागुन २०८१
•
५ मिनेट पाठ
‘अयोग्य’ हरूको ‘भर्ती केन्द्र’ बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने अहिले राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा छन् । उपकुलपतिका लागि दाबी गरिएको उनको ‘अयोग्यता’ उपर सतर्कता केन्द्रले छानबिन गरिरहेको छ । डा. लामिछानेसँग उनको योग्यताको राय सुझाव माग गरेको सतर्कता केन्द्रले राय सुझाव उपर अध्ययन गर्न बाँकी रहेको जनाएको छ ।




‘हामीले उहाँ(लामिछाने) को योग्यता बारे अध्ययनका लागि राय सुझाव माग गरेका थियौँ,’ सतर्कता केन्द्रका सूचना अधिकारी हिरामणी सुवेदीले नागरिकसँग भने ‘सतर्कता केन्द्रले अहिले यो बिषयमा अध्ययन गरिरहेको छ, निष्कर्ष आइसकेको छैन ।’ प्रतिष्ठानको नियमावली मिचेर नियुक्त भएको भन्दै डा.लामिछाने विरुद्ध परेको उजुरी केन्द्रले आफ्नो अध्ययनलाई जारी राखेको छ।

केन्द्रका सूचना अधिकारी सुवेदीका अनुसार उपकुलपतिको अयोग्यता बारे एउटा मात्रै हैन, पटक पटक उनको अयोग्यता माथि प्रश्न उठाउँदै धेरै उजुरीहरू निरन्तर सतर्कता केन्द्रमा परिरहेका छन् । ‘उहाँ( उपकुलपति) को योग्यता बारे पटक पटक उजुरीहरू आइरहेका छन्,’ केन्द्रका सूचना अधिकारी सुवेदीले भने ‘अहिले सम्म उहाँका बिषयमा दुई तीन वटा फरक फरक उजुरी आइसकेका छन् ।’ पटक पटक आइरहेका उजुरीहरूलाई एकै साथ अध्ययन गरेर निष्कर्ष निकाल्ने तयारीमा सतर्कता केन्द्र छ । ‘उजुरीहरू फरक फरक भएपनि विषय भने एउटै छ, यसर्थ सबै उजुरीहरूलाई एकै साथ राखेर अध्ययन गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी सुवेदीले भने ‘सबै उजुरी उपर छानबिन सकेर सतर्कता केन्द्रले आफ्नो निष्कर्ष निकाल्ने छ ।’

उनी विरुद्धका सबै उजुरीमा दाबी गरिए अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीले तोकेको योग्यता लामिछानेको पुग्दैन । प्रतिष्ठानको नियमावली अनुसार ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र बिषयमा कम्तीमा स्नातकोत्तर (एमडि,एमएस, पिएचडी) उपाधि प्राप्त गरी प्राध्यापक पदमा नियुक्त भई कम्तीमा ५ बर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपति नियुक्त हुनेछ’ भन्ने स्पष्ट व्यवस्था छ ।

लामिछाने एमडी, एमएस, पीएचडि उपाधि हासिल नभई त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस अध्ययन पछि अमेरिका जोह्न अप्कीन्स युनिभर्सिटमा ११ महिने एमपिएच तालिम मात्रै लिएको देखिएको छ । तर एमपिएच तालिम लिएपछि कम्तीमा ३ बर्ष अध्ययन गरेर मात्रै पीएचडि उपाधिको मान्यता हुने स्पष्ट व्यवस्था छ । लामिछानेले पीएचडी उपाधि हासिल गर्न कम्तीमा तीन बर्ष थप अध्ययन गर्नुपर्ने दाबी उजुरीमा छ । यसर्थ उनी अहिले (एमडि,एमएस, पिएचडी) उपाधि पाइसकेका व्यक्ति नभएकाले उनी उपकुलपति बन्न अयोग्य रहेको दाबी गरिएको छ ।

२०७८ फागुन १० मा नियुक्त लामिछानेको अयोग्यता सम्बन्धीको अहिलेको मुद्दा मात्रै हैन, यो प्रतिष्ठान ‘अयोग्यहरूको भर्ती केन्द्र’ जस्तै बन्दै आएको देखिन्छ । यसअघि पनि तीन जना अयोग्य पदाधिकारीले पदबाट राजीनामा दिइसकेका छन् । प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्षडा. बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेपुटि रजिष्ट्रार झन्कार लामिछानेले अनुसन्धानमा तानिएपछि राजीनामा दिएका हुन् ।

यी तीन पदाधिकारीहरू विरुद्ध पनि सतर्कता केन्द्रमा उजुरी परेको थियो । कारबाही पर्ने डरले तीनै जना पदाधिकारीले छानबिन पुरा नहुँदै राजीनामा दिएका थिए । सतर्कता केन्द्रको छानबिनमा तीनै जना अयोग्य साबित भएका थिए । ‘यसअघि पनि तीन जना पदाधिकारीहरू विरुद्ध उनीहरूको योग्यता माथि प्रश्न उठाउँदै उजुरी परेको थियो,’ केन्द्रका एक अधिकारीले भने ‘सतर्कता केन्द्रको अध्ययनमा उनीहरू तिनै जना गलत बाटोबाट नियुक्त भएको प्रमाणित भएको थियो, तर उनीहरूले केन्द्रको छानबिन नसकिँदै राजीनामा दिइसकेका थिए ।’ केन्द्रले आफ्नो अध्ययन पुरा गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रलाई कारबाहीका लागि २०८० साउनमा सिफारिस गरेको थियो ।

शिक्षा अध्यक्षमा नियुक्त डा. बसन्त लामिछानेलाई सतर्कता केन्द्रले प्रतिष्ठानको नियमावली अनुरूपको योग्यता नपुग्ने भन्दै उनको नियुक्तिलाई गलत रहेको निष्कर्ष निकालेको थियो । प्रतिष्ठानको नियमावली अनुसार शिक्षाध्यक्ष हुन चिकित्सा शास्त्र उत्तिण गरी प्राध्यापक रहेको हुनुपर्ने प्रावधान छ । तर २०७६ साउन २४ मा सहप्राध्यापक रहेका डा. लामिछानेलाई २०७८ असार २२ गते गरिएको कोषाध्यक्ष नियुक्ती गलत रहेको सतर्कता केन्द्रले पुष्टि गरेको थियो । यसै गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत प्रकाश थापा यो प्रतिष्ठानमा बेतलवी बिदा बसी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको जागिर खान दाङ आइपुगेका थिए । पाटनमा चार बर्षे बेतवली बिदा लिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार पदमा जागिर खान दाङ झरेका थापाको बेतलवी बिदा नै पाटन प्रतिष्ठानको नियमावली विपरीत थियो ।

यो प्रतिष्ठानको नियमावलीले एक पटकमा एक बर्ष नबढाई र सेवा अवधि भर तीन वर्षमा नबढाई बेतलबी बिदा लिन पाउने व्यवस्था गरेको छ । तर एकै पटक चार वर्षको बेतलबी बिदा बसेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको नियुक्ती खाएका थापाको नियुक्तिलाई पनि सतर्कता केन्द्रले गलत भनेको थियो । यसै गरी बेतलबी बिदा लिनका लागि १० बर्षे सेवा अवधि पुरा गरेको हुनुपर्ने भएपनि थापा स्थायी भएको ५ बर्ष तीन महिनामै बेतलबी बिदा बसेका थिए । यही गलत नियुक्तिका कारण सतर्कता केन्द्रले थापालाई कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको थियो ।

थापा र लामिछानेलाई तत्कालीन शिक्षा मन्त्री तथा प्रतिष्ठानका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नियुक्ती दिएका थिए ।यसै गरी राजीनामा दिएका झन्कार लामिछानेलाई नियुक्ती दिन डेपुटि रजिष्ट्रार पद नै सिर्जना गरिएको थियो । उनी २०७७ मंसिर ७ गते नयाँ पदको सिर्जना गरेर जागिरे बनेका थिए । लामिछानेलाई प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. संगिता भण्डारीले नयाँ पद सिर्जना गरेर नियुक्त गरेकी थिइन् । 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
५ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस