कांग्रेस कार्यकर्ताहरुद्वारा वीपीमा प्रदर्शन
२८ साउन २०७७
•
३ मिनेट पाठ
कांग्रेस कार्यकर्ताहरुद्वारा वीपीमा प्रदर्शन
वीपीको उपकुलपति कार्यालयमा तालाबन्दी गर्न गएको कांग्रेस कार्यकर्ताहरुलाई रोक्दै प्रहरी । तस्बिर: नागरिक
सिनेट बैठकको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलगायत वरिष्ठ चिकित्सकहरु राजधानीमा छन् । यता, प्रतिष्ठानमा भने दिनहुँ तनाव सृर्जना हुन थालेको छ । प्रतिष्ठानले करिब ३ महिनाअघि उद्घाटन गरेको कोभिड १९ अस्पताल पुर्ण रुपमा सञ्चालनमा नआएको विषयलाई मुद्दा बनाउदै कांग्रेस कार्यकर्ताहरुले दिनहुँ प्रर्दशन गरेका हुन् । मंगलबार तरुण दल र नेवि संघले उपकुलतिको कार्यकक्षमा तालबन्दी गरेका थिए । उनीहरुले लगाएको ताला केही बेरमा प्रहरीले तोडेको थियो ।




बुधबार दिउँसो पनि तालाबन्दी गर्न कांग्रेसका कार्यकर्ताहरु र्‍यालीसहित प्रतिष्ठान पुगेका थिए । मेन गेटमा ठूलो संख्यामा प्रहरी परिचालन भएको कारण कार्यकर्ताहरु उपकुलपति कार्यकक्षसम्म पुग्न सकेनन् । तर, प्रहरी र कांग्रेस युवा कार्यकर्ताहरुबीच केहीबेर धक्कामुक्की भएको थियो । प्रहरीले बीचैमा रोकेपछि कांग्रेस कार्यकर्ताहरुले प्रतिष्ठानमा विरोध सभा गरेर फर्किएका थिए ।  

तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले जनताले उपचार नपाएर घरमा नै बस्न बाध्य हुादा पनि उपकुलपति गम्भीर नभएकोले आन्दोलन गर्नुपरेको बताए । उनले ३ महिना अघि मुख्यमन्त्री ल्याएर कोभिड १९ अस्पताल उद्घाटनको नाटक मात्र गरेको बताउदै अहिलेसम्म सञ्चालनमा नआउनु दुःखद भएको बताए । ‘कोभिड १९ अस्पताल अहिलेसम्म सञ्चालनमा आएन, धरानका संक्रमितहरु घरमा नै छन्,’उनले भने,‘भिसि र पदाधिकारीहरु गैरजिम्मेवार भए । जनता कोरोनाले आक्रान्त छ, पदाधिकारीहरु स्वार्थ पुर्तिको लागि बैठक बस्न काठमाडौं गएका छन् ।’  

नेवि संघ र तरुण दलले तत्काल कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउनुपर्ने, सिनेट बैठक स्थगित गरेर पदाधिकारीहरु प्रतिष्ठान फर्केर कोरोना नियन्त्रण, रोकथाममा गम्भीरतापुर्वक लाग्नुपर्ने, कोभिड १९ अस्पतालमा २५ प्रतिशत बेड धरानबासीलाई अनिवार्य छुट्याउनु पर्नेलगायत माग राखेका छन् ।  

अतिजरुरी बैठक होः उपकुलपति

वीपी प्रतिष्ठानका उपकुलपित प्रा.डा.ज्ञानेन्द्र गिरीले भने अतिजरुरी सिनेट बैठक भएकोले काठमाडौं आउनु परेको बताए । आफू नभए पनि प्रतिष्ठान सिस्टम र टिमले चल्ने भएकोले समस्या नभएको उनको भनाई छ । ‘वीपीलाई सरकारले लेभल ३ अस्पताल भनेको हो । त्यहाँ लक्षणयुक्त विरामीको मात्र उपचार गरिन्छ । हामीले गरिरहेकै छौं,’उपकुलपति डा.गिरीले भने,‘अति जरुरी भएर बैठक गर्नुपरेको हो ।’

उपकुलपति गिरीका अनुसार प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुमोदन गर्नुपर्ने भएकोले यो सिनेट बैठक अतिजरुरी छ । अहिले प्रतिष्ठानमा भइरहेको प्रर्दशन यही बैठक नहोस् भन्ने उद्देश्य रहेको र प्रतिष्ठानलाई धरासायी बनाउन चाहनेहरु भएको पनि उनले टिप्पणी गरे । ‘बजेट पारित गर्नुपर्ने, प्रतिष्ठानलाई नयाँ रुप दिएर अघि बढ्नुपर्नेछ । के संस्थालाई अघि नबढाउनु भन्न खोज्या हो ?,’उनले भने,‘होइन भने बिग्रेको संस्थालाई सम्हालेर सुधार गर्दैछुँ । समय लाग्छ । मैले अनियमितता गरेको छैन, र गर्न दिने पनि छैन ।’ कोभिड १९ अस्पताल सामान्य खालको नभै अप्रेशन कक्ष, भेन्टिलेटरसहितको आइसियु, प्रसुती गराउने कक्ष, बच्चाको उपचार कक्ष, डाइलाइसिस गराउनेलगायत सबै सेवा सुविधायुक्त बनाउनुपर्ने भएकोले पनि समय लागेको उनले बताए ।  

राजनीतिक हस्तक्षेप नगर्न शिक्षक समाजको आग्रह

वीपी प्रतिष्ठान कांग्रेस भातृ संगठनहरुको प्रदर्शन र तालाबन्दी भएकोप्रति चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि वहानामा कुनै अमुक पार्टीको भातृ संगठन भित्र छिरेर उपकुलपतिको कार्यालयमा ताला लगाउन निन्दनीय कार्य भएको जनाएको छ । स्वास्थ्य संस्थालाई दलको आन्दोलन गर्ने वा क्रिडास्थल नबनाउन आग्रह गर्दै समाजले प्रतिष्ठानसँग सम्बन्धित सल्लाह, सुझाव वा असहमति भए सम्बन्धित ठाउँमा लिखितरुपमा राख्न पनि आग्रह गरेको छ । समाजका अध्यक्ष डा.विष्णु पोख्रेल र महासचिव डा.एसपी रिमालले जारी गरेको विज्ञप्तीमा आउदा दिनमा कुनै पनि राजनीतिक भातृ संगठनको हस्तक्षे हुने वातावरण नगर्न आग्रह गरिएको छ ।  
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस