पिम्पलको उपचार, जीवनशैलीमा सुधार
०४ माघ २०७६
•
१० मिनेट पाठ
पिम्पलको उपचार, जीवनशैलीमा सुधार
‘पहिला थोरै आएको थियो, पछि बढ्दै गयो,’ हेटौंडाकी आश्मा घिमिरले  भनिन्, ‘पिम्पलले अनुहार नै बिगारेको थियो। अहिले अलि राम्रो भएको छ।’




अनुहारमा पिम्पल (डन्डीफोर) आउनेबित्तिकै निचोर्दा झन् बढ्दै गएको उनले अनुभव सुनाइन्। घरेलु सामग्रीबाटै पिम्पलको उपचार गर्न सकिने र यो बिस्तारै कम भएको उनी बताउँछिन्। ‘मकै र बेसनको पिठोले मुख धुन्छु। समयमै सुत्छु। यसकारण, पिम्पल कम भएको हो,’ घिमिरे भन्छिन्।

काठमाडौं नैकापका सुन्दर तामाङ पिम्पलको उपचार गर्दा–गर्दा हैरान भएका छन्। धेरै ठाउँमा देखाउँदा पनि कम नभएको उनी सुनाउँछन्।

त्यस्तै काठमाडौं जोरपाटीकी उर्मिला प्रधान पिम्पलकै समस्याबाट ग्रस्त थिइन्। ‘पिम्पलले गर्दा बाहिर कतै निस्कन मन लाग्दैनथ्योे,’ उनले भनिन्, ‘मेडिकलका धेरै औषधि प्रयोग गर्दा पनि कम भएन। केही समय कम भएजस्तो देखिन्थ्यो। पछि फेरि बल्झिन्थ्यो।’ सामान्य घरेलु सामग्री नियमित प्रयोग गर्न थालेपछि पिम्पल कम भएको उनी बताउँछिन्। 

उमेर बढेसँगै सुन्दर देखिन चाहने धेरै हुन्छन्। सौन्दर्यमा ध्यान दिँदादिँदै युवायुवती  पिम्पलबाट सताइएका हुन्छन्। यसले  युवायुवतीलाई हैरान पनि पार्छ । कोहीकोही सुन्दर हुन मेकअपका सामान प्रयोग गर्दा पिम्पलको सिकार भएका छन्। पिम्पल अनुहारमा मात्र नभई शरीरका अन्य भागमा पनि आउन सक्छ।

पिम्पलका कारण

हर्मन गडबडीका कारण महिला र पुरुष दुवैमा पिम्पल आउने चिकित्सकहरू बताउँछन्।  नेपाल स्किन अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ  ललन खतिवडाका अनुसार मानव शरीरमा चिल्लो निकाल्ने ग्रन्थीहरूको विकास भएसँगै यसको एक्टिभेसन पनि बढ्दै  गएपछि शरीरमा चिल्लोपन निस्कन थाल्छ। जसमा ब्याक्टेरिया जोडिएर  जम्मा हुन थाल्छ र यो पिम्पलका रूपमा देखा पर्छ।

‘अव्यवस्थित जीवनशैली र खानपिनको कारण पिम्पल आउँछ,’ डा. खतिवडाले भने, ‘राति ढिलासम्म नसुत्ने, कपाल तथा अनुहारमा तेल लगाउँदा, पत्रुखाना खाँदा,  दूधजन्य पदार्थमा आइसक्रिम खाने, व्यायाम नगर्ने व्यक्तिमा पिम्पलको समस्या भएको पाइएको छ।’

कस्मेटिक प्रडक्टको साइड इफेक्टले पनि पिम्पल देखिन सक्छ। यसलाई कस्मेटिक इन्ड्युस एकेन भनिन्छ। त्यसमा भएको केमिकलले पनि स्किनमा असर गर्छ। सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो स्किनबारे बुझेर स्किन सुहाउँदो कस्मेटिक प्रडक्ट प्रयोग गर्न उनको सुझाव छ। 

प्रायः अनुहारमै पिम्पल आउँछ। टाउको, घाँटी, छाती, ढाडलगायत अरू ठाउँमा पनि पिम्पल आउन सक्छ। पुरुषको तुलनामा महिलामा पिम्पलको समस्या बढी देखिन्छ। यसको कारण महिलाहरूमा अहिले पिसिओएस (पोलिसिस्टक ओभरिज स्निड्रोम) देखिएको चिकित्सकहरू बताउँछन्। महिनावारी गडबडी हुँदा पिम्पलको समस्या बढी देखिएको छ।

चिल्लो निकाल्ने ग्रन्थी सक्रिय हुँदा शरीरमा धेरै पिम्पल  देखिन्छ। प्रायः मानिसको छाला जाडोमा सुक्खा र गर्मीमा वोइली हुन्छ। पिम्पल वोइली स्किनमा बढी देखिन्छ। तर, सुक्खा स्किनमा नदेखिने भने होइन। तर, वोइलीको तुलनामा कम देखिन्छ।  पिम्पलको समस्या लिएर  दैनिक २० देखि ३० जना आउने गरेको डा. खतिवडाले बताए। उनी पिम्पल निको पार्न अव्यवस्थित  जीवनशैली सुधार्ने र खानपिनमा ध्यान दिन सुझाउँछन्।

बजारमा आएको नयाँ सौन्दर्य सामग्री प्रयोग गर्ने बानीले पनि अनुहारमा पिम्पल आउँछ। यससँगै आफ्नो स्किन सुहाउँदो प्रडक्टभन्दा पनि विज्ञापन हेरेर सौन्दर्य सामग्री प्रयोग गर्दा पिम्पल देखा पर्छ। त्यस्तै, अनुहारामा पिम्पल आएपछि आत्तिएर धेरै ठाउँमा भौँतारिँदा धेरैले सल्लाह सुझाव दिन्छन्। धेरैको सल्लाह सुझावअनुसार  पिम्पलको उपचार गर्दा अनुहारमा झन् धेरै पिम्पल आउन सक्ने सौन्दर्यविद्हरू बताउँछन्।

उपचार

सौन्दर्यविद्ले पिम्पलका लागि घरेलु उपचार नै उत्तम हुने बताउँदै आएका छन्। बजारमा उपलब्ध केमिकलयुक्त औषधिभन्दा पनि हाम्रै भान्सामा भएका सामग्रीले पिम्पलको उपचार प्रभावकारी हुने सौन्दर्यविद् छबु कार्की बताउँछिन्। उनका अनुसार केमिकल भएका औषधिले क्षणिक रूपमा मात्रै पिम्पल निको हुन्छ, फेरि केही समयपछि पिम्पल बल्झिन्छ।

कार्कीका अनुसार निम्न उपायद्वारा पिम्पलको उपचार गर्न सकिन्छ :

बाफ लिने

पिम्पल हटाउन बाफ लिनु सबैभन्दा उत्तम मानिन्छ। बाफले अनुहारमा भएका फोहोर सफा गर्छ। सुन्दरताका लागि फेसियल गर्ने गरिन्छ। फेसियल गरेपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। यसले छाला मर्ने समस्या पनि हटाउँछ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्नुपर्छ। सिधै हातले पुछ्दा पिम्पल झन् बढ्न सक्छ ।

गोलभेंडा

गोलभेंडामा पाइने तत्व छालाका लागि धेरै लाभदायक हुन्छ। गोलभेंडाले छालालाई चम्किलो बनाउँछ। गोलभेंडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाएर आधा घण्टासम्म राख्नुपर्छ। त्यसपछि चिसो पानीले पखाल्नुपर्छ।

चन्दन पाउडर

पिम्पल हटाउने अर्को घरेलु उपाय भनेको चन्दन पाउडर हो। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाएर बनाएको पेस्ट पिम्पल भएको भागमा बिस्तारै दल्नुपर्छ। कसैलाई कागतीले पोल्न सक्छ। पेस्ट लगाउँदा पोलेमा दहीको मात्रा बढाउनुपर्छ। पेस्ट सुकेपछि चिसो पानीले पखाल्नुपर्छ।

कागतीको रस

पिम्पलका लागि कागतीको रस एकदमै प्रभावकारी मानिन्छ। यसले पिम्पल हटाउने र  छाला चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सिधै अनुहारमा लगाउँदा पोल्न सक्छ   त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

केरा

केराको फेस प्याक बनाएर लगाएमा पनि पिम्पलबाट छुटकारा पाइन्छ। केराले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पु-याउन मद्दत गर्छ।  केराको बोक्रा पनि उत्तिकै लाभदायक हुन्छ। केरालाई मुछेर सिधै अनुहारमा लगाउन पनि सकिन्छ  वा महसँग मिसाएर लगाउँदा पनि हुन्छ।

त्यस्तै दहीसँग केरा मिसाएर लगाउनाले पनि पिम्पल हट्छ। पेस्ट सुकेपछि सफा पानीले धोएर अनुहारमा आइसले मसाज गर्नुपर्छ।

मह र दूध

महले अनुहारमा भएका पिम्पल हटाउँछ। पिम्पल भएको भागमा मह दली १५ मिनेटसम्म राखेर सुकेपछि चिसो पानीले धुनुपर्छ। अनुहार चम्किलो बनाउन चाहनेहरूले काँचो दूध अनुहारमा लगाएर सुकेको केही समयपछि चिसो पानीले धुनुपर्छ। यसरी पनि पिम्पलको उपचार गरिन्छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस