धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ४ जना मात्र क्वारेन्टिनमा रहेका हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गरिएकाहरुमध्ये ५ जनामा संक्रमण पुष्टि भएको हो । अन्य ४ जना भने भारतीय सेनामा कार्यरतहरु हुन् । उनीहरु भारतको मणीपुरबाट विदामा घर आएका थिए । तर, उनीहरु धरान आएदेखि नै क्वारेन्टिनमा बसिरहेको मेहताको भनाई छ । ‘९ जनामा संक्रमण पुष्टि भयो, उहाँहरुलाई आइसोलेसनमा लगिसकिएको छ,’उनले भने ।
भारतीय आर्मीहरुबाहेक अन्य ५ जना भने घरमै बसिरहेकाहरु हुन् । यसअघि धरान १३ का एक युवामा संक्रमण पुष्टि भएपछि हिष्ट्री र कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुको पनि साउन १५ गते स्वाब संकलन गरिएको थियो । ती मध्ये २ जना धरान ८ तीनकुनेस्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिङ्समा काम गर्ने कर्मचारी हुन् । एक जनाको घर विराटनगर हो भने अर्का कर्मचारीका घर जनकपुर हो । जनकपुर घर भएका व्यक्तिको श्रीमती, ५ वर्षका छोरी र ९ वर्षका छोरा रहेका छन् ।
यसअघि ट्राभल हिष्ट्री नभएको धरान १३ का युवामा संक्रमण देखिएको थियो । सि.ए.रहेका ती युवा पनि प्रिती भल्व उद्योगमा कार्यरत थिए । उनलाई जनकपुर घर भएका कर्मचारीबाट नै संक्रमण सरेको आशंका गरिएको थियो । ‘धरान १३ का संक्रमित युवालाई जनकपुर घर भएकोबाट संक्रमण भएको अनुमान थियो, सम्भवत : त्यही नै हुनुपर्छ,’उनले भने,‘थप कन्ट्याक ट्रेसिङ गर्दैछौं ।’
धरानमा मात्र कुल संक्रमितहरुको संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अन्य धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ जना मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जनाको वीपी प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ । धरानमा समुदायस्तरमा संक्रमण फैलिएको र लकडाउन गर्नुपर्ने माग भइरहदा मेयर तिलक राईले भने समुदायमा संक्रमण फैलिएकोबारे यकिन नभइसकेको बताए । ‘संक्रमण समुदायमा फैलिएको भन्ने यकिन भइसकेको छैन, यसको लागि हामी समुदायमा नै नमुना छनौट गरेर पिसिआर गर्दैछौं,’उनले भने,‘मंगलबारदेखि वडा वडामा पिसिआर गरेर रिपोर्ट आएपछि मात्र यकिन हुन्छ, र लकडाउन गर्ने, नगर्ने निर्णय हुन्छ ।’
समुदायस्तरमा परीक्षणबारे आइतबार वडाध्यक्ष र वीपी प्रतिष्ठानका चिकित्सकसहितको टोलीबीच छलफल भएको थियो । उक्त छलफलले संक्रमण भएको वडा, बढी चहलपहल भएको ठाउँ तथा वडाहरुको पहिचान गरेर सोही अनुसार मंगलबारदेखि स्वाब संकलन गर्ने निर्णय गरेको छ । ‘वीपीका चिकित्सकहरुले फम्र्याट तयार गरेका छन्,कुन वडामा कति जनाको स्वाब लिने भन्ने तयार छ,’स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने,‘संक्रमण देखिएको वडा, तरकारी बजार, भिडभाड हुने वडा र क्षेत्रमा बढी संख्यामा स्वाब लिने भन्ने छ ।’