वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र र ट्रमा सेन्टर विस्तार गरिने भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा मानव अंग प्रत्यारोपण केन्द्र र ट्रमा सेन्टर पनि निर्माण गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार ट्रमा सेन्टर प्रतिष्ठानकै हाडजोर्नी विभाग अन्र्तगत रहने गरि निर्माण हुनेछ भने मिर्गौला, कलेजो, प्यांक्रियाजलगायत मानव अंग प्रत्यारोप पनि प्रतिष्ठानमा नै गरिनेछ। ‘यसले आम जनतालाई स्वास्थ्य उपचारमा धेरै ठुलो राहत पुग्नेछ,’रजिष्ट्रार डा.रेग्मीले भने,‘ट्रमा सेन्टर वीपीमा नै बन्छ, र हाडजोर्नी विभाग अन्र्तगत रहन्छ।’
रजिष्ट्रार रेग्मीका अनुसार बैठकले प्रतिष्ठानको चलअचल सम्पत्ति(जग्गा)मा स्वास्थ्य सेवा विस्तार गर्नको लागि सम्भाव्यता अन्ययन गर्ने निर्णय पनि गरेको छ। यसको लागि कार्यसमितिलाई सम्भाव्यता अन्ययन समिति गठन गर्ने अधिकार पनि सिनेट बैठकले दिएको छ। कार्यसमितिले अध्ययन समिति गठन गर्ने र उक्त समितिले जग्गा भएको ठाउँमा स्थानीय एवं सरोकारवालाहरुसँग छलफल गरेर अध्ययन प्रतिवेदन बुझाउने रजिष्ट्रार रेग्मीले जानकारी दिए।
सिनेट बैठक अघि भने धरानमा नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रतिष्ठानको जग्गा व्यापारीलाई जिम्मा दिन लागेको भन्दै व्यापाक विरोध गरिरहेको थियो। उनीहरुले सुन्दर हरैचास्थित प्रतिष्ठानको जग्गामा नेकपाका स्वर्गीय नेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउन लागेको, धरान र काठमाडौंमा भएको जग्गा व्यापारिक प्रयोजनको लागि भाडामा लगाउन लागेको आरोप लगाउदै प्रतिष्ठानमा दिनहुँ प्रर्दशनसमेत गरिरहेका थिए।
तर, बाहिर चलेको हल्ला विपरीत सिनेट बैठकले खाली जग्गामा स्वास्थ्य सेवा विस्तार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ भने ट्रमा सेन्टर पनि धरानस्थित प्रतिष्ठानको हाडजोर्नी विभाग मातहतमा रहने गरि विस्तार गर्ने निर्णय गरेको छ। ‘हामीले कुनै पनि विवादास्पद निर्णय गरेको छैनांै, जग्गा बेच्न लाग्यो भन्ने हल्ला भ्रामक हो,’रजिष्ट्रार डा.रेग्मीले भने।
सोही बैठकले प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन एक कार्यदल पनि गठन गर्ने निर्णय भएको छ। प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय विगतमा नै सिनेट बैठकले गरिसकेको थियो। उक्त निर्णयलाई थप कार्यान्वयन गर्नको लागि विभिन्न पक्षमा अध्ययन गर्ने गरि ९ सदस्यीय कार्यदल पनि बैठकले गठन गरेको छ। कार्यदलको संयोजकमा प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी छन् भने सदस्य सचिवमा रजिष्ट्रार डा.रेग्मी छन्। कार्यदलमा मेडिकल शिक्षाका विज्ञरुलाई पनि राखिएको छ।
सहकुलपति तथा शिक्षामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकले प्रतिष्ठानको नियमावली संशोधनको लागि रेक्टर प्रा.डा.गुरु खनाल संयोजक रहेको एक समिति गठन गरिएको छ। यस्तै, बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०७७/०७८ को २ अर्ब ९८ करोडको बजेट तथा कार्यक्रम पारित गरेको छ।