प्रदेश १ सरकारले विराटनगरमा सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सेवा सुरू गरिएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्ने गरी आइसियु र भेन्टिलेटर सेवा सुरू गरिएको हो।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए। ‘लक्षण भएकालाई विराटनगर ल्याइने छ,’ मन्त्री घिमिरेले भने, ‘क्वारेन्टिन र आइसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुनेछ।’
कोसी कोभिड उपचार केन्द्रमा १० वटा आइसियु बेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए। आइसियुमा हाल ३ जना व्यक्तिहरू उपचाररत रहेको उनले बताए। आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोसी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए। उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आइतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
गत चैत २१ गतेदेखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना सुरू गरिएको थियो। उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन्। भर्ना भएकामध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन्। संक्रमित एक जनाको मृत्यु भएको छ।
उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले बताए।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास, डाक्टर दीपक सिग्देल, डाक्टर डेन आचार्य, डाक्टर रूपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ। अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको मन्त्रालयले जनाएको छ।