खिलानाथ ढकाल, विराटनगर, भदौ २५- बल्ल २५ वर्ष पुगेकी मीरा उरावले आठ सन्तान पाइसकिन् तर एकैजना बाँचेनन्। सबै अवधि नपुग्दै जन्मे, कसैको तत्काल मृत्यु भयो, कोही मुस्किलले दुई घन्टा बाँचे।
मोरङ उर्लाबारी-७ की मीरा उरावले पछिल्लोपटक भदौ १६ गते छोरा जन्माएकी थिइन्। सात सय ग्रामको उक्त शिशुको दुई घन्टामै निधन भयो। धरानस्थित केयर सेन्टरमा 'आइसियु'मा राखे बच्चा बचाउन सकिने चिकित्सकले बताएका थिए। गरिवी र चेतना अभावले ५५ किलोमिटर दुरीको धरान उनीहरूलाई टाढा भयो। उर्लाबारी स्वास्थ्य केन्द्रसम्म त उनीहरू आठौं बच्चाका पालामा मात्र आइपुगेका थिए। 'अब हुन्छ कि भनेर बारम्बार छोराछोरी जन्माएँ,' मीराले नागरिकसँग दुःख बिसाइन्, 'सन्तानको रहर पूरा भएन।'
मीराले पहिलोपटक गर्भवती भएको आठ महिनामा छोरा जन्माएकी थिइन्। जन्मिनेबित्तिकै उक्त शिशुको मृत्यु भयो। त्यसपछि लगभग छ/छ महिनाजसोमा शिशु जन्मिए पनि कोही पनि बाँच्न सकेनन्। अहिलेसम्म मीराले चार छोरी र चार छोरा जन्माइसकेकी छन्।
चिकित्सकका अनुसार पाठेघरको मुख छिटो खुल्ने समस्याले मीराका शिशु पूरा अवधि नपुगी जन्मेका हुनसक्छन्। कोसी अञ्चल अस्पतालका प्रसूतिरोग विशेषज्ञ डा. योगेन्द्र मिश्रले पाठेघरको मुख खुल्ने समस्याले बच्चा नअडिएको बताए। 'पाठेघरको मुख खुकुलो हुँदा समय नपुगी बच्चा जन्मिन्छ,' उनले भने, 'रगतमा पनि खराबी हुनसक्छ, बच्चा बस्नुभन्दा अगाडि एकपटक जाँचेर पाठेघरको मुख साँघुरो पार्नुपर्छ।'
उर्लाबारी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख भवेश थापाका अनुसार गर्भवती अवस्थामा हेलचेक्र्याइँ गर्दा यस्तो भएको हो। 'बच्चा जन्माउनुअघि तीन/चार पटकसम्म जाँच गराउनुपर्छ,' उनले भने, 'तर, उनी कहिल्यै आइनन्।'
उनले आमाको स्वास्थ्य सामान्य नै रहेको र बच्चा नबस्नुको ठ्याक्कै कारण भने पत्ता लाग्न नसकेको बताए। मीराले बच्चा जन्मिनुपूर्व आफूलाई खासै शारीरिक पीडा नहुने गरेको बताइन्।
२० वर्षमा राजकुमार उरावसँग बिहे गरेकी मीरालाई स्वास्थ्य केन्द्रले ठूला अस्पतालमा गएर जँचाउन सुझाव दिएका छन्। तर, कहाँ जाने?
दिनभरि मजदुरी गरेर पेट पाल्ने उराव दम्पतीले पैसा धेरै खर्च हुने डरले ठूला अस्पताल जाने आँट गरेका छैनन्।
'धरानमा लगेर उपचार गर्दा धेरै पैसा लाग्छ भने,' सन्तानविहीन हुनु परेको व्यथा पोख्दै मीराले भनिन्, 'अर्काकोमा एक दिन काम गर्न नगए बिहानबेलुका खानै पाइँदैन, कसरी उपचार गर्ने?'
बरडंगा-८ की मारङमैयाँ टूडूको समस्या पनि उस्तै छ। उनले १२ सन्तान जन्माइसकिन् तर एकैजना बाँचेनन्। उनको बच्चा जन्मिनुभन्दा केही घन्टापहिले योनीबाट रगत जाने गर्थ्यो।
जन्मेका एउटै सन्तान नबाँचेपछि मीरालाई 'दोषी' देखाउँदै राजकुमारले गत पुसमा अर्को बिहे गरेका छन्। १८ वर्षीय कान्छी श्रीमती उर्मिलाबाट पनि सन्तान भइसकेका छैनन्। मीराकी सासु बिरसमनीले सन्तानको रहर पूरा नभएकाले सल्लाह गरेरै कान्छी बुहारी ल्याएको बताइन्।