रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु
१५ पौष २०७६
•
१२ मिनेट पाठ
रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु
काठमाडौं – डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे। संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। त्यहाँबाट पनि मंगलबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो। उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्र्याइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए।




भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ। भाइरल रघाखोकीकै कारण यो महिना मात्र चारजनाको मृत्यु भइसकेको अस्पतालको भनाइ छ। बाराका ८५ वर्षीय कृष्णलाल चौलागाइँ शिक्षण अस्पतालकै आकस्मिक कक्षमा भर्ना भएका छन्। केही दिनअघि सुरु भएको रुघाखोकीले एक्कासि गम्भीर रूप लिएपछि उनी अस्पताल आएका हुन्। सास फेर्न गाह्रो भएपछि शनिबार उनलाई अस्पताल ल्याइएको हो। संक्रमण बढ्दै जाँदा उनका अन्य अंगहरू पनि फेल भइसकेको चिकित्सकले जनाएका छन्। शनिबारै ठमेलका ७० वर्षीय रमन श्रेष्ठ (नाम परिवर्तन) शिक्षण अस्पताल पुगे। उनमा छिटोछिटो श्वास फेर्ने लक्षण देखिएपछि अघिल्लो दिन गंगालाल हृदय केन्द्र पु¥याइएको थियो। उनमा निमोनिया देखिएपछि गंगालालले उनलाई शिक्षण अस्रेफर गरेको थियो। अस्पतालको आकस्मिक कक्षमा उनीसहित नौजना यस्ता बिरामी उपचारार्थ आएका छन्, तीमध्ये चारजना गम्भीर प्रकृतिका छन्।

अस्पतालको आकस्मिक कक्षमा भाइरल संक्रमणपछि निमोनिया भएका बिरामी धेरै भर्ना हुने गरेको आकस्मिक कक्षका चिकित्सकले जनाएका छन्। ‘अस्पतालमा भर्ना गर्न शड्ढया र आइसियु खाली नभएपछि दुई दिनदेखि आकस्मिक कक्षमै उपचार गराइरहेका पनि छन्,’ शिक्षण अस्पताल आकस्मिक कक्षका प्रमुख डा. योगेन्द्र शाक्यले भने। जाडो मौसममा औसत २४ घण्टामा एक सयदेखि एक सय १५ जना भर्ना हुने शिक्षण अस्पताल आकस्मिक कक्षमा १० प्रतिशत त निमोनियाका मात्रै बिरामी छन्। आकस्मिक कक्षमा भर्ना भएकामध्ये निमोनियाका ४० प्रतिशत र भाइरल निमोनिया हुँदै सेप्सिसमा पुगेका २ प्रतिशत बिरामी रहेको वीर अस्पताल आकस्मिक कक्षका चिकित्सक डा. न्हुच्छेमान डंगोल बताउँछन्।

वीरको आकस्मिक कक्षमा दैनिक दुई सयजना बिरामी उपचारका लागि पुग्छन्। चिकित्सकका अनुसार सुरुमा भाइरल रुघाखोकी लागेका बिरामी निमोनिया हुँदै सेप्सिस र सेप्टिक सकमा पुगेपछि मृत्यु हुने गरेको छ। टिचिङको आकस्मिक कक्षमा संक्रमण भएर आएकामध्ये प्रत्येक चार दिनमा एकजनाको मृत्यु हुने गर्छ। यो हिसाबले मासिक सातजनाभन्दा बढीको मृत्यु हुने गर्छ। डा. आचार्यका अनुसार निमोनिया तथा भाइरल संक्रमण भएकामध्ये ३० प्रतिशतभन्दा बढीमा सेप्सिस हुन्छ। यीमध्येमा गम्भीर सेप्सिसमा जाने बिरामी भने ३ देखि ५ प्रतिशत छन्।

राष्ट्रिय इपिडिमियोलोजी महाशाखाका अनुसार पुसको पहिलो साताभित्र अघिल्लो साता दुई सय २७ जना श्वासप्रश्वासका बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्। राजधानीमा मुख्य सरकारी अस्पतालहरूले मेडिकल रिपोर्ट नपठाउँदा यकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ। चिकित्सकहरूका अनुसार भाइरल रुघाखोकी लागेपछि अस्पताल आउनेमा वृद्धवृद्धा र पहिल्यै दमरोग, आज्मा, क्यान्सर, दम, मुटुरोग भएका, मिर्गौला प्रत्यारोपण गरेका, ६० वर्षमाथिका, एक वर्षमुनिका बाथरोगका औषधि सेवन गरेकाहरू बढी छन्। यो समूहका मानिसहरूमा सुरुमा भाइरल रुघाखोकी हुँदै निमोनिया (फोक्सोमा कीटाणुजन्य संक्रमण) हुने र निमोनियाले फोक्सोमा संक्रमण गरी कीटाणुको संक्रमण रगत हुँदै अन्य अंगहरूमा संक्रमण फैलिएपछि मृत्यु हुने गरेको छ।

शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. आचार्य भन्छन्, ‘भाइरल ज्वरो भनेर हेलचेक्र्याइँ गर्दा मर्नुनपर्नेहरू पनि मरिरहेको अवस्था छ।’ चिसोकै कारण दम बढ्ने र भाइरल संक्रमणले दमका बिरामीलाई एक्कासि दम बढ्छ। यो दमले कतिपयमा निमोनियाको रूप लिन्छ। यस्तो संक्रमणमा बिरामी ढिला अस्पताल आइपुगेकै कारण नहुनुपर्ने मृत्यु हुने गरेको आकस्मिक कक्षका डा. शाक्यको भनाइ छ। ‘बिरामी बेहोसमा पुग्ने अवस्था भएपछि मात्र अस्पताल आउने गरेको देखिन्छ,’ उनले भने।

चिकित्सकका अनुसार कमजोर व्यक्तिलाई कडा खालको भाइरल इन्फ्लुएन्जा संक्रमण भएको अवस्थामा सजिलै निको हुँदैनन्। नेपालमा प्रदूषण तथा फोहोरका कारण भाइरल संक्रमण सजिलै निमोनिया र सेप्सिसमा पुग्ने गरेको चिकित्सकहरूको विश्लेषण छ। ‘विकसित देशमा धेरैजसो भाइरल संक्रमण केही दिनमा आफैं निको भएर जान्छ,’ उनले भने, ‘नेपालमा निमोनियाको रूप लिनुको कारण हो, उचित सफाइ व्यवस्थापन नहुनु। भाइरल संक्रमणको बेला फोहोरको कीटाणु श्वासप्रश्वास हुँदै फोक्सोमा पुगेपछि निमोनियाको रूप लिन्छ।’

निमोनियाका कीटाणु फोक्सोबाट रगत हुँदै अन्य अंगमा पुगेपछि सेप्सिस हुन्छ। विकसित राष्ट्रमा सफाइको साथै इन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने कारण पनि भाइरल सजिलै मृत्यु नहुने गरेको डा. शाक्यले बताए। नेपालमा सफाइ र यी खोपको व्यवस्था नहुँदा बर्सेनि धेरैले ज्यान गुमाउनुपरेको छ।

भाइरल संक्रमण निमोनियाका लक्षणहरू

चिकित्सकका अनुसार साधारण रुघाखोकी लागेको छ भने दुई÷तीन दिनमै निको हुन्छ। कडा खालको इन्फ्लुएन्जा संक्रमण छ भने दुई÷तीन दिनभित्र निको नहुन सक्छ। श्वासप्रश्वासको गति बढ्नु, पिसाबमा कमी हुनु, सचेतनामा कमी आउनेजस्ता तीनवटा लक्षण देखिए भाइरल संक्रमण निमोनिया हुँदै सेप्सिसमा पुगेको लक्षण हो। रगत हुँदै संक्रमण मुटु, कलेजो, फोक्सो, मिर्गौलामा पुगी ती अंग फेल हुने अवस्था सेप्टिक सक हो। सेफ्टिक सकको अवस्थामा बिरामी बेहोस हुने गर्दछन्।

कसरी बच्ने ?

माथि उल्लिखितमध्ये दुई लक्षण देखिनासाथ अस्पताल जान डा. आचार्य सुझाउँछन्। रुघाखोकी लागेको दुई÷तीन दिनमै ज्वरो आयो, कमजोरी महसुुस हुन थाल्यो भने उपचारमा गइहाल्नुपर्छ। हाम्रो जस्तो देशमा फ्लुको तुरुन्त परीक्षण नहुने र रिपोर्टका आधारमा उपचारको स्थिति नरहेकाले फिजिसियन तथा श्वासप्रश्वाससम्बन्धी रोगका चिकित्सकसँग स्वास्थ्य जाँच गराउने सुझाव चिकित्सक दिन्छन्। भाइरल संक्रमणविरुद्ध दिइने सेल्टामारी नामक औषधि नेपाल सरकारले इपिडियोमोलोजी विभागबाट मात्र दिने गरेको छ। यो औषधि बजारमा उपलब्ध नभएकाले उपत्यकाबाहिर भाइरल संक्रमणले जटिल रूप लिने थप जोखिम रहेको डा. आचार्य बताउँछन्। व्यक्तिगत सफाइको व्यवस्थापन गरी समयमै अस्पताल जानाले संक्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

योसँगै इन्फ्लुएन्जाको सिजन चल्नुअघि नै निमोनियाविरुद्धको खोप निमोकोकल र भाइरल फ्लुविरुद्धको खोप वर्षको एकपटक लगाउनाले भाइरल संक्रमणको जोखिम कम ह्ुन्छ। यी खोपले भाइरल इन्फ्लुएन्जा र निमोनियाको संक्रमणबाट बच्न सकिन्छ। सरकारले यी दुवै खोप निःशुल्क उपलब्ध गराउन नसकेकाले निजी मेडिकलमा किनेर लगाउन सकिन्छ। आज्मा, दम रोग आदिए भएका, मिर्गौला प्रत्यारोपण गरेका, बाथरोगको औषधि खाएका, फोक्सोको अन्य संक्रमण भएकाले उक्त खोप लगाउनु उचित हुन्छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस